बेनी-जोमसोम–कोरला सडक बुधबार विहानैदेखि अवरुद्ध भएको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनाको माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको हो । सडक तत्काल सञ्चालनमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्रै सडकखण्डका दर्जन स्थानमा हिलाम्य भएपछि यात्रा जोखिमपूर्ण भएको हो । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको सडकखण्डको गलेश्वर पारी घुमाउने तालदेखि नै हिलाम्मे सडकका कारण सानाठुला सवारीसाधनमा आवतजावतमा समस्या भइरहेको यात्रुको भनाई छ ।स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोग गरिएपछि बर्षाले हिलाम्मे हुदाँ सानाठुला सवारीसाधन हिलोमै घण्टौसम्म फस्ने गरेका छन् । सडकखण्डमा समान्य बर्षामा समेत हिलाम्य हुदाँ यात्रा कष्टकर बनेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘सडकको धरापले यात्रुलाई सास्ती छ,‘तत्काल मर्मत गरेपनि पुनः खस्ने गरेको छ’उनले भने ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारीसाधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकता अपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ । उत्तरी जोड्ने सडक रघुगंगा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिका–३ गुईठे, रुप्से झरना, खामभित्ताको द्धारीखोला, काभ्रेभिरमा धेरै समस्या रहेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ ।

Leave a Reply