गाउँसभाका माननीय सदस्यहरु,
१) सम्पुर्ण विश्व नै कोभिड(१९ ९कोरोना भाइरस० महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु। यस अवसरमा लोकतन्त्र र संघीयता स्थापनार्थ सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दछु।यसैगरी राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र जनजिविकाको आन्दोलनको नेतृत्व गर्नु हुने सम्पूर्ण अग्रजहरु प्रति उच्च सम्मान प्रकट गर्दछु। उहाँहरुले पुर्याउनु भएको अमूल्य योगदानको स्मरण गर्न चाहन्छु।
२) विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ को महामारीवाट स्वदेश तथा विदेशमा जीवन गुमाउनु भएका सम्पूर्ण दीदिवहीनी तथा दाजुभाइहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु। कोभिड(१९ वाट स्वदेश तथा विदेशमा संक्रमित हुनुभएका म्याग्दीवासीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
३) कोभिड(१९ को माहामारीवाट धवलागिरी गाउँवासीहरु सुरक्षित रहन आगामी दिनमा गाउँ सरकारले चाल्ने हरेक कदममा निरन्तर साथ र समर्थन पाइरहने विश्वास लिएको छु। यस संकटको घडीमा एकजुट भै माहामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेवक र राष्ट्रसेवक कर्मचारीको योगदाको उच्च प्रशंसा गर्दै जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी व्यवसायी आदि सवैलाइ धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राख्दछु।
४)प्रस्तुत नीति तथा कार्यक्रमले कोभिड(१९ वाट धवलागिरीवासीको जीवन रक्षा गर्नुका साथै यसको कार्यदिशा स्वास्थ्य, शिक्षा,रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनेछ।

आर्थिक विकास
कृषि तथा पशुपंक्षी
१) कोरोना भाइरसका कारण धवलागिरी गाउँपालिकाका गाउँवासीहरुलाइ खाद्य संकटवाट वचाउन खाद्य वैकको स्थापना भै हाल सञ्चालनमा रहेको हुदा सो वैक निरन्तरता दिदै खाद्य सुरक्षाको प्रत्याभुतीका लागि निशुल्क खाद्य वितरण गरी भोकमरीको अवस्थावाट मुक्त वनाउन आवश्यक रकम विनियोजन गरिनेछ।
२) धवलागिरी गाउँपालिकाको कृषि उत्पादनलाई बृद्धि गर्न कृषि प्रवर्धन कोषको स्थापना गरी सञ्चालनमा ल्याइनेछ।
३) स्थानीय तह मार्फत वांझो रहेको सार्वजनिक जग्गामा करार गरी खेती गर्न प्रोत्साहित गरिनेछ।साथै सवै खाली जग्गालाइ खेर जान नदिन प्रोत्साहन गरी सहकारी र सामुहीक सघन खेती प्रणालीका माध्यमवाट कृषी उत्पादन र उत्पादकत्व वृध्दि गरिनेछ।
४) कृषि उत्पादनको सम्भाव्यता भएको ठाउँमा वैज्ञानिक सिचाइको व्यवस्था गर्न सिंचाइ आयोजनाको पहल गर्ने तथा आवश्यक रकम समेत विनियोजन गरिनेछ।
५) विशेष क्षेत्रमा व्यवसायीक उत्पादनलाइ प्राथमिकता दिन एक क्षेत्र एक उत्पादनका लागि जग्गा लिजमा लिइ फलफुल, तरकारी तथा जडीवुटी नर्सरीको स्थापना गर्न आवश्यक रकम विनियोजन गरिनेछ।
६) धवलागिरी गाउँपालिकाका कृषकहरुलाइ विशेष अनुदानको व्यवस्था गरी मोडल फर्महरुको विकास गरिनेछ।
७) उत्पादनको आधारमा हाते ट्याक्टर, घाँस काट्ने मेसिन, गौ, जौ धान झाट्ने जस्ता कृषि औजारको खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था मिलाइनेछ।साथै कृषकहरुलाइ कृषिको उत्पादन र उत्पादकत्व वृध्दि गर्नको लागि उन्नत जातको वीउ विजन निशुल्क उपलव्ध गराउनेछ।
८) कृषि उत्पादनको वजार व्यवस्थापन गर्न कृषि उपज संकलन केन्द्र निर्माण गरी उपज सुचना प्रणालिका लागि सफ्ट्वयरको व्यवस्था गर्न आवश्यक रकम उपलव्ध गराइनेछ।
९) कृषि तथा पशुपंक्षीपालनका लागि अत्यावश्क पूर्वाधार विद्युत केन्द्रीय प्रसारण लाइनको लागि पहल गरिनेछ।अत्यावश्यक ठाउँमा तत्काल गर्नुपर्ने भएमा पालिकाले समेत लगानी गरिनेछ।
१०)विशेष संभावना भएको भेडा बाख्रा पालनमा नश्ल सुधार गर्दै सामुहिक तथा सहकारीको रुपमा पालन गर्नेलाइ अनुदान र सम्भाव्यता अध्ययन गरी आवश्यक ठाउँमा एक हजार वटा भेडावाख्रा अट्ने घुम्ती गोठ निर्माण गरिनेछ साथै पशुपालकलाइ एक सूत्रमा आवद्ध गरी सामुहिक रुपमा पशु उत्पादन तथा विक्रि सुचना केन्द्र निर्माण गरि सो मार्फत अनुदान माग गर्ने, मुल्य निर्धारण, वजार पहिचान गरी विक्रि वितरण गर्ने कार्यलाइ प्रभावकारी वनाइनेछ।
११) उन्नत नश्लको व्यवसायीक पशुपंक्षीको पालनलाइ प्रोत्साहित गर्दै धवलागिरी गाउँपालिकामा कृतिम गर्भाधान केन्द्रको स्थापना गरिनेछ।
१२) धवलागिरी गाउँपालिका कृषकहरुलाइ उत्पादन क्षमताका आधारमा वर्गिकरण गरी अभिलेखिकरण गर्ने र सोही आधारमा संघ, प्रदेश र स्थानीय तहवाट प्रदान गर्ने अनुदानर सहुलियतका लागि सिफारिस तथा स्थानिय तहवाट अनुदान प्रदान गरिनेछ।
१३)महिला सहकारी समुहहरु तथा अर्ध वेरोजगार, वैदेशिक रोजगारीवाट फर्केका युवाहरुलाइ कृषि व्यवसायमा आकर्शित गर्न विशेष अनुदानको व्यवस्था गरिनेछ।
१४) कृषकलाइ प्रोत्साहन गर्न सफल रुपमा कृषि तथा पशुपालन गर्ने समुह वा व्यक्तिलाइ पुरुस्कारको व्यवस्था गर्ने।
१५) पशुविमाको लागि कृषकको सहभागिताको ५०५ अनुदानको व्यवस्था गाउँपालिकाले गर्ने।
१६) कृषकको सहजिकरणका लागि संघ, प्रदेश र स्थानिय तहवाट पाउने अनुदानको लागि प्रस्तावनार परियोजना तथा अन्य पेश गर्ने कागजात तयार गर्न वडा कार्यालयवाटै सहजिकरणको व्यवस्था मिलाइनेछ।
१७) पशु शाखामा काम गर्ने कर्मचारीको मनोवल उच्च वनाउन निजलाइ आवश्यक तालिमको व्यवस्था मिलाइनेछ।
१८) कृषकलाइ पशु स्वास्थ्य सम्वन्धि तालिम दिन आवश्यक रकम विनियोजन गरिनेछ।
१९) कृषकलाई किटनासक औषधी र भेटेरनरी औषधि अनुदानको व्यवस्था गर्ने साथै औषधि भण्डारण गर्ने व्यवस्था गरिनेछ।

