म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ११ औ गाउँसभाबाट करिब ४१ करोडको बजेट पारित गरेको छ । आगामी आर्थिक बर्षका लागि ४० करोड ९४ लाख २६ हजारको बजेट सार्वजनिक गरिएको हो। कोरोनाको जोखिमलाई मध्यनजर गरी प्राथमिकता तय गरिएका कार्यक्रमहरूलाई केन्द्रित गरी निति तथा कार्यक्रमम र बजेटलाई गाउँसभाले सर्वसम्मतिले पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले पूर्वाधार, पर्यटन, कृषि,पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्रमुख प्राथप्राथमिकताका साथ निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा बजेटमध्ये ७ करोड १६ लाख,बाँकी सबै पूँजीगततर्फको शीर्षकमा १३ करोड ३६ लाख रहेको छ।

बजेटमा सरकारको सशर्त र निशर्त अनुदान, वित्तीय समानीकरण, राजश्व बाँडफाँट र अख्तियारी सारेर ल्याईएको रकम पनि समाबेश छ । गाउँपालिकाले आगामी बर्ष ६८ लाख रुपैयाँ आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो ।

जिल्लामा पर्यटन र जलविद्युतको प्रचुर सम्भावना रहेको गाउँपालिका भएपनि कोरोनाको जोखिम र संघीय सरकारको अनुरोधका आधारमा तय गरिएका कार्यक्रममा आन्तरिक श्रमशक्ती परिचालनलाई समेत आधार बनाइएको गाउँपालिका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका भित्रका सबै वडामा १२ महिना सडक सञ्चालन हुने गरी विस्तार गर्ने, प्राथमिक योजनाहरुलाई समयमै सम्पन्न गर्ने, कृषि, पर्यटन, खानेपानी र सडक मुख्य प्राथमिकताका आधारमा बजेटलाई समेत प्राथमिकता दिने गरी गाउँसभा सम्पन्न भएको बताउनुभयो । गाउँपालिकाले सडक निर्माण र स्तरोन्नतीका लागि १२ महिना सडक सञ्चालन १ करोड ६७ लाख विनियोजन गरेको छ ।

पर्यटन पूर्वाधारमा ६७ लाख, पशुपालन ३० लाख, कृषि ४० लाख, शैक्षिक क्षेत्र विकास ६९ लाख,बजेटमा वडास्तरमै ३ लाखसम्मको योजनाको सम्झौता गर्न सकिने, पशुपालन र कृषिमा मल, सीप र अनुदानमा प्राथमिकता दिने,वडास्तरका खेलमैदान निर्माण, महिला तथा बालबालिका, जेष्ठ नागरिक, अपाङ्ता भएकालाई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा जिसस सदस्य मेखबहादुर गर्बुजा, बोममायाँ गर्बुजा, नेकपा अन्नपूर्ण गाउँपालिका प्रमुख खड्क गिरी, नेपाली कांग्रेस अन्नपूर्ण प्रमुख बेलबहादुर पूर्जा सामाजिक विकास समिति ओमप्रकाश फगामीले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षा गाउँपालिका अध्यक्ष पुन, सञ्चालन प्रबक्ता कृष्णप्रसाद बरुवालले गर्नुभएको थियो। सोही अवसरमा गाउँपालिका अध्यक्षले आफ्नो पारिश्रमिकबाट अन्नपूर्ण–६ घारकी पवित्रा खड्कालाई २५ हजार नगद र उत्कृष्ट शैक्षिक गतिविधि बापत अन्नपूर्ण–३ दानाको ज्ञानप्रकाश माविलाई संघीय सरकारबाट प्राप्त २ लाख पुरस्कार समेत वितरण गरिएको थियो ।

Leave a Reply