एमसिसी अहिले नेपालमा सबैभन्दा चर्चित र विवादित विषय हो । यसले देशलाई दुई कित्तामा विभाजित गरेको छ । पहिलो कित्ता यो राष्ट्रको हितमा रहेकोले यसलाई जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने र दोस्रो कित्ता यो राष्ट्रघाती रहेकोले यसलाई खारेज गर्नुपर्छ भन्ने ।

अरूथरी पनि छन जसले यसलाई संशोधन गरेर अनुमोदन गर्नुपर्छ भनिरहेका छन र यसो भन्नेमा अधिकांश दोस्रो कित्ताका पक्षधरहरु रहेका छन । जे होस एमसिसी ले अहिले नेपालको राजनीतिक माहोललाई निकै ततायको छ र यसले नेपालका अधिकांश नेताहरुको भित्रीरुप बाहिर ल्याइदिएको छ ।

के हो एमसिसी
एमसिसी अर्थात मिलिनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको सहयोगी निकाय हो । यो विश्वका साना तथा गरिब राष्ट्रहरुलाई आर्थिक विकासमा टेवा पुर्‍याउदै गरिबी निवारण गर्ने उद्देश्यले प्रदान गरिने आर्थिक सहायता हो भनेर अमेरिकाले भन्दै आएको छ ।

हालसम्म ४९ वटा देशमा एमसिसी परियोजना लागू गरिएको छ । नेपालपनि एउटा गरिब र विकासशील राष्ट्र रहेकोले नेपालकको विकासमा योगदान पुर्‍याउने भन्दै अमेरिकाले नेपाललाई उक्त सहयोगको प्रस्ताव गरेको छ ।उक्त सम्झौता २०७४ साल भाद्र २९ गते नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकाको तर्फ बाट एमसिसी कार्यक्रमका कायममुकायम प्रमुख जोनथान नास बिच हस्ताक्षर भएको थियो।

उक्त सम्झौता अन्तर्गत अमेरिकि सरकारले नेपाललाई ५०० मिलियन डलर (लगभग ५५ अर्व रुपैया ) अनुदान दिने र नेपाल सरकारले पनि १३० मिलियन डलर (लगभग १३ अर्व रुपैया ) विनियोजन गर्नुपर्ने भनेर उल्लेख गरिएको छ । यो सम्झौताको अवधी ५ वर्ष सम्म रहने र आवश्यक अनुरुप थपघट गरिने भनेर पनि उल्लेख गरिएको छ ।

तर अधिकांश नेताकार्यकर्ता ले यो परियोजना राष्ट्रघाती रहेको भन्दै यसको बिरोध गर्दै आएका छन । एमसिसी मार्फत अमेरिकी सेना नेपाल प्रवेश गर्ने , नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने , चीन घेर्ने अमेरिकी रणनीति , इन्डोप्यासिफिक स्ट्राटेजी (आईपियस) अन्तर्गतको सैन्य गठबन्धन रहेको जसले असंलग्न परराष्ट्र नीति उलांघन गर्ने दावी गरिएको छ !

हुनपनी अहिले विश्वमा चीनको बढ्दो प्रभावलाई नेपाल मार्फत रोक्ने रणनीति रहेको भनेर विश्वका अधिकांश लेखक,बुद्धिजीवी,बिश्लेषक,राजनीतिज्ञहरुले पनि दावी गर्दै आएका छन । त्यसैले एमसिसी परियोजना राष्ट्रघाती भएको उनिहरुको भनाई छ ।

एमसिसी कसरी राष्ट्रघाती ?
एमसिसी कसरी राष्ट्रघाती छ भन्ने थाहा पाउन यसका केही बुदाहरुलाई हेरौ ;

– उक्त सम्झौताको धारा ५ को दफा ५.१ मा एमसिसीले अमेरिकी कानुन उलांघन गरेमा सम्झौता निलम्बन हुने भनेर भनिएको छ । अर्थात नेपालमा लागुहुने एमसिसी परियोजना अमेरिकी कानुन अनुसार चल्नु पर्नेछ,नेपालको प्रचलित कानुनको कुनै औचित्य रहने छैन ।

