---Advertisement---

पर्वतमा थपिए ५ जना संक्रमित

On: June 18, 2020 9:16 AM
Follow Us:

पर्वतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३४ पुगेको छ। बिहिबार पाँच जना थपिएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुगेको हो। कुश्मा नगरपालिकाका २ जना, फलेबास नगरपालिकाका दुई जना र मोदी गाउँपालिकाका एक जनामा पछिल्लो पटक कोरोना संक्रमण भेटिएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए। यसअघि पर्वतमा कोरोना संक्रमितको संख्या २९ थियो।

गण्डकी प्रदेशमा थप २१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पूर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका हुन। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ४७ पुगेको छ।

नयाँ भेटिएका संक्रमितमा पर्वतको फलेबास नगरपालिकाका १९ र २१ बर्षका दुई पुरुष र ४६ बर्षिय एक महिला गरी तीन जना रहेका छन्। त्यस्तै नवलपरासी सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, २४, २१ र १८ बर्षका गरी १४ जना पुरुष रहेका छन्।

मध्यबिन्दु नगरपालिकाका १६ र ३० बर्षका पुरुष छन्। कावासोती नगरपालिकाका ३७ बर्षिय एक पुरुषलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए। उनकाअनुसार एक जनाको ठेगाना खुल्न सकेको छैन।

पर्वतमा तीन थपिएसँगै संक्रमितको संख्या २९ पुगेको छ। भारतबाट आइ क्वारेन्टाइनमा रहेका उनीहरुलाई कोरोना अस्थायी अस्पताल कुश्माको आइसोलेसनमा लैजाने तयारी भएको छ।