पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटक, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई लगायतका विषयलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले कोभिड १९ ले सृजना गरेको समस्या समाधान तर्फ आगामी वर्षको कार्यक्रममा प्राथमिकता दिएको छ ।

गाउँपालिकामा संघीय सरकारको समन्वयमा १५ शैयाको अस्पताल निर्माण गर्ने, प्रत्येक स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुधार गर्ने जस्ता कार्यक्रम लाई जोड दिएको छ । वेरोजगारी समस्या समाधान गर्नका लागि गाँउपालिका भित्र रहेका वेरोजगार तथा अर्धवेरोजगार युवा/युवतीहरुलाई नाई सम्वन्धी पलम्वीङ, इलेक्ट्रीसीयन, मेकानिकल एवं लघु उद्यम सम्वन्धी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गरिनेछ । सोका लागि सि.टि.इ.भि.टी सँग समन्वय गरिने मल्ले बताउनुभयो ।

कोभिड १९ का कारण बिदेशबाट फर्किनुपरेका यूवालाई गाउँमै रोजगारी दिन गाउँपालिकाले जोड दिने भएको छ । गाउँपालिकाले जग्गा लिजमा लिएर यूवालाई खेतीपातीमा प्रेरित गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो । पशुपालनमा लाग्ने यूवालाई अनुदान, वाख्रापालन, भैसी तथा गाई फर्म स्थापना, पशु बीमा, बालीविमा लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समाबेश गरेको छ । गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम पनि प्राथमिकतामा परेको छ ।

गाउँपालिकाले गतवर्ष देखि शुरु गरेका महत्वकाक्षी योजना लाई निरन्तरता दिने जनाईएको छ । हम्पाललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बृहत गुरुयोजना बनाएको पनि नीति तथा कार्यक्रममा समाबेश छ ।

लक्षित समूदायको आर्थिक हैसियत उकास्ने लक्ष्य लिदैं योजना छनौटमा जनसहभागिता बृद्धि गर्ने, सन्तुलित र न्योचित विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । अध्यक्ष मल्लले जडिबुटि खेती प्रवर्दन गर्ने, स्थानीय स्रोत साधानहरुको समूचित प्रयोग गर्ने, ढुंगा गिटी वालुवा, ढुंगाखानी उत्खनन लाई व्यवस्थित बनाउने जनाएको छ ।

गाउँपालिकाले सबै वडामा सहज सडक बनाउने, सबै बालबालिकालाई विद्यालयको पहुँचमा लैजाने, करलाई बैज्ञानिक बनाउने, तरकारी खाद्यन्न र फलफुलका पकेट र व्लक बिस्तार गर्ने जनाएको छ । फलफुलका बिरुवा वितरण, कृषि औजार वितरण, मल, बीउ र बिषादी वितरण जस्ता कार्यक्रम लाई निरन्तरता दिईएको छ । वडा नं. ५,६, ८ र ९ मा आलु खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

उपल्लो भेगको केहि क्षेत्र एवं वडा नं. २,३,४,६,७,८ र ९ मा धान तथा वेमौसमी तरकारी एवं फलफुल उत्पादन वृद्धि गर्न कृषि अनुदान कार्यक्रमलाइ निरन्तरता दिइनेछ । वडा नं. १ वासखर्कमा रहेको सुन्तला खेतीको हालको भण्डारण क्षमतालाई विस्तार गरी बजारीकरण गर्न पहल गरिने मल्लले बताउनुभयो ।

कालीगण्डकी करिडोरको मध्यविन्दुमा पर्ने यस क्षेत्रमा मझौला तथा ठूला उद्योग कलकारखाना स्थापनाका लागि लगानी आर्कषण गरिने उल्लेख छ भने स्थानिय स्तरमा सञ्चालीत साना तथा घरेलु प्रकृतिका अल्लोको कपडा, नेपाली कागज, भांग्रो, झोला, खास्टो, सालको टपरी, क्यान्डी, जुस,अचार,ससेज एवं मैनवत्ती उद्योग हरुलाई प्रोत्साहन गरी रोजगारीको अवसर बढाउन सिप विकास तालिम तथा आर्थिक र प्राविधिक सहयोग प्रदान गरिने भनिएको छ ।

कालीगण्डकी नदि किनारका जोखिमयुक्त वस्तीहरु वारीवेनी, वगरफाँट, लामाखेत मोहनचोक, मिलनचोक, फर्से, खनीयाघाट लगायतका वस्तीहरुको संरक्षणका लागि नदिकटान नियन्त्रणका कार्यहरु गर्दै संघ तथा प्रदेश सरकारसँग गरिएको पहलवाट थप तटवन्ध निर्माणका कार्यक्रमहरु समावेश भएका छन् ।

