---Advertisement---

‘फुड प्वाइजन‘बाट थप ७ जना बिरामी, उपचारका लागि बेनी अस्पतालमा ल्याइयो

On: June 24, 2020 9:20 AM
Follow Us:

बेनी नगरपालिका–१० वाखेतमा ‘फुड प्वाइजनिङ’ बाट थप ७ जना बिरामी भएका छन् । खेतमा धान रोप्न गएकालाई दिउँसो खाजा खाएर घर फर्किएकाहरु धमाधम बिरामी भएपछि स्वास्थ्य चौकीमा उपचारपछि १९ जना मंगलबारसाँझसम्म घर फर्किएपनि राती थप ७ जना बिरामी भएपछि उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

धमाधम बिरामी पर्न थालेपछि मंगलबार राति प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरको टोली वाखेतमा पुगेर जनप्रतिनिधि सहितको टोलीले थप उपचारका लागि बेनी पठाएको थियो ।

५४ बर्षकी मनकुमारी थापा, ४२ बर्षिया खड्कदेबी राम्जाली, २२ की शर्मिला गर्बुजा, १४ बर्षकी आत्मा रोका, ३४ बर्षकी मिन कुमारी रोका, ८ बर्षि बालक एन्जल पुन र ६ बर्षका सुसन गर्बुजा रहेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने,रक्तचाप कम हुने लक्षण देखिएको छ । उपचारका लागि ल्याइएकोमा बालबालिका समेत भएपनि जोखिममुक्त रहेको बेनी अस्पतालले जनाएको छ ।

बिरामीमध्ये उपचारपछि मिन कुमारी रोका, आष्मा रोका, सबिना पाईजा, सर्मिला गर्बुजा राम पुन कृष्ण गर्बुजा हिरा पुन सिता शेरपुञ्जा नबिन पाईजा हर्क बहादुर थापा पार्वती थापामन कुमार थापा चन्द्रा शेरपुञ्जा मिना रामजाली पुष्पा रोका टिका रोका अस्मि रोका बिष्णु रोका नारायण रोकाको स्वास्थ्य चौकीमा उपचार गरी डिस्चार्ज भइसकेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।