– त्यस्तै उक्त सम्झौता अन्तर्गतको अनुसूची ५ (क) अनुसार नेपाल सरकारले एमसिसीलाई सार र रुपमा चित्तबुझ्ने योजना तयार पारी पठाउनु पर्ने र त्यसमा भारत सरकारको समर्थन रहनुपर्ने भनिएको छ । यसको मतलव भारतको समर्थन बिना एमसिसी मान्य हुनेछैन ।

– त्यसैगरी धारा ६ को दफा (६.८) मा एमसिसी का कुनैपनि अधिकारी नेपालको कानुन र अदालती प्रक्रिया बाट दण्डित नहुने भनिएको छ । अर्थात उनिहरुले जस्तोसुकै राष्ट्रघात गरेपनी सजायको हकदार बन्ने छैनन ।

– त्यसैगरी धारा ६ को दफा (६.३) (ख) मा कार्यक्रमका सन्दर्भमा प्रस्तुत सम्झौता वा अन्यकुनै कानुन बाझियमा सम्झौता लागुहुनेछ भनिएको छ । अर्थात भोलि एमसिसी र नेपालको संविधान बाझिन पुगेमा संविधान स्वत निष्क्रिय हुनेछ ।

MCC Compact: Nepal A FDI prospect

यी लगायत अन्य थुप्रै बुदाहरु जस्तो कि सुरक्षा,महालेखा परिक्षण लगायतको बिषय हेर्दा पनि यो सम्झौता राष्ट्रघाती नै हो भन्ने निष्कर्षमा पुग्न सक्छौ ।

दलाल पुँजीवाद
दलाल पुँजीवाद नेपाली राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने शब्द हो । विशेषत नेपालका कम्युनिस्ट पार्टीले यसको प्रयोग गरेर धेरै पटक सत्तामा पुगेका छन । सामान्य भाषामा भन्नुपर्दा दलाल पुजिवाद भनेको बिदेशी साम्राज्यवादी शक्तिको आड र निर्देशनमा देशभित्र जनतालाई शासन गरिने व्यवस्था हो । यो व्यवस्थामा साम्राज्यवादले देशको हरेक क्षेत्र जस्तै राजनीतिक,प्रशासनिक,आर्थिक,सुरक्षा लगायत मा आफ्नो दलाल खडा गरी पकड जमाएर बसेको हुन्छ ।

यसले प्रजातन्त्र लोकतन्त्रको नाममा निरङ्कुश शासन सञ्चालन गरेको हुन्छ । साम्राज्यवादी शक्तिले आफ्ना दलाल र गिरोह मार्फत देशमा श्रोत साधनको चरम दुरुपयोग गर्छ । उसले आफ्नो फाइदाको लागि जस्तोसुकै हथकण्ड अपनाउछ । उसलाई केवल सत्ता र पैसा संग मात्र मतलव हुने हुदा उसको अगाडि मानव जिवन,समाज को कुनै मूल्य हुदैन ।

त्यसैगरी नेपाली राज्यसत्ताको मुलभुत चरित्र पनि दलाल पुजिवाद नै हो । हामिले देखेकै छौ यहाँ को हरेक क्षेत्र मा साम्राज्यवादले आफ्नो एजेन्ट खडा गरेको छ । उनिहरुको मुख्य काम भनेको नै साम्राज्यवादको सेवा गर्नु हो । उनिहरु साम्राज्यवादको आडमा चुनाव जितेर जनप्रतिनिधि हौ भन्दै निरङ्कुश शासन व्यवस्था चलाईराखेका छन । उसकै आड र निर्देशनमा असमान र राष्ट्रघाती सन्धि सम्झौता गर्ने गर्दछन ।

माथी नै भनिएको छ नेपाली राज्यसत्ताको मुल चरित्र भनेको दलाल पुजिवाद हो । नेपालमा दलाल पुजीवादी व्यवस्था र त्यसको मतियार पार्टीहरु भएकाले नै एमसिसी जस्तो राष्ट्रघाती सन्धि सम्झौताहरु गर्ने गरिन्छ । जसको परिणामस्वरूप देश साम्राज्यवादको गुलाममा परिणत हुन्छ र राष्ट्रिय स्वाधीनता नै खतरामा पुग्दछ । त्यसैले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न एमसिसी मात्रै होइन दलाल पुजिवादी व्यवस्था पनि खारेज गर्नुपर्छ ।

Leave a Reply