उद्योग तथा वाणिज्य
२०) तुलनात्मक क्षेत्र पहिचान गरी सामुहिक लगानी प्रवर्धन गर्न त्यस्ता सहकारी तथा समुहलाई अनुदान उपलव्ध गराइनेछ।
२१) पालिका भित्र एक उद्योग ग्राम निर्माण गर्न प्रदेश सरकारवाट स्वीकृत धवलागिरी गाउँपालिका वडा नं ७, रानिवासमा उद्योग ग्राम सञ्चालन गर्न निरन्तर पहल कदम चालिनेछ।
२२) विशेष गरी जडिवुटी खेती गर्नका लागि निश्चित वन क्षेत्र छुट्टाइ वृक्षारोपण गर्ने र पालिकाको समेत लागत सहभागिता रहने गरी जडिवुटी तथा आयुर्वेदिक उद्योग स्थापना गरी सञ्चालनमा ल्याइनेछ।
२३) अल्लो उत्पादनमा लगानी प्रवर्धन गरी तयारी पोशाक डिजाइन तथा उत्पादन गर्न तालिम तथा अनुदान सहयोग गरिनेछ।
२४) सहकारी क्षेत्रको प्रवर्धन गरी यसको माध्यमवाट पुजी संकलन र सहकारी मार्फत विभिन्न उद्योगहरु, साझा सहकारी पसल, कृषिजन्य उद्योगहरु सञ्चालन गर्न प्रोत्साहित गरिनेछ।
२५) उत्पादित वस्तुहरुको वजार व्यवस्थापन गर्न सामुहिक उत्पादन विक्रि केन्द्र निर्माण गर्न अनुदान उपलव्ध गराउने। र यस मार्फत वजार पहिचान खोज र सहजिकरण गर्दै लैजाने व्यवस्था मिलाइनेछ।
२६) व्यवसायीक क्षेत्रमा लाग्न चाहने युवाहरुलाइ आधारभुत तालिमसंगै प्रविधि सहयोग गरी युवा लक्षित कार्यक्रम गरिनेछ। साथै वैदेशिक रोजगारीवाट फर्केका सीपयुक्त युवाहरुलाइ लक्षित गरी उद्यमशिलता वृध्दि गर्न आवश्यक सहुलियत तथा अनुदानको व्यवस्था गरिनेछ।

