म्याग्दीमा आइतबार विहानै हालसम्मकै धेरै कोरोना संक्रमति थपिएका छन् । नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका चारजनामा कोरोना पुष्टी भएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका, २ भगवतीका ३० बर्ष र ९ बर्षिया महिला, रघुगंगा गापा–३ का ३३ बर्षिय पुरुष र मंगला गाउँपालिका-५ अर्मनका का २० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘सबैको स्वास्थ्य अवस्था सामान्य छ,‘आइसोलसेन कक्षमा लैजाने तयारी भइरहेको छ’ लम्सालले भने । संक्रमतिको टाभल्ल हिस्टीका बारेमा समेत बुझ्ने प्रमुख लम्सालले भने । पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा दुईजना निको भएका छन् भने र्संत्रमतिको संख्या ८ पुगेको छ।

Leave a Reply