प्रदेश सरकारको समन्वयमा सडक बिस्तार र कालोपत्रेका योजना आगामी वर्षका कार्यक्रममा निरन्तर रुपमा सञ्चालन हुने जनाईएको छ । उपलव्ध स्रोत साधनका आधारमा वातावरण संरक्षणको साथै दिगो र सन्तुलित विकास गर्न भौगोलिक, क्षेत्रगत, समावेशी विकासको अवधारणालाई अवलम्वन गर्ने नीति लिईएको छ ।
विद्यार्थी र शिक्षकको अनुपात मिलाई सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन र दरवन्दी मिलान गरिने पनि उल्लेख गरिएको छ ।

शिक्षक विद्यार्थी अनुपात बढी भएका विद्यालय तथा विज्ञान, गणित र अंग्रेजी शिक्षक नपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरि अध्यापन कार्य सञ्चानल गरिने बताईएको छ । अध्यक्ष मल्लले प्रस्तुत गरेको कार्यक्रममा एक घर एक धारा कार्यक्रम लाई निरन्तरता दिई सवै वडाहरुमा क्रमशः विस्तार गर्दै लगिने उल्लेख छ । अति अशक्त नागरिकहरुलाई जिविकोपार्जनका लागि विशेष राहत, सहुलियत उपलब्ध गराईने पनि कार्यक्रममा समाबेश छ ।

बैँक तथा वित्तिय संस्था र सहकारीको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ । सूचना र सञ्चारलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । गाउँपालिकामा आर्थिक उपार्जनका नयाँ नयाँ संभावना खोजी गरि नागरिकहरुको जीवनस्तर उकास्ने गाउँपालिकाले योजना बनाएको छ । दलित, महिला, जनजाती, बालबालिका, जेष्ठ नागरिक, यूवाहरुका लागि विशेष कार्यक्रम समेत गाउँपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने सोचमा रहेको छ ।

वार्षिक नीति तथा कार्यक्रम पुर्ण पाठ

गाउँसभाका सदस्यहरु,
उपस्थित सम्पूणर् अतिथिहरु, कर्मचारीहरु तथा सम्पुणर् महानुभावहरु ।

विश्वब्यापी महामारीको रुपमा दिन प्रतिदिन फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणवाट पैदा भएको अकल्पनिय संकटको अवस्थामा हामीहरु छौं । यस महामारीको रोकथाम, नियन्त्रण र क्षति न्यूनिकरणका लागि गाउँपालिकाले आफ्नो क्षमता अनुसार स्रोत साधनको पूणर् परिचालन गरी महामारी विरुद्ध लडिरहेको यस कठिन घडीमा जलजला गाउँपालिकाको आठौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गैरहेको छु । सर्वप्रथम यहाँहरु सवैलाई हार्दिक स्वागत गर्दछु ।
प्रस्तुत नीति तथा कार्यक्रम हालको महामारीवाट गाउँपालिकावासीहरुको जीवन रक्षा गर्ने र महामारीवाट धरासायी भएको सामाजिक आर्थिक क्षेत्रलाई गतिशिल बनाउने तर्फ केन्द्रित रहेको छ ।
लोकतान्त्रिक ब्यवस्था र अग्रगामी सामाजिक आर्थिक परिवर्तन र रुपान्तरणका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सत्याग्रह, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूणर् इतिहासलाई स्मरण गर्दै समृद्ध नेपालको सुन्दर सपना वोकेर आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूणर् ज्ञात अज्ञात अमर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शहीद, वेपत्ता तथा घाईते परिवारप्रति सम्मान सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र स्थापनाको महाअभियानको नेतृत्व गर्नुहुने सम्पूणर् अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
