म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) बाट आएका मालिका गाउँपालिका–३ रुम घर भएका ३० बर्षिय यूवामा शुक्रबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘संक्रमितको अवस्था समान्य छ,‘उहाँलाई मध्यरातमै आइसोलेसन कक्षमा राखिसकिएको छ’ लम्सालले भन्नुभयो । गत जेठ महिनाको २३ गते यूएईबाट आएका यूवा म्याग्दी बहुमुखरी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

संक्रमति यूवाको ट्राभल हिस्टी लगायतका विवरण शनिबार लिईने छ । उनको गएको जेठ महिनाको ३० गते पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ स्बाबको चाप धेरै भएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा पोजेटिभ देखिएको थियो । म्याग्दीमा तेस्रो मुलुकबाट आएकामा पहिलो संक्रमित हुन् ।

यसअगाडी भारतबाट आएका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा संक्रमति यूवासँगै म्याग्दीका कोरोना संक्रमतिको संख्या ४ पुगेको छ । तीनजना भारतबाट आएका ३ जनामध्ये मालिका गाउँपालिका–४ ओखरबोटका ३१ बर्षिय यूवा र मंगला गाउँपालिका–४ बरंजाका १९ बर्षिय यूवाको पछिल्लो रिर्पोट नेगेटिभ आएको छ । उनीहरुलाई शनिबार घर पठाउने तयारी भइरहेको छ ।

Leave a Reply