पर्वतमा मंगलबार संक्रमण पुष्टि भएकामा ४ जना सर्वसाधरण पनि रहेको खुलेको छ।
संक्रमण पुष्टि हुनेमा कुस्मा नगरपालिका ३ का ३१ र १७ बर्षिया महिला तथा ९ बर्षका बालक रहेका छन भने कुस्मा नगरपालिका ८ का २८ बर्षिय युवा रहेका छन । यस बाहेक पर्वत अस्पतालकी २८ बर्षिया स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । चार जना दुर्घटनामा घाइते भई उपचारमा रहेका संक्रमितका आफन्त र साथी हुन । संक्रमितको परिवार र अन्य ८ जनाको रिर्पोट भने नेगेटिभ आएको थियो ।
संक्रमित मध्ये १७ जना भारतबाट आएर क्वारेन्टाईनमा बसेको ब्यक्ति रहेको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । यो संगै पर्वतमा संक्रमतिको संख्या ६८ पुगेको छ । ८ जना उपचारपछि निको भएर घर फर्केका छन । newsdabali.com

Leave a Reply