बाग्लुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका-४ धाइबाङमा गोरु काट्दै गरेका ९ जना समातिएका छन् । बुधबार साँझ ६ बजे गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ का झकबहादुर कामी, वीरेन्द्र श्रीपाली, लालबहादुर पुन, विष्णुु रसाइली, कपिल श्रीपाली, सोमबहादुर कामी, रोहन विक, कुलबहादुर कामी र थमबहादुर गोतामे रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरीले टोलीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुुभयो । उनीहरुको साथबाट करिब १ सय ५० केजी मासु समेत बरामद गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सिंहका अनुसार यसअघि गोरु काटिरहने सूचना पाएको भएपनि बुधबार साँझ मात्रै उनीहरु पक्राउ परेका थिए । बरामद गरिएको गोरुको मासु प्रयोगशालामा परीक्षणका लागि पठाएर बाँकी रहेको मासु इलाका प्रहरी कार्यालय बुर्तिबाङकै जग्गामा गाडिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय  पठाइएको छ । File photo

Leave a Reply