पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको काहुलेमा बस्ती भन्दा माथिबाट आएको पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक समाजसेवीले ५० हजार सहयोग गर्नुभएको छ ।

तेह्रथुमको मोरहाङ्ग ९ सिकदेम जन्मथलो भई हाल अमेरिकालाई कर्मथलो बनाएका समाजसेवी हेम थापा र माया थापाले पहिरोमा परेर दुई घरपरिवारको ९ जनाको मृत्यु भएको खवरले स्तब्ध भएको बताउँदै सानो सहयोग गर्ने घोषणा गर्नुभएको हो । \

पहिरोमा तुलबहादुर थापाको परिवारका ६ जना र विकास विकको परिवारका तीन जनालाई पुरेको हो। त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिकको मृत्यु भएको छ। १३ वर्षीय जेनिस बिकको भने शव भेटिएको छैन।

‘पहिरोमा ज्यान गुमाएको खवर सुनेर स्तब्ध भएको छु,‘तत्काल सानो सहयोग गरेको छु, भविस्यमा आवश्यक परेमा थप सहयोग गर्छु’ थापाले भने ।

सामाजिक तथा मानवीय सेवामा बर्षेनी लाखौं सहयोग गदैं आएका थापा दम्पत्तीले म्याग्दीमा आर्थिक अभावका कारण पढ्न आउदीन भन्दै प्रधानाध्यापकलाई पत्र लेखेकी बेनी नगरपालिका ६ की पुजा खत्री र उनका तीन भाईबहिनीलाई समेत उच्च माविसम्मको निशुल्क शिक्षाका लागि बर्षेनी सहयोग गदैं आइरहेका छन् ।

 

Leave a Reply