संवैधानिक रुपमा, अधिकार र स्रोत साधनसम्पन्न स्थानीय तहको गठन पश्चात उपलब्ध सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी आमजनताको नजिकमा रहेर समन्यायिक विकास, पारदर्शिता र जवाफदेहीता सहितको सेवा प्रवाह, विपद् ब्यवस्थापन र स्थानीय तहको क्षमता विकासका लागि हाम्रो स्थानीय सरकार अगाडि बढिरहेको अवस्थामा कोभिड-१९ महारोगको संक्रमणको सामना गर्नुपर्दा समग्र गतिविधि, सेवाप्रवाह र विकास निर्माण प्रभावित भएको कुरा हामी सवैले महशुस गरिरहेका छौं ।
बिश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ को संक्रमणबाट स्वदेश तथा विदेशमा जीवन गुमाउनु भएका सम्पूणर् दिदीबहिनीतथा दाजभाईहरु प्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। कोभिड(१९ बाट संक्रमित हुनु भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनी को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
यस महामारीवाट नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारवाट लागू गरिएको लकडाउनको पूणर् परिपालना गर्नु भएकोमा जलजलावासीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस महामारीबाट बच्न र वचाउनका लागि राज्यका हरेक प्रयासमा निरन्तर साथ र समर्थन पाइरहने विश्वास लिएको छु।
महामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यमा अग्रपङ्तिमा अहोरात्र खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक लगायत सम्पूणर् राष्ट्रसेवकहरुको योगदानको उच्च प्रशंसा गर्दै जोखिमपूणर् यस परिस्थितिमा आ-आफ्नो तहबाट खटिनु हुने जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, निजी क्षेत्र, नागरिक समाज लगायत सबै व्यक्ति तथा संघ संस्थालाई धन्यवाद व्यक्त गर्दछु। गाउँपालिकाले स्थापना गरेको कोरोना उपचार कोषमा स्वैच्छिक रुपमा योगदान गर्नुहुने बैङ्क तथा वित्तीय संस्था, व्यक्ति तथा अन्य संघ संस्था एवं स्वास्थ्य सामग्री तथा जिन्सी सामान सहयोग गर्नु हुने सबै महानुभावप्रति आभार प्रकट गर्दछु।
स्थानीय तहको गठन भै चुनाव सम्पन्न भएको तीन वर्ष ब्यतित भैसकेको छ । जननिर्वाचित प्रतिनिधिको रुपमा हामिले हालसम्म हासिल गरेको ज्ञान, सीप र अनुभवको साथ साथै विभिन्न क्षेत्रवाट प्राप्त सुझावहरुलाई अवलम्बन गर्ने प्रयास गर्दै तर्जुमा गरिएको जलजला गाँउकार्यपालिका द्धारा स्वीकृत, आगामी र्आिथक वर्ष २०७७/७८ को मार्गदर्शक दस्तावेजको रुपमा रहेको यस वार्षिक नीति तथा कार्यक्रम घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।