रोजगार
२७) रोजगार सूचना केन्द्रको स्थापना गरी स्थानिय,क्षेत्रीय र राष्ट्रिय तथा वैदेशिक क्षेत्रका निजि क्षेत्र नेटवर्क वनाइ माग संग आवद्ध गरिनेछ।
२८) न्युनतम रोजगारीको प्रत्याभुती गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम संगै पालिकाका विकास खर्चलाइ समेत रोजगारी सिर्जनासंग आवद्द गरिनेछ।
२९) वेरोजगारी सिप र क्षमताको आधार लिइ डाटा संकलन तथा व्यवसायीक तथा सिप विकास तालिम कार्यक्रमलाइ श्रम वजारको आवश्यकता अनुरुप वनाइनेछ।
३०) विशेष संभावना भएको कृषि, पशुपंक्षि तथा पर्यटन क्षेत्र र सो क्षेत्रको रोजगारीमा वृध्दि गर्न अन्य विकसित क्षेत्रको अनुभव साटासाट गर्नको लागि कार्यक्रम सञ्चालन गरिनेछ।
३१) वैदेशिक रोजगारीमा जानेहरुको पूर्व अभिलेख राखि आवश्यक तालिमको व्यवस्था र वैदेशिक रोजगारीलाइ सुरक्षित र मर्यादित वनाइनेछ।
३२) आन्तरीक तथा वैदेशिक रोजगारीको आधारमा धवलागिरी गाउँपालिकाका विद्यार्थि तथा युवाहरुलाइ उच्च शिक्षा तथा सिप छनौट गर्न करियर काउनसेलिङका लागि आवश्यक वजेट विनियोजन गरिनेछ।
३३) धवलागिरी गाउँपालिकामा युवा स्वरोजगार कोष स्थापना गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्नेलाई घुम्तीकोषको रुपमा सहुलियत ऋण प्रदान गर्ने व्यवस्था गरिनेछ।
पर्यटन
३४) गण्डकी प्रदेशकै पर्यटकीय धरोहरको रुपमा रहेका धवलागिरी गाउँपालिकाको प्रचुर संभावना वोकेको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नको लागि पर्यटन गूरुयोजनाको निर्माण गरी प्राथमिकरणका साथ लगानी गरिनेछ।
३५) पर्यटन गाउँ को रुपमा धवलागिरी गाउँपालिकाको विकासको लागि सूरुवात गर्न एउटै जस्तापाता रङ कोड लागु गरिनेछ।
३६) टुरिजम कल्चर अन्तर्गत वेलकम कल्चरको विकास गर्नको लागि होमस्टे तालिम दिनेछ। लोकसंस्कृति जगेर्ना संगै अतिथी सत्कार संस्कृतिको विकासका लागि क्षेत्रगत रुपमा तालम दिन आवश्यक रकम विनियोजन गरिनेछ।
३७) राउण्ड धवलागिरी पदमार्ग, गुर्जा पदमार्ग, मालिका भ्यू पोइन्ट तथा विभिन्न क्षेत्रहरुमा रहेका झरनाहरुको संरक्षण, विकास र सौन्दर्यीकरण गर्ने र अन्य यस्ता संभावना वोकेका क्षेत्रहरुको संभावना अध्ययन गरिनेछ। भ्यू पोइन्टहरुमा विद्युतीय यातायातका लागि तयार गरिनेछ।
३८) आन्तरीक र वाह्य पर्यटक भित्र्याउन धवलागिरी गाउँपालिकामा पर्यटकीय स्थलहरु समेटी वुकलेट, आगन्तुक पुस्तिकारकार्ड तथा वृत्तचित्र निर्माण गरि प्रचारप्रसार गरिनेछ। पर्यटन क्षेत्रको विकास गर्नको लागि होमस्टे सुधार योजना लागु गर्ने र धवलागिरी गाउँपालिका सांस्कृतिक संग्रहालय स्थापना गरिनेछ।
३९) गाउँपालिका भित्र आउने आन्तरिक र वाह्य पर्यटकहरुको वसाई अवधि लम्व्याउन व्यवस्थित होमस्टे निर्माण गर्न प्रोत्साहित गरिनेछ। साथै विगतमा निर्माण भएका होमस्टेहरुलाई व्यवस्थित सुविधा सम्पन्न वनाउँदै लगिनेछ।

