कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई न्यूनिकरणको अभियानमा सक्रिय म्याग्दीको लायन्स क्लब अफ बेनी पिस सिटीलाई लायन्स क्लव ३२५ बि १ नेपालले समुदायलाइ सेवा पुर्याए बापत “असाधारण सेवा“ पदकबाट सम्मानित गरेको छ ।

नेपालमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउन लगत्तै सदरमुकाम बेनीदेखि समुदायस्तरसम्म पुगेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य र बर्ष २०१९–२० का अध्यक्ष नरेश श्रेष्ठलाई गभर्नर इन्दु लम्सालले उक्त पदकबाट सम्मानित गरेको क्लवले जनाएको छ । कोभिड–१९ मा लायन्स क्mलवले बेनपा–९ घतानबाट मास्क, सावुन वितरण सुरु गरेको थियो ।

क्लवमार्फत बेनपा लगायत जिल्लाका विभिन्न स्थानमा पुगेर दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई खाद्यान्न वितरण, सडकमा सुत्ने बेसहारालाई निशुल्क भोजन, सरसफाई, सर्वसाधारणलाई मास्क, अलपत्र परेकालाई उद्धारमा आर्थिक सहयोग, पशुचौपायालाई दाना लगायतका कार्यक्रमहरु गरेको थियो ।

देशभर रहेका लायन्स क्लवमा बेनी पिस सिटीले फ्रन्टलाइनमा बसेर सरकारको अभियानलाई साथ दिएकोमा लायन्स क्लव अन्तराष्ट्रियमा समेत उच्च प्रशंसा भएको थियो । जिल्लामा कोभिड–१९ कमाण्ड पोष्टसँग समेत सहकार्य गरी क्लवले कार्यक्रम गरेको थियो । सम्मानित भएपछि क्लवका अध्यक्ष श्रेष्ठले यो जिम्मेबारीले थप सक्रियताका लागी सहज भएको बताए ।

‘हामीले सम्मान पाउनका लागि काम गरेका होईनौ,‘समुदायमा आधारित कार्यक्रमहरुलाई नै प्राथमिकता दिन्छौ’ श्रेष्ठले भने । क्लवले स्थापनाकालदेखि नै समुदायमा आधारित कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । यसअगाडी समेत क्लवले विभिन्न अवार्ड प्राप्त गरिसकेको छ ।

Leave a Reply