गाउँसभा सदस्यहरु तथा उपस्थित महानुभावहरु,
स्थापनाकाल देखि आजको मितिसम्म आईपुग्दा गाउँपालिकाले उपलब्ध सीमित स्रोत साधनको अधिकतम परिचालन गर्दै स्पष्ट लक्ष्य सहित विभिन्न समस्या र चुनौतीहरुको सामना गर्दै अगाडि बढिरहेको छ । हाम्रो अनवरत प्रयाश स्वरुप हामीले हालसम्म हासिल गरेका केही महत्वपूणर् उपलब्धीहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहान्छु ।

ड्ड विधिको शासनब्यवस्था कायम राख्न गाउँपालिकावाट हालसम्म २६ वटा ऐन कानूनहरु लागू भएका छन् ।
ड्ड विषम परिस्थितीका वीच चालु आ.व.मा हालको मितिसम्म गाऊपालिकाको आन्तरिक आय रु ५३,००,९२१ (त्रिपन्न लाख नौ सय एक्काइस) रहेको छ ।
ड्ड चालु आ. व. का कुल २३६ विकास योजना मध्ये निर्माण ब्यवसायी मार्फत २, उपभोक्ता समितिवाट २२८ र अन्य विधिवाट १५ योजना रहेका छन, जसमध्य संझौता भएका योजना २३० र सम्पन्न भएका योजना १५९ छन् भने ७१ योजना सम्पन्न हुने क्रममाा छन् । ठूला पूर्वाधार विकास योजना अन्तर्गत ५० लाख भन्दा माथीका ३ योजना मध्ये २ वटा सम्पन्न भए भने १ निर्माणाधिन अवस्थामा रहेको छ । त्यसैगरी स्थानीय विकास साझेदारी कार्यक्रम अनुसार रु ५० लाखको लागतमा वारीवेनी लुलियाधारा (मल्लाज) सडक स्तरोन्नतीको काम सम्पन्न भयो ।
ड्ड ब्यक्तिगत आवास पुननिर्माण कार्यक्रम अन्तर्गत कुल १८७ लाभग्राही मध्ये १०१ लाभग्राहीले सवै किस्ता अनुदान लिई आवास पुर्ननिर्माण भएको छ ।
ड्ड गाउँपालिकाका सवै वडाहरुको ब्यक्तिगत घटना दर्ता मध्ये जन्मदर्ता ४३१, मृत्युदर्ता १५६, विवाह दर्ता २१३, बसाइ सराइ १२१ रहेको छ । ७ नं. वडामा अनलाईन घटना दर्ता शुरु भैसकेको ।
ड्ड सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत विभिन्न समूहका ३११७ जना लाभग्राहीहरुलाई वैक मार्फत रु ७,१९,५८,२०० (सात करोड उन्नाइस लाख, अन्ठाउन्न हजार दुई सय) वितरण गरियो ।
ड्ड जेष्ठ नागरिक दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम सञ्चालन भयो ।
ड्ड विद्यालयको शैक्षिक अवस्था गुणस्तरिय र प्रभावकारी वनाउन नियमित प्र.अ. वैठक तथा छलफल कार्यक्रम सञ्चालन भएका छन्। वाल सहयोगी कार्यकर्ता र विद्यालय सहयोगीलाई विशेष प्रोत्साहन भत्ता, पोशाक भत्ताको व्यवस्था गरिएको छ ।
ड्ड प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित रु २२ लाख रकमवाट ९ वटै वडामा विभिन्न कार्यक्रम सञ्चालन हुँदैछन्।

