नेपाल-भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवतीका आमा–छोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सीमा क्षेत्रबाट गत जेठ महिनाको २० गते बेनीमा ल्याइएको आमा-छोरीमा कोरोना देखिएको हो।

आमा–छोरीसँगै १५ जनाको स्बाब जेठ २७ गते पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा चारजनामा कोरोना पोजेटिभ देखिएको छ ।

क्वारेन्टिनमा एउटै कोठामा रहेका आमा–छोरी सहित पिसिआर पोजेटिभ आएकालाई खुल्लामञ्चस्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । ‘बालिकामा समेत कोराना देखिएको छ,‘स्वास्थ्य अवस्था समान्य छ’स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले भने ।

उनका अनुसार संक्रमित आमाछोरीको म्याग्दी आउने क्रममा सम्पर्कमा भएका ब्यक्तिको पहिचान र कन्ट्रयाक्ट ट्रेसिङमा भेटिएका आवश्यकता अनुसार स्वाब पठाइने बताए । ‘अब ट्राभल हिस्ट्रीको खोजी हुन्छ’ लम्सालले भने । म्याग्दीमा हालसम्म कम उमेरकोमा कोरोना नदेखिएपनि भारतबाट आएकामा कोरोना देखिएकाले त्रसित हुनुपर्ने अवस्था नभएको बताए ।

आइतबार विहान आमा छोरीबाहेक रघुगंगा गापा–३ पिप्लेका ३३ बर्षिय पुरुष र मंगला गापा–५ अर्मनका का २० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको थियो । म्याग्दीमा दुईजना निको भएर घर फर्किएका छन् भने संक्रमतिको संख्या ८ पुगेको छ । हालसम्म बेनी नगरपालिका १, मंगला गाउँपालिका ३, मालिका गाउँपालिका ३ र रघुगंगा गाउँपालिकामा समेत ३ जनामा कोरोना देखिएको छ ।

Leave a Reply