‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा म्याग्दीको मालिका गाउँपालिकाका शिक्षकले ५ लाखभन्दा बढी सहयोग गरेका छन्।

संघीय सरकारले स्थापना गरेको कोरोना कोषमा गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको मावि र आधारभुत तहका शिक्षकले ५ लाख २९ हजार गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामार्फत जम्मा गरेका छन् ।

कोरोना कोषमा मावि तहका शिक्षकले ५ दिन र आधारभुत तहका शिक्षकले ३ दिन बराबरको तलब कोषमा जम्मा गरेको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो ।

कोषमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक महासंघ मालिकाका अध्यक्ष डम्बरबहादुर घर्ती,शिक्षक संघ मालिका अध्यक्ष गोपालप्रसाद रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठन अमरसिंह पुन, एकीकृत नेपाल राष्ट्रिय शिक्षक संघ चुणामणी सापकोटा,नेपाल शिक्षक संघको जिल्ला उपाध्यक्ष नगेन्द्र खत्री, लेखा अधिकृत फरिन्द्र आचार्य, स्रोतब्यक्ति तेजप्रसाद लामिछाने, जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

कोरोना रोकथाममा प्रयास तथा अभियानमा रकम जम्मा गर्ने क्रममा गाउँपालिका अध्यक्ष रोकाले आफ्नो क्षेत्रबाट राज्यलाई आवश्यकता परेको बेलामा सहयोग गर्नुपर्ने बताउनुभयो ।

शिक्षकमार्फत कोरोना बारे जनचेतनामुलक अभियान सञ्चालनमा आवश्यक सहयोग गर्ने विभिन्न शिक्षक संगठनले प्रतिबद्धता समेत जनाएका थिए । जिल्लाका सबै स्थानीय तहका शिक्षकले न्यूनतम ३ देखि ५ दिनसम्मको तलब स्थानीय तह र संघीय कोरोना कोषमा जम्मा गरेका छन् ।

Leave a Reply