सामाजिक विकास
शिक्षा

४०)सामुदायीक विद्यालयहरुमा प्रविधिमैत्री साक्षरता तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गर्दा क्रमशस् सूचना प्रविधिमैत्री शैक्षिक प्रयोगशालाको विस्तार गरी शैक्षिक गुणस्तर प्रदान गर्न रकम विनियोजन गरिनेछ।
४१) न्यून पारिश्रमिकमा अध्यापन गराउदै आएका वालविकास शिक्षकहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ। प्रारम्भिक वालविकास कार्यक्रम सञ्चालन गर्न वालमैत्री पूर्वाधार विकास गर्ने र मन्टेश्वरी तालिम सञ्चालन गरिनेछ।
४२) शिक्षकहरुको सेवाकालिन, सेवा प्रवेश तालिम तथा क्षमताको विकास गर्न धवलागिरी गाउँपालिकामा शिक्षा तालिम केन्द्रको स्थापना गरिनेछ।
४३) प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गर्न धवलागिरी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम केन्द्रको स्थापना गरिनेछ।
४४) स्थानिय मौलिक भाषा, संस्कृती, कला तथा आर्थिक संभावनाको क्षेत्र समेटी आगामी शैक्षिकसत्र देखि लागु हुने गरी स्थानिय पाठ्यक्रम निर्माण गरिनेछ।
४५) हाल स्वीकृत हेम मा।वि। नमुना आवासिय विद्यालय व्यवस्थान तथा सञ्चालनमा पुर्ण रुप दिदै  प्रति वर्ष एक नमुना विद्यालय अनुदान कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
४६) शिक्षक र विद्यार्थीलाइ प्रोत्साहन गर्न क्भ्भ् परिक्षाको मुल्यांकन गरी उत्कृष्ठ विद्यार्थी र विषयगत रुपमा शिक्षकलाइ सम्मान तथा पुरुस्कारको व्यवस्था गरिनेछ।
४७) कक्षा ८ को परिक्षालाइ व्यवस्थित र तथ्यपरक वनाउनको लागि पालिका स्तरमा क्षेत्रगत रुपमा केन्द्राध्यक्ष तोकी परीक्षा सञ्चालन गरिने व्यवस्था मिलाइने छ।
४८) विद्यालयहरुको प्रगति विवरणलाइ अध्यावधिक गराउन त्रैमासिक रुपमा प्रगति प्रतिवेदन पेश गरी त्यसलाइ कार्यसम्पादन र मूल्याँकनसंग आवद्द गरिनेछ।
४९) पालिका भित्रका सम्पूर्ण मा।वि। विद्यालयहरुमा बिद्युतीय हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न गरिनेछ। साथै सूचना प्रविधिमा आधारीत शिक्षण सिकाइ क्रियाकलापलाई प्राथमिकता दिइनेछ।
५०) विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रध्यानाध्यापकहरुलाइ नमूना विद्यालयहरुको शैक्षिक अवलोकन भ्रमण गराइ नमूना विद्यालय सुधार योजना निर्माणका लागि आवश्यक रकम विनियोजन गरिनेछ।
५१) क्भ्भ् परिक्षाको अन्त्यमा विद्यार्थीहरुलाइ विषयगत प्रशिक्षकद्वारा करियर काउन्सिलिङ एण्ड डेभलम्मेन्ट तालिम सञ्चालनमा ल्याइनेछ।

५२) विद्यालय सञ्चालन तथा व्यवस्थापनलाइ प्रभावकारी वनाउन प्र।अ।र शिक्षकहरुलाइ अभिभावक काउन्सिलिङ तालिम, लेखाविधि सम्वन्धि तालिम, कार्यालय व्यवस्थापन सम्वन्धि तालिम, सुचना प्रविधि तालिम सञ्चालनमा ल्याइने छ।
५३)कार्यसम्पादन मुल्यांकन र भौगोलिक विकटताका आधार वनाइ राष्ट्रिय शिक्षा नीति अनुरुप शिक्षकहरुलाई सरुवा तथा प्रोत्साहनको कार्यविधि वनाइ लागु गरिनेछ। उत्कृष्ठ शिक्षकलाइ नमुना विद्यालयमा अध्यापन गराउने अवसर समेत दिइनेछ।
५४)सामुदायीक विद्यालयमा अध्ययनरत दलित तथा विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाइ गाउँपालिकावाट प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गरिनेछ।
५५)विद्यालयलाई शान्ती क्षेत्र कायम गरी खेलकुदलाई मर्यादित र व्यवस्थित वनाउन विद्यालय कम्पाउण्ड भित्र रहेका खेल मैदानहरु विद्यार्थीहरुलाईमा मात्र उपयोग हुने वातावरण सिर्जना गर्ने गरी अन्य प्रयोजनको लागि वैकल्पिक व्यवस्था गरिनेछ।
५६) विद्यालयमा भौतिक निर्माणका लागि प्रदेश तथा संघीय सरकारसंग समन्वय गरिनेछ।
५७) पालिका स्तरिय रंगशाला निर्माणका लागि संघिय तथा प्रादेशिक सरकारसंग समन्वय गरीनेछ। साथै एक वडा एक खेलमैदान निर्माण गर्नका लागि आवश्यक वजेट विनियोजन गरिनेछ।
५८) धवलागिरी गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गरी सञ्चालन गर्न आवश्यक वजेट विनियोजन गरिनेछ।पालिकामा रहेका युवा क्लवहरुलाई भलिवल, नेट, फुटवल जस्ता खेलकुद सामाग्री हस्तान्तरण गरिनेछ।
५९) एक विद्यालय एक खेलकुद शिक्षक व्यवस्थापन गर्न खेलकुद सामग्री र शिक्षक प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ।
६०) विद्यालय खेलकुद ग्राउण्ड व्यवस्थापन र विद्यालय घेरावार गर्न आवश्यक वजेट विनियोजन गरिनेछ।
६१) विद्यालय सञ्चालन तथा व्यवस्थापनलाइ प्रभावकारी वनाउन विद्यालयमा आवासिय भै कार्य गर्ने प्रध्यानाध्यापकलाई प्रोत्साहन स्वरुप आवास र खानाखर्चको व्यवस्था मिलाइनेछ।