ड्ड एक गाउँपालिका एक अस्पताल कार्यक्रम अन्तर्गत गाउँपालिकामा एक अस्पताल स्वीकृत भई स्थापनाको चरणमा रहेको छ । त्यसै गरी एक गाउँपालिका एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत वडा नं. २ मा औद्योगिक ग्राम स्थापनाको लागि संझौता भई कार्य अगाडी बढीरहेको छ ।
ड्ड वडा नं. २ मा स्वास्थ्यचौकी स्थापनाको लागि ५ रोपनी जग्गा प्राप्त गरी वडा कार्यालयको नाममा जग्गाधनी पूर्जा कायम भएको छ । वडा नं. ४ मा समेत वडा कार्यालय भवनका लागि जग्गा ब्यवस्थापन गरिएको छ ।
ड्ड मल्लाज स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको छ ।
ड्ड गाउँपालिकाभर तीनवटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।
ड्ड रु पाँचलाख बरावरको औषधी खरिद गरी निशुल्क वितरण गरिएको छ।
ड्ड कृषि तथा पशु विकास अनुदान अन्तर्गत पशुघास वितरण, उन्नत जातका वाख्रा, रागा वितरण, साना सिंचाइ तथा भकारो सुधार कार्यक्रम, अनुदानमा विभिन्न कृषि औजार वितरण, विउ तथा विषदी, तरकारी तथा फलफूलका नसरी विरुवा वितरण कृषिवालीहरु तथा पशु विमा अनुदान कार्यक्रम सञ्चालन भईरहेका छन्।
ड्ड त्यसैगरी सवै वडामा गरी जम्मा २५० (गाई, भैसी र वाख्रा) ४२०० भुरामाछा अनुदान, सहकारी मार्फत दुध ढुवानी गर्ने ५० जना कृषकलाई प्रतिलिटर रु २ अनुदान दिईएको थियो।
ड्ड पौराणिक धार्मिक स्थल कालञ्जर हम्पाल क्षेत्रको प्रवद्र्धन गरी पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नका लागि सडक सुविधा पुर्‍याईएको छ । २०७७ वैशाखमा गर्ने भनी तय भएको महायज्ञ विषम परिस्थितीका कारण स्थगन गरी क्षमापूजा गरिएको छ ।
ड्ड कालीगण्डकी नदि किनारका जोखिमयुक्त वस्तीहरु वारीवेनी, वगरफाँट, लामाखेत मोहनचोक, मिलनचोक, फर्से, खनीयाघाट लगायतका वस्तीहरुको संरक्षणका लागि नदिकटान नियन्त्रणका कार्यहरु गर्दै संघ तथा प्रदेश सरकारसँग गरिएको पहलवाट थप तटवन्ध निर्माणका कार्यक्रमहरु समावेश भएका छन् ।
ड्ड वडा नं. ९ वनौ तथा वडा नं. ७ धाइरिङको सडक कालोपत्रे गर्नका लागि संघ सरकार र प्रदेश सरकारसंग समन्वय गरीएकोमा प्रदेश सरकारको कार्यक्रम अन्तगर्त योजनाको कार्य सुरुवात भएको ।
ड्ड वडा नं. ४ मोहनचोक देखि फड्केढुंगा, कोतघर, लेखफाँट जोड्ने सडक कालोपत्रे गर्ने काम सञ्चालन भैरहेकोछ ।
ड्ड जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि न्यायिक समिति तथा मेलमिलापकताको ७ दिने न्यायिक तालिम सञ्चालन भई न्यायिक कार्य सम्पादनमा सहजता आएको छ ।
ड्ड कक्षा १ देखि ९ सम्मको परिक्षा गाउँपालिकावाट सञ्चालन गरिएको छ ।
ड्ड कक्षा २ सम्म अंग्रेजी माध्यमका पाठ्यपुस्तक निशुल्क वितरण गरिएको । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार, अपांग तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
ड्ड विद्यालय सञ्चालन तथा ब्यवस्थापन अनुदान वापत सवै विद्यालयहरुलाई सामजिक परिक्षण र विद्यालय सुधार योजना वापत रकम निकासा भई कार्यक्रम सञ्चालन गरिएको ।
ड्ड सामुदायिक सिकाई केन्द्रहरुमा भत्ता र अन्य मसलन्द ब्यवस्थापन गरी सञ्चालन गरिएको छ ।
ड्ड आन्तरिक आयश्रोतको रुपमा रहेको ढुंगा, गिटी, बालुवावाट राजश्व वृद्धि गर्नका लागि प्रतिस्पर्धाको माध्यमवाट नियमानुसार ठेक्का लगाईएको छ ।
ड्ड गाउँपालिकाका अन्य सहायता शिर्षक विपद राहत भैपरी आउने र विपद्जन्य घटनाहरुका पिडितहरुलाई तोक आदेश अनुसार कार्यपालिकाको निणर्यवाट हालसम्म करिब ७५३६३२१ (पचहत्तर लाख छत्तिस हजार तीन सय एक्काइस रुपैया) वरावरको विभिन्न राहत सहयोग, औषधी उपचार सहयोग लगायत अन्य सहायताको ब्यवस्था गरि विपत्तीमा परेका नागरिकहरुको घाउमा मलम लगाउने काम गरिएको छ ।
ड्ड गत आ. व. को आन्तरिक तथा अन्तिम लेखा परिक्षण सम्पन्न भएको छ। लेखा परिक्षणवाट औलाइएको वेरुजुको सम्वन्धमा संपरिक्षण कार्य समेत सम्पन्न भएको छ । वेरुजु असुलीको काम समेत भै रहेको छ ।
ड्ड यस गाउँपालिकालाई मापदण्ड पुरा गरी नगरपालिकामा स्तरोन्नती गर्नका लागि पनि हामी प्रयासरत रहेका ब्यहोरा पनि म यस सम्मानित सभामा अनुरोध गर्न चाहान्छु ।

