पर्वतमा आइबार बिहान थप भएका दुई जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्ति भएको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

थपिएका संक्रमितहरु स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो । उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

संक्रमित भारतबाट फर्केका होइनन र क्वारेन्टाईनमा समेत छैनन । त्यस मध्ये एक जना सर्वसाधरण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ । उनीहरु स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहेका ब्यक्ति भएको बताइन्छ ।

स्वास्थ्य कार्यालयका तथ्याँक अधिकृत तथा सिसिएमसी पर्वतका प्रबक्ता प्रबिण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र २ जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिनुभयो ।

संंक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी सहित सर्वसाधरणको समेत गरि ८१ नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । त्यस मध्ये २७ जनाको परिक्षण भएको छ भने ५४ जनाको रिर्पोट आउन बाँकी छ ।

सर्वसाधरणमा पनि कोरोना संक्रमण देखिएपछि समुदायमा संक्रमण भएको देखिएको छ । यस अघि ५ जना स्वास्थ्य कर्मी सहित ४३ जनामा संक्रमण पुष्टि भएको थियो । ८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन भने एक जनाको पोखरामा र बाँकी २९ जनाको पर्वत अस्थायी कोरोना अस्पतालमा उपचार भैरहेको छ । संक्रमित स्वास्थ्यकर्मीको हकमा भने आइसोलेसनको टुंगो लाग्न बाँकी रहेको छ । Source: newsdabali.com

Leave a Reply