बागलुङमा ७ महिने बच्चा सहित थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बागलुङको निसीखोला गाउँपालिकाको ७ महिने बच्चा सहित ताराखोलाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयको विज्ञप्ती प्रकाशित गरि ताराखोला गाउँपालिकाका २७, २४, ३५, २१, ३४, २१ र २६ बर्षिय पुरुषलाई संक्रमण देखिएको जनाएको छ ।ताराखोलाका संक्रमितहरु ताराखोला गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका छन्भने निसीखोलाका ७ महिने बच्चा धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।

भारतबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी ३३ बर्षिय आमालाई जेठ २३ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको भोलीपल्ट जेठ २४ गते आमा र छोरासँगै अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

धौलागिरी अस्पतालका निमित प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क पोखरेल अस्पतालमा भर्ना हुनु अगाडीको परीक्षणमा बच्चाको रिपोर्ट नेगेटिभ रहेको र आइसोलेसनमा नल्याउन भनिएपनि घरमा हेर्ने कोहि नभएको भन्दै आमाको आग्रहमा आइसोलेसनमा राखिएको बताउनुभयो । अहिले आमा र छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो ।यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या १२५ पुगेको छभने निको भएर घर फर्किनेको संख्या २३ पुगेको छ । khabarway.com

Leave a Reply