क्वारेन्टिनमा राख्नका लागि बसमा जाँदै गरेका एक जना युवाले पर्वत कुस्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन ।

बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्दार गरि बागलुङ तर्फ जाने क्रममा बस रोकेको मौका पारि भीरबाट हामफालेका नेपाली गम्भीर घाइते भएका छन । घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भैरहेको छ ।

स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए ।

पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । सडकको अबस्थाका कारण अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपाली भने भीरबाट हाम फालेका हुन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । Newsdabali.com

Leave a Reply