---Advertisement---

लकडाउनले समस्यामा परेकालाई राहत वितरण

On: June 14, 2020 9:56 PM
Follow Us:

म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले बिश्व महामारी कोरोना कोभिड–१९ ले समस्यामा परेका ५२ घर परिवारलाई एक लाख बीस हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेकालाई उक्त सहयोग वितरण गरेको समाजका अध्यक्ष टंक बुढाथोकी मगरले बताउनुभयो ।

‘समस्यामा परेकालाई खाद्यान्न सहयोग गरेका छौ,‘निरन्तर सामाजिक कार्यमा सक्रिय हुन्छौ’ बुढाथोकीले भन्नुभयो । राहत वितरण कार्यक्रममा संस्थामा पदाधिकारीको उपस्थिति रहेको थियो ।

काठमाण्डौमा रहेका मगर समुदायको हितमा विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका कार्यक्रमहरू सञ्चालन गदैं आइरहेको समाजले कोषबाट शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले जनाएको छ ।