बेनी नगरपालिका-७ बेनी–महारानी सडकखण्डमा वाल भत्किदाँ बौद्ध विहारमा क्षती पुगेको छ ।लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण बिहार नजिकै रहेको ग्याविनजालीको कच्ची वाल भत्किँदा प्रवेशद्धार र विहारभित्र क्षती पुगेको छ । सदरमुकाम बेनीको न्यूरोडमा अवस्थित धौलागिरी ट्राभल्स प्रालिको जग्गामा बनाइएको वाल भत्किँदा विहारमा जाने प्रवेशद्धार, भित्र राखिएको शिला सहित अन्य संरचनामा क्षती पुगेको म्याग्दी बौद्ध संघका सचिव याम शाक्यले बताउनुभयो ।‘वाल भत्किएको छ,‘क्षतीको विवरण संकलन गदैंछौ’ शाक्यले भन्नुभयो । सहकारीको जग्गाको संरक्षण गर्न भित्तातर्फ वाल लगाएको थियो । वाल भत्किएपछि तत्काल बुद्धविहारमा आवतजावतमा समेत समस्या भएको यूवा बौद्ध संघ म्याग्दीका अध्यक्ष सचिन शाक्यले जानकारी दिनुभयो । उहाँले उक्त स्थानमा पक्की रिटेनिङ वाल लगाउन सकेमा थप क्षती रोक्न सकिने बताउनुभयो ।

Leave a Reply