अंग्रेजीमा एउटा उक्ति छ–Never Blame any day in your life. Good day gives you happiness. Bad day6 gives you experience and worst day give you a lesson. All are essential for live.  अर्थात् कुनै पनि दिन तिम्रो जीवनको लागि कदापि दोषपूर्ण छैन । राम्रो दिनले तिमीलाई सुख दिन्छ, खराब दिनले तिमीलाई अनुभव दिन्छ र नराम्रो दिनले तिमीलाई शिक्षा दिन्छ । यसैले परिस्थितिहरु जीव्नका लागि सारभूत छन् ।

अधिकांश मान्छेहरु सुखमा मात्तिने र दुःखमा आत्तिने खालका हुन्छन् । वास्तवमा यो प्रवृत्तिमा जिउन ज्यादै नै अज्ञानता हुन्छ । मान्छेहरुले भन्ने गर्छन् मानिस परिस्थितिको दास हो ।

यसको मतलव हामी परिस्थितिको गुलाम हौं । हिजोका दिनसम्म मलाई यसै लागेको थियो । तर यो सत्य रहेनछ । जसले समय परिस्थितिलाई नजिकबाट नियाल्न सक्छ, उसले मात्रै हरेक किसिमको परिस्थितलाई अँगाल्न सक्दछ । जसले आफ्नो जिन्दगीलाई चिनेको हुन्छ, उसले मात्र समयलाई चिन्दछ । जसले समयलाई चिन्दछ । उसले मात्र समयलाई असल मित्र बनाउन सक्छ । नवीन जुग्जाली

जसले समय परिस्थितिलाई चिन्न सक्दैनन्, उनीहरुको लागि समय मालिक बन्न सक्छ र जिन्दगी गुलाम बन्न सक्छ । यदि जिन्दगी गुलाम बन्ने स्थिति परिस्थिति पैदा भयो भने उक्त खुशी हुनको लागि अनुकूल परिस्थितिलाई पर्खनुपर्ने हुन्छ । सामान्यतया हामी सबै यस्तै मनस्थितिबाट ग्रसित छौं ।

यसकारण हामी आफू दुःखी बन्नुको कारण परिस्थिति भन्ने बुझ्दै आएका छौं । तर यो संसारमा जो जति बुद्धिमान मान्छेहरु छन् । उनीहरु परिस्थितिबाट कहिल्यै विचलित भएनन् । बरु अनुकूल प्रतिकूल परिस्थितिहरुबाट धेरै कुरा सिके । धेरै कुरा जाने बुझे । अनि सफल बन्दै विद्वान बने ।

यसकारण मलाई लाग्छ समय नै गुरु हो । अंग्रेजीमा एउटा भनाइ छ – Everything, everyone is yours teacher around you. । अनुकूल प्रतिकूल समयबाट प्रशिक्षित भई आफ्नो जिन्दगीलाई धन्य बनाउन सफल भएका एक व्यक्तित्वको नाम हो कमल पुर्जा ।

उहाँको जन्म पिता नन्दबहादुर पुर्जा र आमा पूर्णकुमारी पुर्जाको कोखबाट साहिँला पुत्रको रुपमा वि.सं. २०२७ साल मंसिर १५ गतेका दिन दाना गाउँको तितर भन्ने ठाउँमा भएको हो । हुने बिरुवाको चिल्लो पात भने झैं कमल पुर्जा सानै उमेरदेखि मिलनसार, सहयोगी तथा तीक्ष्ण बुद्धिका व्यक्ति हुनुहुन्थ्यो । शिक्षादीक्षाको लागि आफ्नै गाउँको श्री ज्ञानप्रकाश मावि दानामा भर्ना भएका पुर्जाले एसएलसी परीक्षामा दोस्रो (द्वितीय) श्रेणीमा उत्तीर्ण गर्नुभएको हो ।

त्यसपश्चात् बेलायती सेनामा भर्ती हुनुभएका पुर्जालाई बोनम्यारोमा एक किसिमको जटिल समस्या देखा प¥यो।

जसले गर्दा उहाँको बोनम्यारोले शरीरलाई अति आवश्यक पर्ने रक्त कोषिका जस्तै रक्तकोषिकाहरु कम उत्पादन हुने थालेपछि पूर्जालाई स्वास्थ्य संकटको भूमरीमा फस्नुप¥यो ? तथापि निडर स्वभावका पूर्जाले कहिल्यै पनि हिम्मत हारेनन् । ओरालो लागेको मृतलाई बाच्छाले पनि खेद्छ भन्ने उक्ति पूजाको जीवनमा चरितार्थ भयो ।

