मनसुन सुरू भएसंगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि सडकखण्डमा पहिरोले अवरुद्ध भएपछि नियमित यातायातका साधन सञ्चालनमा समस्या भएको थियो । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण सवारीसाधनमा आवतजावत जोखिम बन्दै गएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।सडकखण्ड अन्र्तरगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा हिलाम्मे सडक, सडक माथिको भीरबाट खस्ने ढुंगा र पहिरो पन्छाउन सुरु गरिएपनि शनिबार दिनभरी परेको बर्षाले समस्या भएको बताइएको छ ।

बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकखण्ड अन्तरगत शनिबार चमेरे देखि मुस्ताङको सिमाना घाँसासम्म करिब आधादर्जन स्थानमा अवरुद्ध भएको थियो । ७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक बजेटको अभाव तथा छियाछियाा भएको सडकमा असारदेखि भदौसम्म सडक नियमित सञ्चालनमा समस्या हुने गरेको छ ।

Leave a Reply