स्वास्थ्य
६२) निरोगि धवलागिरी निर्माण स्वास्थ्यको मुल मन्त्र वनाइ गाउँपालिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निशुल्क रुपमा क्वारेन्टाइन वस्ने, स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाइनेछ।
६३) स्वास्थ्य प्रयोगशाला सृदृढीकरण गरी सो प्रयोगशालामा काम गर्ने दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ।आवश्यक सुविधा र भत्ताको व्यवस्था गरी एम।वि।वि।एस। डाक्टरको व्यवस्था गरिनेछ।
६४) धवलागिरी गाउँपालिकामा १५ सैयाको आधारभुत अस्पताल निर्माण गर्न संघ तथा प्रदेशसंग आवश्यक पहल तथा समन्वय गरिनेछ।
६५)धवलागिरी गाउँपालिकावासीको स्वास्थ्यलाई मध्येनजरमा राखि आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न एम्वुलेन्स गरिद गरी सञ्चालनमा ल्याइनेछ।
६६) रक्तदान जिवनदान भन्ने मूल मन्त्रलाई साकार वनाउन फ्रेस व्लडको अवधारणा विकास गर्न नेपाल रेडक्रस सोसाइटीसंग सहकार्य गरी रक्तसंचार सेवा सञ्चालनमा ल्याइनेछ।
६७) जिर्ण भएका स्वास्थ्य चौकी भवनहरुको मर्मत संभार गरी आवश्यक फर्निशिङको व्यवस्था गरिनेछ।
६८) सन्तान पुगेका दम्पतीहरुलाइ स्थायी वन्ध्याकरणको लागि प्रोत्साहन गरिनेछ।परिवार नियोजन सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालनमा ल्याइनेछ।
६९) सुरक्षित गर्भपतन सेवा मराङ र मुनामा समेत विस्तार गरी यस सम्वन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ।
७०) लागुऔषध विरुद्द विद्यालयका विद्यार्थीहरु र क्लवलाइ अभिमुखिकरण अभियानको संचालन गरिनेछ।
७१) विशेषज्ञ सेवा लिन वञ्चित भएका धवलागिरी गाउँपालिकाका दुरजराजका नागरिकको लागि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने छ। सुचना र प्रविधिको प्रयोग गरी नागरिकहरुलाई टेलिमेडिसिनर स्याटेलाइट क्लिनिक मार्फत विशेषज्ञ सेवा प्रदान आवश्यक वजेट विनियोजन गरिनेछ।
७२) आमा र वच्चाको सुरक्षित जिवनका लागि वर्थिङ सेन्टरका लागि आवश्यक सामान बेवी वार्मर, अक्सिजन सेट आदि खरिद गरिनेछ।गाउँपालिकामा जिरो होम डेलिभेरीको आधार तयार गर्न आवश्यक व्यवस्था गरिनेछ।
७३) आधारभुत स्वास्थ्य सेवाका लागि धवलागिरी गाउँपालिकामा गाँउघर क्लिनिकको विस्तार गरिनेछ।
७४)महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन गरी स्वास्थ्य सम्वन्धि कार्यक्रममा प्रभावकारी रुपमा परिचालन गरिनेछ।
७५) कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाइ विशेष जोखिम भत्ताको व्यवस्था मिलाइनेछ।
७६) अपांग र जेष्ठनागरिकहरुको घर( घरमै समय(समयमा निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइनेछ।
७७) ४० वर्ष भन्दा माथीका दीर्घरोगीहरुको निशुल्क नियमित स्वास्थ जाँचको व्यवस्था मिलाइनेछ।
७८)आयुर्वेदिक औषधीको प्रयोग द्वारा गरिने परम्परागत स्वास्थ्य उपचार विधिलाइ संवर्धन गरिनेछ।
७९)नेपाल सरकार मार्फत सञ्चालित स्वास्थ विमा कार्यक्रम सफल कार्यान्वयन गर्नको लागि निश्चित प्रतिशत अनुदानको व्यवस्था गरिनेछ।
८०)स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न को व्यवस्था गरिनेछ।

खानेपानी तथा सरसफाइ
८१) धवलागिरी गाउँपालिका भित्रका एक घर एक धारा खानेपानी परियोजना सञ्चालन गर्न आवश्यक रकम वजेट विनियोजन गरिनेछ।यसका लागि संघ र प्रदेशसंग समेत समन्वय गरिनेछ।
८२) ध्ब्क्ज् एीब्ल् वनाइ संघसस्थाहरुसंग समन्वय गरी कार्यान्वयनमा ल्याइनेछ।
८३) एक वडा एक ल्यान्डफिल साइड अन्तर्गत ल्याण्डफिल साइडको पहिचान र आधारभुत पूर्वाधार निर्माण गर्न आवश्यक वजेट विनियोजन गरिनेछ।
८४) सरसफाइ सम्वन्धि कार्यक्रम सञ्चालन गरि पुर्णसरसफाइ वडा घोषणा गर्ने अभियान चलाइनेछ।
८५) व्यवस्थित शौचालय नभएका घरपरिवार पहिचान गरी शौचालय निर्माण गर्न आवश्यक सामग्री वितरण गरिनेछ।

