कोरोना संक्रमीतको पर्वत जिल्लामा थपिएका छन् ।पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको छ ।

आज थप भएकाहरु फलेवास नगरपालिकाका हुन । पुष्टि हुनेमा फलेवास नगरपालिका वडा नं. ९ भँगराका एक महिला र पुरुष गरी दुई जना र फलेवास नगरपालिका वडा नं. ३ का एक जना पुरुष रहेका छन् । उनिहरु १९ र २१ वर्षका दुई पुरुष र ४६ वर्षिया एक महिला रहेको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

उनिहरु तीनैजना कुश्मास्थित शिवालय माविको पुलिङ क्वारेन्टाईनमा रहेका थिए । उनिहरु पनि भारतवाटै आएका हुन् । संक्रमित तीनै जनाको अवस्था सामान्य रहेको छ ।यो सँगै पर्वतमा संक्रमितको संख्या २९ पुगेको छ । यस अघि २६ जना पोजेटिभ भेटिएका थिए ।

Leave a Reply