उता आफ्नो स्वास्थ्य गुमाउनुप¥यो । यता आफ्नो जन्म दिने आमा सँधैंका लागि गुमाउनुप¥यो अर्थात् संकटको आँधीबेहरी सहनुप¥यो ।  एउटा भनाई छ – जुन दुःखको ईलाज छैन त्यो दुःख सहनै पर्छ । यो स्थितिमा हरेक मनुष्यले सहनु नै पर्छ । त्यसैगरी सहनशील क्षमता भएका पुर्जाले पनि यी दुःखहरुलाई सहन गर्न सिके । आफ्नो मनस्थिति स्वतः ठीक हुँदै जान्छ भन्ने कुरा पनि सिके । आफ्नो घर परिवारलाई राम्रासँग व्यवस्थापन गर्न सिके । यी सबै समयले नै सिकायो ।

सिक्ने क्षमता भएका प्रगतिशील व्यक्तिले संसारका हरेक कुराहरुबाट सिकिरहेको हुन्छ अर्थात् एउटा जागरुक व्यक्तिका लागि सबैतिर गुरु प्राप्त हुन्छन् । पूर्जा त्यस्तै एक जागरुक व्यक्तित्व हुन् । जसले हरेक अनुकुल प्रतिकूल परिस्थितिहरुलाई गुरु मानेर सधेरै कुरा सिकेका छन् । जीवनका यही सिकाइबाट जीवन जिउन पनि सिकेका छन् ।

यसरी जीवन जिउन सिकेका कमल पुर्जाले नेप्लिज हेल्प ग्रुप नामक संस्था निर्माण गरी सो संस्थामार्फत् नेपालका स्थानीय सम्दायहरुका आफ्नो सहयोगी हत्केलाहरु फैलाउँदै आउनुभएको छ । विशेष गरी नेपालका ग्रामिण भेगकहरुमा विकास हुनुपर्छ ।

त्यहाँका गरिब, दुःखी, निमुखा जनताहरुले आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण सेवा लिने मौकाबाट वञ्चित हुनुहुँदैन भन्ने भावनाका धनी पुर्जाले म्याग्दीका थुप्रै संघसंस्थाहरुमा उल्लेखनीय सहयोग दानहरु गर्दै आउनुभएको छ । जो निम्न प्रकारका छन् ।
* श्री किसानी उच्च मावि बिमलाई रु.एक लाख ।
* श्री जनप्रिय मावि दरबाङ्गलाई रु.एक लाख ।
* देविस्थान गाउँलाई रु.एक लाख ।
* बेनी सामुदायिक माध्यमिक विद्यालयलाई रु.एक लाख ।
* म्याग्दी बहुमुखी क्याम्पसलाई रु.एक लाख पचास हजार ।
* गलेश्वरलाई रु.पचास हजार ।
* चिमखोलालाई रु.एक लाख ।
* वेगखोलालाई रु.एक लाख ।
* भुरुङ तातोपानीलाई रु.एक लाख ।
* दाना स्कुललाई रु.दुई लाख एघार हजार एक सय ।
* सेवा स्कुललाई रु.पचास हजार ।
* काभ्रे स्कुललाई रु. एक लाख ।
* गाडपार स्कुललाई रु.पचास हजार ।
* पुनहिलाई रु.पचास हजार ।
* रामनगर आमा समूहलाई रु.एक लाख ।
* भरतपुर पुन समाजलाई रु.एक लाख ।
* गोर्खाली समाज युकेलाई रु.एक लाख ।
* मिनबहादुर शेरचन प्रोजेक्ट रु.एक लाख ।
* मगर समाज पिएचडि फण्डलाई रु.एक लाख ।

लगायत थुप्रै स–साना दान नेपालका धेरै ठाउँहरुमा गर्दै आउनुभएको अमूल्य दानका हत्केकाहरु वास्तवमै उदाहरणीय एवम् सराहनीय छन् । जुन किसानले आफ्नो भकारीको एक चौथाई अन्न बिउलाई खेतबारीमा लगेर मिल्क्याउने हिम्मत राख्दछ ।

वास्तवमा उसले मात्र केही समयपश्चात् दशौं गुणा अन्न फल प्राप्त गरी भकारी भर्ने सौभाग्य पाउँछ । यो प्रकृतिको नियम हो । जसको दिल खुल्छ उसको दिलमा मात्र ईश्वरले आनन्द भर्न पाउँछ । जसको करुणाको हत्केला खुल्छ । उसको हत्केलामा मात्र प्रकृति अमृत वर्षाउन सक्छ।

यसकारण दिनेको भकारी र हत्केला कहिल्यै पनि खाली हुँदैन । तसर्थ कमल पुर्जा हिजो पनि धनी हुनुहुन्थ्यो। आजको दिनसम्म पनि उत्तिकै धनी हुनुहुन्छ । बाहिर सुनको धनी हुनुहुन्छ भने भित्र सुन्दर मनको धनी हुनुहुन्छ ।
यसैले रुमी भन्नुहुन्छ
“सबै गुमाउनु जस्तो प्राप्ति
अरु केृही छैन ्
अँध्यारो रातमा उदाउने भएको भएरै
जून त्यत्ति उज्यालो छ ।”