---Advertisement---

हनुमानले किन बोके द्रोणागिरी पर्वत(पहाड)

On: June 17, 2020 4:10 PM
Follow Us:

राम-रावण युद्धमा रावण पुत्र अतिकाय,रावणका भाइ शक्तिशाली कुम्भकर्ण जस्ता होनाहार रावण योद्धालाइ राम पक्षले सजिलै परास्त गरेपछी रावणसङ्ग दुइ विकल्प थियो कि आफै युद्धमा होमिनु वा सर्वशक्तिमान माघेनाथ इन्द्रजित लाइ रणभुमीमा पठाउने तर आफु त्यो भन्दा अघि नै निशस्त्र भएर लज्जित भएर पर्किसकेकोले उसमा आफुमा भन्दा भर इन्द्रजितमा थियो ।

इद्रजित पनि युद्धको लागी निकै उत्साहित थियो किनकी उस्ले इन्द्रलाइ हराएको थियो उस्का विरुद्ध विष्णुको सुदर्शन चक्र र महादेवको त्रिसुल पनि बेकाम बनेका थिए । उस्मा घमण्ड थियो उसलाइ मार्न सक्ने यो धर्तिमा कोइ जन्मेको छैन ।

अतिकायलाइ लक्ष्मणले मारेकोले उस्ले लक्ष्मणलाइ मारेर पहिलो बदला लिन चाहान्थ्यो र श्री रामलाइ कमजोर बनाउन चाहान्थ्यो त्यसैले उस्ले लक्ष्मणलाइ नै युद्धमा बोलायो निकै घमसान युद्ध भयो अन्त्यमा उस्ले राम लक्ष्मणलाइ नाग अस्त्रले मरनासन्न बनायो पछि गरुण देवताले त्यो क्षतिबाट त बचाउनु भयो तर दोस्रो दिनको युद्धमा मेघनाथ इन्द्रजितले लक्ष्मणलाइ छल बस मृत्यु नजिक पुरायो र अचेत बनायो ।

लक्ष्मणको मृत्युले लङ्कामा खुसियाली छायो । राम भावविह्वल हुदा राम पक्ष कमजोर बन्न थाल्यो । सबैले उपाय सुझाउन एकार्कालाइ भनीरहदा विभिषणले भने एक उपाय छ – लङ्काका राज वैध सुषेणले लक्ष्मणलाइ बचाउन सक्ने आशा छ तर उनलाइ यहा ल्याउन असम्भव प्राय छ । हनुमानले भने असम्भवलाइ सम्भव तुल्याउनु नै हनुमानको काम हो म ल्याउछु सुषेणलाइ भनेर सुक्ष्म रुप लिएर दरबार भित्र गय र सुषेण नआउने देखे पछि घरैसहित उठाएर ल्याए ।

सुषेण आफुले शत्रु पक्षको उपचार नगर्ने भन्दै आक्रोसित बने आफ्नो धर्मले सो काम गर्न नदिने बताए ।तर विभिषण,हनुमान,सुगृब र स्वयम श्री रामले उनलाइ वैध्यको धर्म रोगीको उपचार गर्नमा हुने कुराको ज्ञान उजागर गरिदिए पश्चात सुषेणले लक्ष्मणको उपचार गर्न तयार भए । सुषेणले भने अब लक्ष्मणलाइ बचाउने उपचार आफुसङ्ग नभएको तर एक उपाय छ तर असम्भव छ भनेर भने ।

त्यो उपाय थियो : द्रोणागिरी पर्वतमा रहेको सन्जिवनी बुटिले लक्ष्मणको प्राण बचाउन सक्छ तर भोलीको सुर्योदयसङ्गै लक्ष्मणको प्राण जाने छ एकरातमा त्यो बुटि ल्याउन नसकेमा । यो उपायले निराशालाइ रत्ती पनि कम गरेन किनकी लङ्काबाट द्रोणागिरी पर्वत करिब ४००० कि.मि. छ ।

जादा र फर्किदा ८००० कि.मि एकरातमा पार गर्नु पर्थ्यो त्यसैले सबैले असम्भव माने तर बज्रङ्गबली श्री हनुमानले आफुले यो सम्भव गराउने सो बुटि ल्याउन नसके आफुले श्री रामको अगाडी अनुहार नदेखाउने बाधा गरे । हनुमानलाइ रोक्न रावणले कालनेबीनामको राक्षसलाइ खटाएका थिए तर सो कुरा हनुमानले थाहा पाएपछी कालनेबिलाइ मारिदिएका थिए ।

जब द्रोणागिरी पर्वत पुगे र त्यहाका सङरक्षक देवताको अनुमती लिए हनुमानलाइ फसाद पर्यो सन्जिवनी बुटि चिन्न । कुनै उपाय नसुझेपछि हनुमानले द्रोणागिरी पहाडै बोकेर लङ्का ल्याए । सो बुटिको मद्दतले सुषेणले लक्ष्मणलाइ जिवित तुल्याउन सफल भए र हनुमानले सो पहाड पहिले कै स्थानमा लगेर छाडिदिए ।