गाउँसभा सदस्य तथा उपस्थित महानुभावहरु,
अब म कोभिड १९ को संक्रमणवाट गाउँपालिकावासी नागरिकहरुको जीवन रक्षाका लागि गाउँपालिकावाट गरिएका मुख्य मुख्य कार्यहरु प्रस्तुत गर्दछु ः
ड्ड जिल्लाका सातवाटै स्थानीय तहहरुको समन्वय र सहकार्यमा कुश्मा नगरपालिका वडा नं. ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस परिसरमा १०० वेड क्षमताको अस्थायी कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा रहेको छ, जहाँ जिल्लाका कोरोना संक्रमित विरामीहरुको उपचार भईरहेको छ।
ड्ड लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने श्रमिक तथा विपन्न र निमुखा ब्यक्तिका १३६३ घरधुरीलाई ९४५ वोरा चामल, १३६३ कि.लो. दाल, १३६३ प्याकेट (के.जि) नुन, १००० लिटर तेल र २००० थान सावुन गरी करिब रु २० लाख बरावरको राहत सामग्री वितरण गरियो । लेखफाँट, शालिजा, मल्लाजमा उत्पादित तरकारी समेत राहत स्वरुप स्थानीयवासीहरुलाई वितरण गरिएको थियो । साथै विभिन्न वडाका विपन्न परिवारलाई थप राहत वितरणको आवश्यकता महशुस गरी राहत सहयोग उपलब्ध गराईदिनका लागि गाउँपालिकाले अपिल गरे अनुसार हिमाली बाल संरक्षण मञ्च ललितपुर नामक संस्थाले तीस लाख वरावारको राहत वितरणका लागि सहयोग गर्न मञ्जुर भए अनुसार थप राहत कार्यक्रम सञ्चालन गरिदैछ ।
ड्ड गाउँपालिकावाट सञ्चालित एम्वुलेन्स तथा कार्यालयका मौजुदा सवारी साधन तथा भाडाका साधन समेतवाट गर्भवती महिला, विरामी ब्यक्तिहरुलाई अस्पताल पुर्‍याउन सहयोग गरिएको छ।
ड्ड कोरोना भाइरसको संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचारको लागि कोरोना ब्यवस्थापन कोषवाट गरिएको खर्च रकम रु. ३०,०००००(तीस लाख) को अतिरिक्त स्वास्थ्यकर्मी कर्मचारीहरुको लागि करिब रु. १०,५०,०००(दश लाख पचास हजार) बरावरको माक्स, पञ्जा, पि.पि.इ सेट र थरमलगन खरिद गरी आवश्यकताका आधारमा वितरण गरिएको छ।
ड्ड गाउँपालिकाका मुख्य बजार क्षेत्रहरुमा किटनासक औषधी(क्लोरिन) छर्ने काम भएको । गाउँपालिकावाट अस्पताल, क्वारेन्टाइन र आइसोलेसनको नियमित स्थलगत अनुगमन गरि उचित ब्यवस्थापनमा जोड दिदै, उत्पन्न समस्या समाधानका लागि पहल गरिएको ।
ड्ड रोजगारीको सिलसिलामा भारत तथा अन्य वैदेशिक मूलुकमा गई असहज परिस्थितीका कारण स्वदेश फर्कीन चाहेका नागरिकहरुलाई नेपाल फर्काउनका लागि गाउँपालिकाले वडा स्तरवाट तथ्याङ्क संकलन गरी स्थानीय प्रशासनको समन्वयमा सिमावर्ति जिल्लाहरुवाट सदरमुकाम सम्म ल्याई सदरमुकामको क्वारेन्टाइन तथा होटलमा राखी तिनीहरुको स्वाब संकलन तथा परिक्षणवाट नेगेटीभ नतिजा आएका ब्यक्तिहरुलाई लुङ्दी आधारभूत विद्यालयमा सञ्चालित १८ वेड क्षमताको क्वारेन्टाइनमा राखी ब्यवस्थापन गर्ने र पोजेटिभ देखिएका विरामीहरुलाई सदरमुकामको कोरोना अस्पतालमा उपचार गर्ने कार्य जारी रहेको छ । साथै ल्याब तथा क्वारेन्टाइनमा काम गर्ने स्वास्थ्यकर्मी र फोकल पर्सन कर्मचारीहरुका लागि शत प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको ।
ड्ड लकडाउनको अवधिभर खाद्यान्न तरकारी लगायतका अन्य उपभोग्य वस्तुको आपूर्तिको ब्यवस्थाका लागि विभिन्न निकायमा सहजीकरण गरिएको छ ।
ड्ड लकडाउन अवधिमा विकास निर्माणका कृयाकलापहरु सञ्चालन गर्न उपभोक्ता समिति तथा ठेक्का प्रकृयालाई निन्तरता दिई योजना संझौता गरिएको । संझौता भएका योजनाको कामकाजमा अवरोध हुन नदिन जोखिमको बावजुत सावधानी अपनाई निर्माण सामग्रीको आपूर्तिको ब्यवस्था मिलाईएको । सम्पन्न योजनाहरुको स्थलगत अनुगमन र प्राविधिक मुल्याङ्कन गरी योजना फरफारकको काम हालसम्म निरन्तर जारी राखिएको ।
ड्ड यस अकल्पनिय विपत्तिको समयमा आत्मसंयम र सावधानी अपनाउन विभिन्न सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालवाट सकारात्मक संदेश प्रवाह गरिएको । साथै यस प्रकोपको ब्यवस्थापन आपसी सहयोग तथा हातेमालोवाट मात्र संभव भएको हुँदा गाउँपालिकाले गरेको अपिल अनुसार विभिन्न संघ संस्था ब्यक्तिहरुवाट प्रकोप ब्यवस्थापन कोषमा स्वच्छिक सहयोग समेतवाट हालसम्म जम्मा ३८,७६,९१८(अड्तिस लाख छयहत्तर हजार नौ सय अठार रुपैया जम्मा भएको ।
ड्ड कृषि तथा पशुजन्य उत्पादन र ब्यवसाय र विकास निर्माणको कार्य सुचारु राख्न संघ तथा प्रदेश सरकार र सरोकारवाला पक्षसँग प्रभावकारी संवाद र समन्वय गरिएको ।
ड्ड यसरी गाउँपालिकाको पहल कदमीवाट संघीय लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्दै स्थानीय तहलाई आत्मनिर्भर, सक्षम र अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता र औचित्य बोध भई सकारात्मक संदेश प्राप्त भएको छ ।

