बागलुङमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।आईतबार बिहान बागलुङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएपछि कुल संक्रमितको संख्या ११२ पुगेको हो ।

आज बागलुङको गलकोटमा ४ जना, ढोरपाटन नगरपालिकाका १ जना, काठेखोला गाउँपालिकाका ३ जना र बागलुङ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्त विनोदविन्दु शर्माले जारी गरेका प्रेस विज्ञप्तीमा उल्लेख छ ।गलकोटको ४ जना र बागलुङको १ जना कोराना संक्रमित थपिएको भन्ने हिजो राती नै जानकारी आए पनि आज विज्ञप्तीमा मार्फत गण्डकी प्रदेशले पुष्टी गरेको हो । बागलुङमा हिजो बिहान काठेखोलामा ५ र ढोरपाटनमा ३ गरी ८ जना र साँझ बागलुङ नगरपालिकाका १३ जना, गलकोट नगरपालिकाका ८ जना, बडिगाड गाउँपालिकामा ६ जना, ढोरपाटन नगरपालिकामा १ जना ताराखोला गाउँपालिकामा १ जना गरी २९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

बागलुङमा अहिलेसम्म ११२ जना कोरोना संक्रमित भएकोमा १२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Leave a Reply