स्वर्गीय आमाको सम्झनामा यूकेमा बसोबास गर्ने एक महिलाले बेनी आसपासका क्षेत्रमा बसोबास गर्ने एकल तथा विपन्न महिलालाई खाद्यान्न राहत वितरण गरिएको छ ।

बेनी नगरपालिका–१०,वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी धनमाया बुढाथोकीले एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष बिमला गौचन लगायत मार्फत ३५ जनालाई चामल,नुन तेल लगायतको खाद्यान्न साम्रागी ४० हजार रुपैयाँँ बराबरको खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको हो । कोरोना भाइरसको जोखिमका कारण सरकारले गरेको लकडाउनमा रोजगारी गुमेका तथा खाद्यान्नको समस्या भोग्दै आएका विपन्न महिलाले समेत राहतले केही सहत भएको बताएका थिए । म्याग्दीका साथै छिमेकी जलजला गाउँपालिकाका महिलालाई समेत वितरण गरिएको थियो । बेनीमा आयोजित कार्यक्रममा एकल महिला संघ म्याग्दीकी अध्यक्ष देबी केसी, उपाध्यक्ष निर्मला श्रेष्ठ, सचिव हिरा पौडेल,कोषाध्यक्ष शान्ति भट्टचन, सदस्यहरू सावित्री थापामगरको उपस्थिती रहेको थियो । सोही अवसरमा गौचनले यसैगरी दश हजार रुपैयाँँ बराबरको मास्क तथा स्यानेटाईजर समेत वितरण गर्नुभएको थियो ।

Leave a Reply