उपस्थित गाउँसभा सदस्यहरु,
अब म जलजला गाउँकार्यपालिकावाट स्वीकृत आगामी आर्थिक वर्ष २०७७/७८ को समग्र नीति र क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रमलाई क्रमशः प्रस्तुत गर्न चाहन्छु ।

क. समग्र नितिः
ड्ड विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोगको संक्रमण र संभावित जोखिमवाट जलजलावासी नागरिकहरुलाई जोगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखी आर्थिक-सामाजिक विकासको माध्यमवाट प्रभावित क्षेत्रहरुको क्रमशः उत्थान र प्रवद्र्धन गरिनेछ । जसका लागि ‘कोभिड १९ विरुद्ध हामी सवैको एक्यबद्धता स्वस्थ र समृद्ध जलजला निर्माण गर्ने हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारा लिएर अगाडि बढिनेछ । यस क्षेत्रको सर्वाङ्गीण विकासको लागि सबै वर्ग र क्षेत्रको पहुँच कायम हुने गरी उपलब्ध स्रोत साधनको परिचालन गर्दै जाने नीति अगाडि सारिएको छ । सन्तुलित विकास गर्दै सरल र सहज रुपमा सेवा सुविधा उपलव्ध गराउन एवं त्यस्तो सेवा सुविधालाई मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, सहभागितामूलक, न्यायोचित, दिगो र गुणस्तरयुक्त बनाउँदैै लैजाने नीति अगाडी सारिएको छ ।
ड्ड आगामी योजना कार्यक्रम निर्माण गर्दा सवै वडाका महिला, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक, दलित, अतिगरीव, अपाङ्गता वा फरक क्षमता भएका ब्यक्तिहरु, जनजाति आदिलाई केन्द्रविन्दुमा राखेर नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, जलजला गाउँपालिकाबाट पारित कानूनहरु, विद्यमान स्थानीय तहसम्बन्धी कार्यविधिहरु, नेपाल सरकार तथा प्रदेश सरकारबाट समय समयमा जारी गरिएका मार्गनिर्देशन, गाउँपालिकाको वस्तुगत विवरण, क्षेत्रगत रणनैतिक योजनाहरु, दातृनिकायसँग भएका सम्झौताहरु आदिलाई आधार बनाएका छौं । यस अवस्थासम्म आईपुग्दा हामीले झेल्दै आएका विभिन्न समस्या र चुनौतीहरुलाई अवसरका रुपमा लिएर अगाडि बढ्ने संकल्प गरेका छौंं ।
ड्ड त्यसैगरी निर्वाचित जनप्रतिनिधिहरुको समन्वय तथा सहमतीलाई प्रमुख आधार बनाइ उपलव्ध स्रोत साधनका आधारमा वातावरण संरक्षणको साथै दिगो र सन्तुलित विकास गर्न भौगोलिक, क्षेत्रगत, समावेशी विकासको अवधारणालाई अवलम्वन गर्ने नीति लिईएको छ ।
ड्ड यस क्षेत्रमा विपद् ब्यवस्थापन, गरीवी न्यूनीकरण र दिगो विकासका लागि गैरसरकारी संघ संस्था, गैर आवसीय नेपाली लगायत नीजि क्षेत्रसँगको सम्वन्धलाई घनिभूत बनाउने प्रयास गरिएको छ । यसका लागि आवश्यक कोषको ब्यवस्था गरी अध्यक्ष हातेमालो कार्यक्रम सञ्चालन गरिनेछ । जस अन्तर्गत निदेशिका वनाई वैधानिक तवरले सञ्चालित आमा समूह, युवा क्लवहरु वीच घुम्तिकोष परिचालन गरिनेछ ।
ड्ड स्थानीय सरकारको हैंसियतले संविधान प्रद्धत अधिकारको उपयोग गर्दै आफ्नो क्षेत्रभित्रको सीमित स्रोत साधनहरुको अधिकतम परिचालन गरी जनताका आधारभूत आवश्यकता र चाहानाको प्रत्याभुत गर्न, राजनितिक परिवर्तनलाई संस्थागत गर्न र राज्यप्रति जनविश्वास वृद्धि गर्न, नागरिक अभियानहरुको एजेण्डालाई संस्थागत गर्न, संघीय लोकतान्त्रीक शासन व्यवस्थालाई सफल वनाउने निति लिइएको छ । हाम्रो लक्ष्य प्राप्त गर्ने अभियानमा यस गाँउपालिका भित्र सञ्चालन भएका कार्यक्रमहरु कार्यान्वयनका लागि जनप्रतिनिधी लगायत सम्पुणर् राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, नागरिक समाज, पत्रकार, कर्मचारी एवं सम्पुणर् जलजलावासी नागरिकहरुवाट प्राप्त सहयोग अनुकरणीय रहेको छ र आगामी दिनहरुमा पनि रचनात्मक सहयोगको अपेक्षा गरिएको छ ।

