पर्वत जिल्ला अस्पतालमा कार्यरत थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ७ पुगेको छ ।

पर्वत कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका डा. शिशिर देबकोटाले जानकारी दिनुभयो । संक्रमित स्वास्थ्यकर्मी पर्वत अस्पतालमा इमर्जेन्सी इन्चाजको रुपमा कार्यरत रहे पनि कोरोना अस्पतालमा नै कार्यरत रहेको र इमर्जेन्सीमा डियुटीमा नरहेको डा. देबकोटाले जानकारी दिनुभयो ।

कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ७० जनाको परिक्षण रिर्पोट सार्वजनिक भएको छ । ३ जना मा संक्रमण पुष्टि भएको छ । संकलित ८१ रिर्पोट मध्ये अव ११ जनाको रिर्पोट आउँन बाँकी रहेको छ । योसंगै जिल्ला अस्पतालका ५ जना र उनीहरुको सम्पर्कमा आएका २ स्वास्थ्यकर्मी सहित ३ जनामा संक्रमण पुष्टि भएकोछ। योसंगै पर्वत जिल्लामा संक्रमीत संख्या ४६ पुगेका छ । जस मध्ये ८ जना डिस्चार्ज भएका छन् । Source: newsdabali.com

Leave a Reply