म्याग्दीमा शनिबार थप २ जनामा डेंगु पेजेटिभ देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि भर्ना भएकी मंगला गाउँपालिका-३ बरंजाकी २७ बर्षिया र रघुगंगा गाउँपालिका-३ पिप्लेकी १९ बर्षिया यूवतीमा डेंगु पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकृत प्रकाश सुबेदीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

यो संगै गएको बैशाख, जेठ र असार महिनाको पहिलो सातासम्म डेंगु संक्रमतिको संख्या १६ पुगेको छ । जिल्लामा बेनी नगरपालिका र मंगला गाउँपालिकामा डेंगुमा बिरामी धेरै भेटिएका छन् भने अन्य स्थानीय तहमा समेत बिरामी देखिन थालेपछि जनचेतनामुलक सहितका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बेनी अस्पतालका प्रमुख डा. अमृत अधिकारीले बताउनुभयो ।

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । डेंगु संक्रमण फैलिने एउटै लामखुट्टेले कम्तिमा १० जनासम्मलाई संक्रमण फैलाउन सक्ने भएकाले डेंगुको संक्रमित भेटिएको आसपासका क्षेत्रमा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने चिकित्सकको भनाई छ ।

डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकता आवश्यकता रहेको छ । यसबर्ष नेपालमै धेरै डेंगु संक्रमित भेटिने टप ३ जिल्लामा अग्रस्थानमा म्याग्दी रहेको छ भने गण्डकी प्रदेशको ११ जिल्लामा म्याग्दीमा सबैभन्दा धेरै बिरामी भेटिने जिल्लामा पर्छ ।

Leave a Reply