रोजगारको सिलसिलामा बहराइनमा पुगेका बेनी नगरपालिका-३ भकिम्ली खाराका दिलिप परियारले सातबर्ष जेलमा विताए। विपन्न परिवारमा जन्मिएका परियार बहराइन पुगेको केही बर्षमै विदेशी यूवतीलाई कुटपिट गरेको झुटो अभियोगमा जेल जिवन विताएका परियारलाई सरकारले आममाफी दिएको केही महिनामै स्वदेश फर्किएका छन् ।

कम्पनीबाट कोठामा फर्किने बेलामा आफुँसंगै रहेको एक इन्डोनिसियाकी एक यूवतीलाई उनका पूर्वप्रेमीले कुटपिट गरेर फरार भएपछि बहराइनको भाषा नबुझ्दा बिनाकारण जेलमा परेका दिलिपका बारेमा बेनीअनलाइनले पटकपटक समाचार समेत प्रकाशित गरेको थियो ।

घाईते अवस्थामा उद्धार गरिएकी यूवती २० दिन अस्पतालमा उपचार गरी घर फर्किएपनि विना आधारमा भाषाको ज्ञान नहुदाँ अदालतबाट १५ बर्षको सजाय तोकिएको थियो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै सरकारले आममाफी दिर्एपछि स्वदेश फर्किने तयारीमा रहेका परियारलाई मोना बहराइनले आवश्यक कागजात सहित अन्य प्रक्रियामा समेत सहयोग गरेपछि आइतबार मध्यरातमा नेपाल प्रस्थान गरेको मोना बहराइनका अध्यक्ष लोक राम्जालीले बताउनुभयो।

‘उहाँलाई घर फिर्तीमा आवश्यक सहयोग गरेका छौ,‘विगतमा प्रयास गर्दा समेत आममाफीमा सफलता मिलेको थिएन’ राम्जालीले भन्नुभयो। मोनाले नेपाली ४३ हजार नगद समेत सहयोग गरेको छ । परियार जेलमा परेपछि परिवारको विचल्ली भएको थियो ।

दिलिपको परिवारमा आमाबुबा, श्रीमति र दुई छोराछोरी छन् । गाउँमै रहेको बालप्रिय शारदा आधराभुत विद्यालयमा छोराले कक्षा ७ र छोरीले कक्षा ५ मा अध्ययरत छन् । बहराइनबाट फर्किएका दिलिपले क्वारेन्टाइनको समय विताएर घर फर्किने छन् । उनी काठमाण्डौ हुदै बेनीको क्वारेन्टाइनमा बसेर पिसिआर परीक्षणपछि रिर्पोट नेगेटिभ आएमा घर फर्किनेछन् । दिलिप जेलमुक्त भएको खवरले परिवारमा खुसीयाली छाएको छ ।

Leave a Reply