खेलकुद तथा मनोरन्जन

८६) धवलागिरी गाउँपालिकामा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न आवश्यक प्रक्रिया अगाडी वढाइएको हुदा सो कार्यलाइ निरन्तरता दिइनेछ।
८७)धवलागिरी गाउँपालिकामा पालिका स्तरीय खेलकुद विकास समिति गठन गरी सो व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरिनेछ।
८८)खेलकुद क्षेत्रको विकास गर्नको लागि एक वडा एक खेलमैदान निर्माण गर्न आवश्यक रकम विनियोजन गरिनेछ।
८९) विद्यालयको खेलमैदानको पूर्वाधार निर्माणको कार्य गर्न आवश्यक रकम विनियोजन गरिनेछ।
९०) एक विद्यालय एक खेलकुद शिक्षक व्यवस्थापन गरि खेलकुद शिक्षकलाइ प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ।

संस्कृति प्रवर्धन

९१) जिल्ला मै प्रख्यात धार्मिक तथा पावन स्थल ताकम कोटको संरक्षण गर्न विशेष कदम चालिने छ।धार्मिक पर्यटनको सम्भाव्य स्थल मालिका धुरीको प्रचारप्रसार तथा पूर्वाधार विकास गरिनेछ।
९२) धवलागिरी गाउँपालिकामा प्रचलित नौमती बाजा संरक्षण गर्नको लागि बाध्यवादन सामग्री मर्मत तथा आवश्यक ड्रेस खरिद गरि हस्तान्तरण गरिनेछ।
९३) मगर समुदायमा प्रचलित सोरठी नाच संरक्षण गर्न कार्यक्रम संचालन गरिनेछ।र स्थानिय मेला तथा पर्व व्यवस्थापन गर्न आवश्यक कार्यविधि निर्माण गरी कार्यान्वयनमा लगिनेछ।
९४) धवलागिरी गाउँपालिकामा प्रचलित प्रथा(परम्परा तथा साँस्कृतिक क्रियाकलापले जनजिवनमा पारेको प्रभाव तथा असर सम्वन्धि शैक्षिकरप्राज्ञिक सोध तथा अनुसन्धान गर्न चाहने विश्वविद्यालयका विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न रकम विनियोजन गरिनेछ।
९५) छन्त्याल समुदायमा रहेका भाषा, कला तथा संस्कृति संरक्षण गर्नको लागि धवलागिरी गाउँपालिकामा एक छन्त्याल सास्कृतिक संग्रहालयको स्थापना गरिनेछ।
लैगिक समानता र समाजिक समावेशिकरण
९६) लैङ्गिक उत्तरदायी वजेट प्रणालिलाई स्थानिय तहमा संस्थागत गर्दै लैङ्गिक वजेट विनियोजन अनुपात वृद्धि गरिनेछ।लैंगिक लेखापरिक्षणलाई पद्दतिको लागु गरिनेछ।
९७) उद्यमशिलताको माध्यमवाट पिछडिएका तथा विपन्न महिलाको आर्थिक सशक्तिकरण गर्नको लागि जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिनेछ।
९८) महिला समुह द्वारा प्रवर्द्धित महिला सहकारी संस्थाको विकास गरी पालिकामार्फत अनुदानको व्यवस्था गरी उत्पादन क्षेत्रमा प्रोत्साहन गरिनेछ।
९९) गरिव तथा विपन्न दलित, आदिवासी जनजाती, एकल तथा अपांगता भएका महिलाको आयआर्जन, क्षमता विकास र ससक्तिकरण गर्ने गरी आर्थिक समाजिक विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
१००) महिलालाइ व्यवसाय सञ्चालन तथा आयमुलक कार्य गरी स्वरोजगार तथा उद्यमशिलता विकास गर्न सहुलियतपूर्ण ऋण तथा वित्तीय पहुचको व्यवस्था मिलाउन आवश्यक कदम चालिनेछ।
१०१) महिला विरुध्द हुने सवै किसिमका हिंसा, शोषण र विभेद रोकथाम एवम् नियन्त्रणका लागि कानुनी उपचारका लागि न्यायीक समितिवाट विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
१०२) लैगिक हिंसा विरुद्धको अभियानलाई निरन्तरता दिन सचेतनामुलक, सिपमुलक र सशक्तिकरण जस्ता कार्यक्रलाइ जोड दिइनेछ।
१०३) ूसुनौला हजार दिनका आमासंग अध्यक्षू कार्यक्रमलाइ निरन्तरता दिइनेछ।
१०४)अपांगता भएका व्यक्तिहरुका लागि सहज जिवनयापनका लागि पुनर्स्थापना, स्वास्थ्य उपचार र सहायक सामाग्रि व्यवस्था गर्न आवश्यक रकम विनियोजन गरिनेछ। आय(आर्जन गर्ने कार्यक्रम सञ्चालन गरि उनिहरुलाइ आत्मनिर्भर वनाइनेछ।
