बागलुङ, ५ असार ।
बागलुङमा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा आज गरिएको परीक्षणमा बागलुङका २ जना महिला सहित १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलका अनुसार बागलुङ नगरपालिकाका ५ जना, काठेखोला गाउँपालिकाका ६ जना र गल्कोट नगरपालिकाकाका २ महलिा सहित ८ जनालाई संक्रमण पुष्टि भएको हो ।                            डा. विकले बागलुङ नगरपालिकाका २५, २८, ५३, २३ र १८ बर्षका ५ जना पुरुष, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका ६ जना र गल्कोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका ६ जना पुरुष र ४२ र २० वर्षका २ जना महिलालाई संक्रमण पुष्टि बताउनुभयो ।यससँगै बागलुङमा संक्रमितको संख्या ६१ पुगेको छ ।यस्तै बागलुङ नगरपालिकामा संक्रमितको संख्या ६ पुगेको छभने गल्कोट नगरपालिकामा १२ पुगेको छ । यसअगाडी संक्रमण पुष्टि भएका बागलुङ नगरपालिकाका २ जना निको भइ घर फर्किसकेका छन्भने गल्कोट नगरपालिकाका ४ जना जनालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
यस्तै काठेखोला गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको हो ।

Leave a Reply