फुड प्वाइजनिङ’ भएर बिरामी भएका बेनी नगरपालिका-१०, वाखेतमा १९ जनाको स्वास्थ्य अवस्था समान्य रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार स्थानयि सर्मिला गर्बुजाको खेतमा धान रोप्न गएकालाई दिउँसो खाजा खाएर घर फर्किएकाहरु धमाधम बिरामी भएका थिए ।

दिउँसो खाजामा सिमि, मसैरा, चना, मिक्स तरकारी खाजा खाएकालाई राती टाउको दुख्ने,बान्ता हुने, पखला लाग्ने जस्ता समस्या देखा परेपछि स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको अवस्थामा सबैको अवस्था समान्य रहेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो । ‘उहाँहरुको अवस्था समान्य छ,‘केहीले घरमै आराम गर्नुभएको थियो’ उनले भने ।

एकैपटक ठूलो संख्यामा बिरामी भएपछि बेनी अस्पतालमा समेत आवश्यक तयारी गरिएको थियो । एक्कासी बिरामी भएपछि मिन कुमारी रोका, आष्मा रोका, सबिना पाईजा, सर्मिला गर्बुजा राम पुन कृष्ण गर्बुजा हिरा पुन सिता शेरपुञ्जा नबिन पाईजा हर्क बहादुर थापा पार्वती थापामन कुमार थापा चन्द्रा शेरपुञ्जा मिना रामजाली पुष्पा रोका टिका रोका अस्मि रोका बिष्णु रोका नारायण रोका रहेको प्रहरीले जनाएको छ । अधिकांसको घरमै र केहीको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।

यता बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले फुड पोइजन विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न भएका विषबाट हुने भएकाले खाना खाने बेलामा आवश्यक सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले फुड प्वाइजनिङ’ भएर गर्मी सिजनमा धेरै आउने भएकाले खानपिनको क्रममा ध्यान दिनुपर्ने र केही समस्या भएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply