खेतमा दिनभरी रोपाई गरी घर फर्किएका बेनी नगरपालिका-९, तिनमानेका बालकृष्ण खत्रीले घर फर्किदा वित्तिकै एक अज्ञात समुहले रोपाई गरेको धानखेतमा क्षती पुर्याएका छन् ।

दिनभर रोपाईमा सहभागी भएर राती ८ बजे घर फर्किएका खत्री भोलीपल्ट विहान खेतमा पुग्दा बान्ना भत्काएर रोपाई गरेको गरामा ढुंगा फालेर क्षती पुर्याएको देखेपछि निराश भए ।धानखेतमा फालिएको ढुंगा निकालेर घर पुगेका खत्रीले आफ्नो कोहीसँग दुस्मन नभएको बताए ।‘मैले कसैको विगारेको छैन्,‘धान रोपेपछि ढुंगा फाल्नेहरूको पहिचान गर्न आवश्यक छैन’ खत्रीको भनाई उद्धित गदैं उनकी छोरी पवित्रा सुबेदी खत्रीले भनिन्। उनले दुईवटा गरामा क्षती भएको र बान्ना समेत भत्काएकाले मर्मत गर्नुपर्ने बताईन् । दुईवटा खेतमा करिब चारदर्जन भन्दा बढी ढुंगा फालिएको थियो । मानो रोपेर मुरी फलाउने समयमा एउटा समान्य किसानको खेतका बान्ना भत्काउने, धानखेतीमा क्षती गर्नेलाई सम्बन्धित निकायले खोजी गर्नुपर्ने बताईन् । ‘एउटा किसानको खेतमा क्षती पुर्याउनेले भविस्यमा भौतिक आक्रमण पनि गर्न सक्छ,‘अपराधिक मानसिकता बोकेकाको पहिचान हुनुपर्छ’ उनले भनिन् । रेडियो म्याग्दीमा समाचार बाचिका समेत रहेकी सुबेदीले खेतमा क्षती पुर्याएको जानकारी पाएपछि घरमा पुगेर बेनी आएको बताईन् । क्षतीको मुल्याङ्कन भन्दा पनि अराजक गतिविधिमा संलग्नको पहिचान हुनुपर्ने उनको भनाई छ ।

Leave a Reply