१०५) सवै प्रकारका अपांगता भएका व्यक्तिका लागि सेवा सुविधा अपाङ्गमैत्री वनाइ दैनिक क्रियाकलाप गर्न सहज वनाउने, विद्यालयहरु क्रमश अपांग मैत्री वनाउदै लैजाने र अपांगता भएका बालवालिकालाइ विद्यालय भर्नामा प्राथमिकता दिइनेछ।
१०६) जेष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माणमा निरन्तरता दिदै पार्क निर्माणमा आवश्यक रकम विनियोजन गरिनेछ।
१०७) जेष्ठ नागरिकको घरमै नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ र निजहरुको आत्मसम्मानको लागि आवश्यक सामाग्रि तथा सम्मान कार्यक्रम सञ्चालन गरिनेछ।
१०८)दलितहरुको परम्परागत पेशाका रुपमा रहेको आरन सुधार कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
पूर्वाधार विकास
१०९) धवलागिरी गाउँपालिकामा निर्माण भइसकेको सडक गुरुयोजना अनुरुप सडक निर्माण तथा स्तरोन्नती कार्य संघ तथा प्रदेशसंग समन्वय गरी अगाडी वढाइनेछ।
११०) वेनी – गुर्जा ( डोल्पा सडकलाई अन्तर प्रदेश अन्तर जिल्ला जोडि हिमालय राजमार्गको रुपमा निर्माण गर्ने कार्यलाई अगाडी वढाइनेछ। साथै धवलागिरी गाउँपालिकाको केन्द्र, जलजला ,ढोरपाटन हुदै रुकुम जोड्ने सडक निर्माण गर्न म्एच् विस्तृत सम्भाव्यता प्रतिवेदन र वातावरणीय प्रभाव मुल्यांकन ९भ्क्ष्ब्० तयार गरी संघ तथा प्रदेश संग समन्वय गरिनेछ।
१११) मुना, ताकम, मराङ, मल्कवाङ( मलम्पार, खिवाङ हुदै मुदी,गुर्जा,लुलाङ, मुना सडकलाई धवलागिरी गाउँपालिकाको रिङरोडको रुपमा विकास गरिनेछ।मराङ, गेरवाङ, मलम्पार, मल्कवाङ हुदै चौरखानी जोड्दै रघुगंगा र वेनी नगरपालिका जोड्ने सडकलाई अन्तर(पालिका जोड्ने सडकको रुपमा विकास गरिनेछ।
११२)धवलागिरी गाउँपालिका भित्र पर्ने राष्ट्रिय, प्रादेशिक तथा पालिका स्तरीय ग्रामिण कृषि सडकको मापदण्ड निर्माण गरी सडाक कोड लागु गरिनेछ।
११३) वडा कार्यालय सम्म सडक सञ्जालले नछोएका वडाहरुमा सडक पुर्याउनको लागि आवश्यक रकम विनियोजन गरिनेछ।
११४)दाङखोला,धारापानी, ताकम हुदै पालिकाको केन्द्र जोड्ने सडकलाइ वाह्रै महिना व्यवस्थित रुपमा सञ्चालनका लागि सेवा करारमा दुइ जना सडक हेरालुको लागि आवश्यक रकम विनियोजन गरिनेछ।
११५) धवलागिरी गाउँपालिका वडा नं ७ मा लिफ्टीङ सिचाइ आयोजना सम्पन्न गर्न संघिय सरकारसंग समन्वय गरिनेछ।
११६)लुलाङ मरेनी र खिवाङको खाम्ला सिचाई आयोजनाको आगामी आ।व।मा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरि वजेट विनियोजनका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ।
११७) धवलागिरी गाउँपालिकामा सुरक्षित आवासका लागि भवन निर्माण संहिता निर्माण गरि लागु गरिनेछ। कच्चि भवन निर्माण गर्दा भुकम्प प्रतिरोधि घरको नक्सा निर्माण र नक्सा पासको कार्य निशुल्क रुपमा गर्ने व्यवस्था मिलाइनेछ।
११८)आवास विहिन जनतासंग वडा अध्यक्ष कार्यक्रमलाई यस वर्ष समेत निरन्तरता दिइनेछ।
११९) पर्यटकीय दृष्टिले समेत सम्भावना रहेको धवलागिरी गाउँपालिका वडा ७ कौसेनी धारा देखि वडा नं ४ वाँसवोट जोड्ने झोलुङ्गे पुल निर्माण कार्य गर्न संघीय सरकारसंग सहकार्य गरिनेछ।
१२०)वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
१२१) सौर्य उर्जा, लघु जलविद्युत आयोजनालाई वैकल्पिक उर्जाको रुपमा विकास गर्दै विद्युतको केन्द्रीय प्रशारण लाइनलाई विस्तार गर्न पहल गरि सम्पूर्ण वडाहरुमा पुर्याइनेछ।

