चिटिक्क परेको एकतले घर बनाई सर्ने तयारीमा रहेका बेनी नगरपालिका–५, डडुवाका खत्रीटोलका रुद्धबहादुर खत्रीको घर अबिरल बर्षासँगै घर पछाडीबाट क्षती पुर्याएको छ ।

७ कोठे एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत प्रयोग गरी घर बनाएर असार १० गते सर्ने तयारीमा रहेका खत्रीको कर्सातिरको वाल घरभित्र पसेपछि पूर्णरुपमा प्रयोग गर्न नमिल्ने गरी क्षती भएको स्थानीय अर्जुन भण्डारीले जानकारी दिए । ‘घरभित्र वाल पसेको छ, चर्किएकाले प्रयोग गर्न मिल्दैन्,‘स्थानीयको प्रयासमा सामान बाहिर निकालिएको छ’ भण्डारीले भने । घरपछाडीको जोखिमलाई मध्यनजर गरी वाल निर्माण सहित भुई र भित्ता ढलान घर बनाउँदा करिब २० लाख खर्च भएको पीडित खत्रीले बताए ।

पीडित खत्रीलाई स्थानीयमार्फत खाद्यान्न समेत सहयोग गरिएको छ । अविरल बर्षाले घर भत्किएपछि विपद् ब्यवस्थापन समिति, बेनी नगरपालिका लगायत विभिन्न संघसंस्थालाई समेत सहयोगको याचना गरिएको छ ।

Leave a Reply