खाडीमुलुक कतारमा झुन्डिएर आत्महत्या गरेका एक म्याग्देली पुरूषमा कोरोना पुष्टि भएको छ । कतारको सनयामा सेप्रोटेक्स कम्पनीमा कार्यरत बेनी नगरपालिका-५,पुरण्यका मंगल दर्जीले उपचारको क्रममा अस्पतालभित्र आफुले बिछाउँदै आएको तन्ना च्यातेर आत्महत्या गरेका थिए ।

पीसीआर परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएका दर्जीको कोरोना पोजेटिभ देखिएको मोना कतारले जनाएको छ ।

‘उहाँको कोरोना पोजेटिभ देखिएकाले शब नेपाल लैजान सम्भव छैन्, आवश्यक कागजात पुरा गरी यतै अन्त्येष्टी गरिनेछ’ अध्यक्ष तिलु शर्मा पौडेलले बेनीअनलाइनलाई भने । श्वासप्रश्वासमा अत्याधिक समस्या र ज्वरो आएपछि अस्पतालमा भर्ना भएका दर्जीको मृत्युपछिको परिक्षणमा समेत कोरोना देखिएको जनाइएको छ ।

मृतकको शब ब्यवस्थापनका लागि आवश्यक पर्ने कागजात सहितको प्रक्रियामा समेत मोनाले नेपाली दुतावासलाई सघाइरहेको छ । मृतकको सम्पूर्ण विवरण दुतावासमार्फत नेपालमा सम्बन्धित निकायमा समेत पुगिसकेको छ ।

उपचारको क्रममा अस्पतालमा मृत्यु भएको परिवारलाई जानकारी भएपनि कोरोना पोजेटिभ देखिएको अन्तिम समयमा जानकारी भएको दर्जीका आफन्त लालबहादुर परियारले बताए ।

रोजगारको सिलसिलामा सन् २००३ सालमा कतारमा पुगेका दर्जी ढुवानी सम्बन्धि काम गर्ने कम्पनीमा कार्यरत थिए । बिरामी भएपछि उपचारको क्रममा अस्पतालमा लगिएको दर्जीको तीनसाता अगाडी नै मृत्यु भएपछि शब अस्पतालमै राखिएको छ । मृतक दर्जीको श्रीमति, २ छोरी र १ छोरा मध्ये घरमा श्रीमति र छोरा छन् ।

Leave a Reply