लायन्स क्लव बेनी पिस सिटीले शुक्रबार सदरमुकाम बेनीमा सर्वसाधारणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गदैं जिल्ला कमाण्ड पोष्टले घरबाहिर निस्कदाँ अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेसँगै म्याग्दीमा क्रियाशिल सामाजिक एवम् मानवीय संस्था लायन्स क्लवले बेनपा–७ हुलाकचोकमा १५ सय सर्जिकल मास्क, ५ सय सानो सेनिटाईजर वितरण गरेको क्लवका नवनिर्वाचत अध्यक्ष खम थापामगरले बताए ।‘मुखमा अनिवार्य मास्कको सन्देश सहित वितरण गरिएको छ,‘कोरोनासँग जुध्ने अभियानमा क्लवले निरन्तर सहयोग गरिरहेको छ’ अध्यक्ष थापाले भने ।हुलाकचोकमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर,लायन्स क्लब अन्तर्राष्ट्रिय–३२५ बि १ नेपाल लायन बर्ष २०२०÷०२१ का को चिफ एड्भाईजर चन्द्रकुमार केसी, सिनियर सेक्रेटरियट एडभाईजर सन्तोष रावल, रिजन चेयर पर्सन  लोक बहादुर पुन, लायन्स क्लव पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्य, क्याबिनेट सिनियर एडभाईजर सरोज बानियाँ लगायतले सर्वसाधारणलाई वितरण गदैं प्रयोगको विधिका बारेमा समेत जानकारी गराइएको थियो । यसैबीच सोही अवसरमा क्लवले कोरोना रोकथामको अभियानमा फ्रन्टलाइनमा सक्रिय प्रहरीले प्रयोग गर्ने गरी एन ९५ मास्क प्रनाउ कुँवरलाई हस्तान्तण गरेको बर्ष २०१९÷२० का अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए। क्लवले कोरोनाका जोखिम सुरुभएसँगै म्याग्दीमा विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको छ ।

ग्रामिण क्षेत्रमा मास्क, सावुन वितरण, खाद्यान्न साम्रागी वितरण लगायत विभिन्न गतिविधि गदैं आइरहेको छ । प्रमुख जिल्ला अधिकारी ढकालको संयोजकत्वमा रहेको कोभिड–१९ कमाण्ड पोष्टले समेत क्लवसँग सहकार्य गरी सामाजिक दुरी कायम गर्ने सन्देशमुलक पर्चा समेत वितरण गरेको छ ।

Leave a Reply