अविरल वर्षाका कारण घर भत्किएपछि जिल्ला विपद् ब्यवस्थापन समितिले राहत वितरण गरेको छ । बेनी नगरपालिका–८, खैरेनीपाखोकी चनमायाँ सार्कीको घर पूर्णरुपमा क्षती भएको छ ।

लकडाउनको समयमा निर्मित घर भत्किएपछि विपद् ब्यवस्थापन समितिका संयोजक एवम् प्रजिअ ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, वडाका जनप्रतिनिधि लगायतको उपस्थितीमा रु १० हजार सहित पाल सहयोग गरिएको हो । पीडित सार्की सहित आसपासका ३ घर समेत उच्च जोखिममा रहेकाले तत्काल ब्यवस्थापन गनुपर्ने अवस्था आएको जनाइएको छ ।

पीडित सार्कीलाई वडाबाट समेत रु १० हजार राहत सहित आसपासका क्षेत्रमा जोखिममा परेकालाई उचित संरक्षणको पहल भइरहेको वडा सदस्य हेमबहादुर भण्डारीले बताए । यसैबीच अस्पताल चोकबाट बेनपा–६ जामुनाखर्क जोड्ने सडकखण्डमा आसपासमा पहिरोले असर गरेपछि पन्छाइएको छ । केहीदिन यताको बर्षाले जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर भत्किएको छ ।

Leave a Reply