म्याग्दीका पहिलो कोरोना संक्रमित युवकको तेस्रो रिर्पोट नेगेटिभ आएको छ । छिमेकी राष्ट्र भारतबाट फर्किएका जिल्लाको मालिका गाउँपालिका–४ ओखरबोटका यूवाको दोस्रो स्वाब संकलन गरेर पठाएकोमा पोजेटिभ आएपछि पुनःतेस्रो रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

पहिलो संक्रमतिलाई जेठ महिनाको १५ गते कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै भारतबाटै फर्किएका मंगला गाउँपालिका–४ बरंजाका १९ बर्षिय संक्रमतिको दोस्रो रिर्पोट नै नेगेटिभ आएको छ ।

भारतबाट फर्किएर न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेका उनलाई गत जेठ २२ गते कोरोना पोजेटिभ देखिएपछि खुल्लामञ्चस्थित आइसोलेसन कक्षमा छन् । म्याग्दीका तेस्रो संक्रमितको दोस्रो रिर्पोट पोजेटिभ आएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीका पुरुषको दोस्रो स्बाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा पोजेटिभ देखिएको हो। म्याग्दीमा तीन संक्रमित मध्ये दुईजनाले कोरोनालाई जितेका छन् ।

‘दुई संक्रमितले कोरोनालाई जित्नुभएको छ,‘उहाँहरुलाई आवश्यक प्रक्रिया पुरा गरी डिस्चार्ज गछौ’ म्याग्दीमा प्रमुख जिल्ला अधिकारी एवम् कमाण्ड पोष्टका संयोजक ज्ञाननाथ ढकालले भन्नुभयो ।

उहाँका अनुसार कोरोना जित्नेलाई सुरक्षित साथ घरमा थप १४ दिन एक्लै बस्ने गरी पठाइने छ । म्याग्दीबाट शुक्रबार सहित अगाडी पठाइएको ४९ स्बाबको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply