पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको लामावगरमा सोमबार व्यस्त सडकमा कुकुरलाई जस्तै चितुवालाई डोराएर हिँडिरहेका छन् । गाउँघर, जंगलमा चितुवा देखेर त्रसित हुने सर्वसाधारण समेत नजिकै फोटो खिच्ने, अगाडीपछाडी हिडिरहेको देखिन्छ ।

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको लामावगरवाट सोमवार दिउँसो नियन्त्रणमा लिइएको एउटा चितुवालाई कुकुरलाई जस्तै सडकमा डोराएर प्रहरीको जिम्मा लगाइएको छ । दिउँसो झाडीमा हिडिरहेको अवस्थामा स्थानीय युवाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै मिलनचोकवाट पुगेको प्रहरी र स्थानीय युवाहरुको प्रयासमा चितुवा नियन्त्रणमा लिईएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

बिरामी जस्तो देखिने उक्त चितुवा लामाबगरमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो । स्थानीय अमृत आचार्य, यमन आचार्य र आकृति आचार्यले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।उक्त चितुवा प्रहरीमाफैत सव डिभिवन वन कार्यालय मार्फत डिभिजन बन कार्यालयलाई बुझाईएको छ ।

Leave a Reply