अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनीको क्वारेन्टाइनमा बसेका ११ जनाको पिसिआर नेगेटिभ

On: June 19, 2020 6:37 PM
Follow Us:
---Advertisement---

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको क्वारेन्टिनमा राखिएको ११ जनाको पिसिआर नेगेटिभ आएको छ । म्याग्दी बहुमुखी क्याम्पस र न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका ११ जना र कोरोना पोजेटिभ देखिएर शैक्षिक तालिम केन्द्रको भवनमा रहेका ३ संक्रमित मध्ये दुईजनाको रिर्पोट नेगेटिभ आएको छ ।

सीमा क्षेत्रबाट विभिन्न समयमा उद्धार गरिएकाको पिसिआर काठमाण्डौको टेकुस्थीत प्रयोगशालामा परीक्षण गरिएकोमा नेगेटिभ आएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो। उहाँका अनुसार आइसोलेसनमा रहेका पहिलो संक्रमित मालिका गाउँपालिका–४ ओखरबोटका यूवाको तेस्रो रिर्पोट नेगेटिभ र मंगला गापा–४ बरंजाका यूवाको दोस्रो रिर्पोट समेत नेगेटिभ आएको छ ।

पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ चाप भएपछि काठमाण्डौ पठाइएको थियो । सीमा क्षेत्रबाट उद्धार गरी स्बाब पोखरा पठाइएका ३१ जना र शुक्रबार बेनी अस्पताल सहित फ्रन्ट लाइनमा खटिएका १० चिकित्सक र स्वास्थ्यकर्मी गरी २१ जनाको रिर्पोटको नतिजा आउन बाँकी रहेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।