म्याग्दीको सदरमुकाम बेनी न्यूरोडबाट शुक्रबार विहान हुईकिएर हुलाकचोक हुदै गएको ट्याक्टरका बारेमा गुनासो गरेपछि प्रहरीले बेनी–बागलुङ सडकखण्ड अन्तरगत रत्नेचौरबाट नियन्त्रणमा लियो । सिमसिम बर्षामा तिब्र गतिमा हुईकिएको ध १ त ३८० नम्बरको ट्याक्टरले झण्डै दुर्घटना निम्त्याएको भन्दै तत्काल प्रहरीलाई खवर गरेपछि रत्नचौर प्रहरीले नियन्त्रणमा लिएर १ हजार जरिवाना तिराएर छोड्यो ।

यो एक प्रतिनिधिमुलक मात्रै हो । साँघुरो बेनीबजारमा दैनिकजसो तिब्र गतिमा ट्याक्टर गुड्ने गरेको छ । विहानदेखि बेलुकीसम्म तिब्र गतिमा गुड्ने ट्याक्टरलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरी समेत असफल जस्तै देखिन्छन् । कोरोना भाइरसको जोखिमले बजारमा कम चहलपहल भएपनि ट्याक्टरले मुख्य बजारमा ट्याक्टरको गतिले समस्या भइरहेको छ ।

मध्यरातमा समेत बजार नै थर्किने गरी ट्याक्टर चलाउने गरिएको बेनीबजारबासीको गुनासो छ । ‘ट्याक्टरको आतंक धेरै भयो,सबै सवारीसाधनको गति नियन्त्रण आवश्यक छ’ न्यूरोडस्थति रघुगंगा डेरीका सञ्चालक प्रमोद शर्माले भने । उनका अनुसार ट्याक्टरका चालकले तिब्र गतिलाई नियन्त्रणमा नलिए दुर्घटनाको जोखिम रहेको बताए ।

गति नियन्त्रण गर्ने उपकरणको अभावका कारण लाइसेन्स विनाका ट्याक्टर चालकले हावामा उडेजस्तै गरी ट्याक्टर चलाउँदा समस्या भएको गुनासो आउन थालेपछि प्रहरीलाई तत्कालै नियन्त्रणमा लिन निर्देशन दिइएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए । ‘बजारभित्रबाटै गुनासो आएपछि आज एक ट्याक्टरलाई कारवाही गरिएको छ,‘तिब्र गतिमा गुड्ने ट्याक्टरको नम्बर उपलब्ध गराए जहाँ पुगेर भएपनि कारवाही गछौं’ शर्माले भने । यसैबीच तिब्र गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले समेत कडाई गरेको छ ।

Leave a Reply