वातावरण तथा विपद् व्यवस्थापन
१२२) विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ का कारण जनजिवन प्रभावित हुदै गएको हुदा यसको सम्भावित जोखिम न्युनिकरण गर्नको लागि कार्ययोजना वनाइ कार्यान्वयन गर्ने गरी कोरोना कोषमा आवश्यक रकम विनियोजन गरिन्छ। साथै विपद् व्यवस्थापन कोषमा रकम विनियोजन गरी राहत, उद्धार र पुनस्थापना कार्यलाई व्यवस्थित गर्दै लगिनेछ।
१२३) गैरसरकारी संघसस्थासंग समन्वय गरी सम्भाव्य विपद् सम्वन्धि जनचेतना, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरि कार्यान्वयनमा लगिनेछ।
१२४) धवलागिरी गाउँपालिका क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्न सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य गर्न प्रदेश सरकारसंग समन्वय गरिनेछ।
१२५) वातावरणमैत्री कार्ययोजना निर्माण तयार गरी जैविक उर्जा, प्रारङ्गिक मल उत्पादन र फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीमा कार्यान्वयनमा लगिनेछ।
१२६) जलवायु परिवर्तन अनुकुलन कार्ययोजना निर्माण गर्न आवश्यक पहल एवं सम्वन्धित निकाय र संघसस्थासंग समन्वय गरिनेछ।
१२७) जलप्रकोपवाट जोखिममा रहेका वस्तिहरु पहिचान गरि वस्ति संरक्षण तथा स्थानान्तरण गर्ने प्रक्रिया अगाडी वडाइनेछ।
१२८) समुदायलाई परिचालन गरी सडकको छेउछाउमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरी हरित सडक निर्माण गरिनेछ।
१२९) धवलागिरी समृद्धिका लागि वन कार्यक्रम, बैज्ञानिक वन व्यवस्थापन वन पैदावार व्यवस्थापन वृक्षारोपण र वन्यजन्तु संरक्षणका लागि सम्वन्धित निकायसंग सहकार्य गर्दै आर्थिक रुपले महत्वपूर्ण जडीवुटी कृषी वन तथा गैर कृषि वन पैदावारको व्यवसायीक खेती र उत्पादन वृद्धिलाई प्रोत्साहन गर्ने प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन
१३०) संस्थागत विकास, सेवा प्रवाह र सुशासन, नागरिकमैत्री सेवा प्रवाहको सुनिश्चितताको लागि कार्यालयको संगठन संरचनालार्इ चुस्तदुरुस्त तथा छरितो बनाइनेछ ।
१३१) धवलागिरी गाउँपालिका भित्रका विकास तथा सेवा प्रवाहलार्इ प्रभावकारी बनाउनका लागि नागरिकसँग प्रतिनीधी विकास बहस कार्यक्रम सञ्चालनमा ल्यार्इ निरन्तर जन गुनासोको सुनुवार्इको व्यवस्था गरिनेछ ।
१३२) नागरिकको सुचनाको हकलार्इ प्रत्याभूत गर्न गाउँपालिकाका ऐन, निति, कार्यविधी तथा निर्णयहरु वेभसाइट मार्फत प्रकाशन गरिनेछ । सेवा प्रवाहलाई सुचना प्रविधीको अधिकतम उपयोग गरी सरलीकृत गर्दै लगिनेछ। गाउँकार्यपालिकाको कार्यालयमा हेल्पडेक्स, सेवाग्राही प्रतिक्षालय तथा सेवा प्रवाहको मापदण्ड निर्धारण गर्ने र वडा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरिनेछ । वडा कार्यालयबाट प्रवाह गर्ने सेवालार्इ प्रविधीमैत्री बनाउन वडास्तरमा इन्टरनेट जडानको व्यवस्था मिलार्इनेछ ।
१३३) भौगोलिक रुपमा विकट रहेको धवलागिरी गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्न प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ।साथै कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीहरुलाइ सम्मान गरिनेछ।
१३४) वित्तीय अनुशासन कायम गर्न नियमित रुपमा आन्तरिक लेखापरिक्षण, वेरुजु फर्च्यौट, सार्वजनिक सुनुवाई सामाजिक परिक्षण, सार्वजनिक परिक्षण र अनुगमन गरिनेछ।
१३५) गाउँपालिकाको आन्तरीक आयलाइ वृद्धि गर्न कर सुधार कार्यक्रम अन्तर्गत गरिवमैत्री कर तथा प्रगतिशिल कर प्रणाली लागु गर्दै करको दर कम तर दायरा वढाइनेछ।
१३६) पञ्जिकरण तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित वनाउन अनलाइन घटनादर्ताको सूरुवात गरिनेछ।अव्यवस्थित वसाइसराइलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनेछ।
१३७) प्रशासनिक क्षेत्रमा यस गाउँपालिकाका वासिन्दाको प्रतिनिधित्व अभिवृद्धिका लागि आवश्यक कदम चालिनेछ। जसका लागि गाउँपालिका स्तरिय निशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिनेछ।

गाउँसभाका माननीय सदस्य ज्यूहरु,
धवलागिरी गाउँपालिकाको आधार
कृषि, पर्यटन, जलस्रोत र भौतिक पूर्वाधार
भन्ने नारालाई मुल नाराको रुपमा लिइ विकास व्यवस्थापन, दीगो विकास र सुशासन प्रत्याभुती हुने बातावरणको सृजना गरिने छ।
र अन्त्यमा
यी सवै विविध पक्षहरुमा महत्वपूर्ण सहयोग पुत्याउनु हुने, आवश्यक सल्लाह र सुझाव प्रदान गर्नु हुने सम्मानित सभाका सम्पूर्ण सदस्यहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत समितिका सदस्यहरु, राष्ट्रसेवक कर्मचारीहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, नीजि क्षेत्र, नागरिक समाज, संचार क्षेत्र तथा सम्पूर्ण धवलागिरी गाउँपालिकावासी आमा, वुवा, दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दीक धन्यवाद ज्ञापन गर्ने चाहन्छु। धन्यवाद्।।।

प्रस्तुतकर्ता
थमसरा पुन
अध्यक्ष
धवलागिरी गाउँपालिका

Leave a Reply