क्षेत्रगत नितिहरु
१. आर्थिक विकास
(क) कृषि एवं पशु क्षेत्र ः
ड्ड जिविकोपार्जनको साथ साथै आर्थिक उपार्जनको मुख्य आधारको रुपमा रहेको कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै कृषिको आधुनिकिरण र व्यवसायिकरणको नीति अवलम्बन गरिनेछ ।
ड्ड कृषिको उत्पादकत्व वृद्धिका लागि कृषि योग्य जमिनमा सिंचाई सुविधा, उन्नत प्रविधिको प्रयोग, कृषि सामग्रीको समयमै आपूर्ति र कृषि प्राविधिक सेवामा कृषकको पहुँच बृद्धि गरिनेछ ।
ड्ड कृषिलाई आयमूलक, आधुनिक र मर्यादित पेशा र उत्पादनशिल ब्यवसायको रुपमा विकास गर्न कृषि सहकारी, अर्धवेरोजगार र वैदेशिक रोजगारीवाट स्वदेश फर्केका युवाहरुलाई वेमौसमी तरकारी, आलु, सुन्तला, किवी जस्ता कृषि तथा गाई, भैसी, हाँस, कुखुरा, खरायो लगायतका पशुपालन ब्यवसायमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन हुने ताजा तरकारी, आलु, धान, मकै तथा वेमौसमी तरकारी, लगायतका फसलको उत्पादन बृद्धिका लागि थप पकेट ब्लक क्षेत्र अध्यायन गरी विभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइनेछ । सोही अनुरुप वडा नं. ५,६, ८ र ९ मा आलु खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ । उपल्लो भेगको केहि क्षेत्र एवं वडा नं. २,३,४,६,७,८ र ९ मा धान तथा वेमौसमी तरकारी एवं फलफुल उत्पादन वृद्धि गर्न कृषि अनुदान कार्यक्रमलाइ निरन्तरता दिइनेछ । वडा नं. १ वासखर्कमा रहेको सुन्तला खेतीको हालको भण्डारण क्षमतालाई विस्तार गरी बजारीकरण गर्न पहल गरिनेछ ।
ड्ड कृषि तथा कृषि जन्य उद्यमलाई रोजगारमूलक क्षेत्रको रुपमा विकास गर्दै प्रदेश सरकारको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई कृषि क्षेत्र रुपान्तरणको कार्यक्रमको रुपमा थप ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
ड्ड पशुपालन तर्फ उन्नत जातका गाई, भैसी, वाख्रा, कुखुरा लगायतका पशुजन्य वस्तुहरुको व्यवसायिक उत्पादन गरी दुध,मासु तथा अण्डामा गाउँपालिकालाई आत्मनिर्भर गराउँनुका साथै निर्यात गर्नेतर्फ कार्यक्रमहरु ल्याइनेछ ।
ड्ड कृषि तथा पशु फार्महरु निमाणर् तथा पशुजन्य उद्योगहरु स्थापना गर्न प्रोत्साहित गरिनेछ । समूहमा आधारित यस्ता र्फमहरु स्थापनाका लागि साझेदारी एवं अनुदानका कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड चालु आ.व. मा कृषि तथा पशुविमा कार्यक्रममा दिईदै आएको अनुदानलाई निरन्तरता दिइनेछ । प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विमा वापतको रकममा अनुदान सहयोगको ब्यवस्था गरिनेछ ।
ड्ड वाख्रापालक ब्यवसायिक कृषकहरुलाई नश्ल सुधार कार्यक्रम अन्तर्गत वोयर र खरी जातका वोका तथा पाठीमा दिईदै आएको अनुदानलाई निरन्तरता दिई उत्पादन हुने सुनिश्चितता भएपछि मात्र अनुदान उपलब्ध गराइनेछ ।
ड्ड गाउँपालिका भित्र रहेकोे कृषियोग्य निजी बाझो भूमिमा तरकारी फलफूल अन्य खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप विभिन्न सहयोग उपलब्ध गराईनेछ । यसका लागि विदेशवाट फर्किएका वेरोजगार युवाहरुलाई प्राथमिकता दिई जग्गा उपलब्ध हुन नसकेमा गाउँपालिकाले जग्गा लिजमा लिन सहजिकरण गर्नेछ ।
ड्ड कृषियोग्य भूमिको माटो परिक्षण गरी माटोको प्रकार र गुणस्तर तथा हावापानी अनुकुल खेती गर्न र उचित मात्रामा मल विउ र किटनाशक विषादीको प्रयोग गर्न प्राविधिक सेवा सुलभ रुपमा उपलब्ध गराईनेछ । माटो परिक्षण मेसिन गाउँपालिकाले खरिद गरी यस कार्यलाई विस्तार गरिनेछ ।
ड्ड कृषकहरुको खेतवारी र गोठ तथा फार्ममा नै गुणस्तरिय र सुलभ पशु स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध हुने ब्यवस्था मिलाईनेछ। पशुजन्य संक्रामक रोगको रोकथामका लागि आवश्यक खोपको ब्यवस्था गरिनेछ ।
ड्ड कृषिवाली रोगको तथा प्राकृतिक प्रकोपवाट कृषिक्षेत्रमा आउनसक्ने विपद जोखिम न्यूनिकरण तथा क्षतिपूर्तिको राहतको कार्यक्रम गरिनेछ ।
ड्ड खेतीयोग्य जमिन तथा घर आवासको आसपास रहेका सार्वजनिक तथा निजी रुखहरुलाई हटाउनका लागि जसको जमिन उसैको आकास अभियान सञ्चालन गरी कृषि उत्पादनमा हुने असर र वस्तीमा हुने जोखिम न्यूनिकरण गरिनेछ ।

(ख) उद्योग, ब्यवसाय तथा पर्यटन क्षेत्र ः
ड्ड कालञ्जर पर्वतको नामले चिनिने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलजला सिमसार क्षेत्रको प्रबद्र्धनका लागि उक्त क्षेत्रमा कच्ची सडक पुगीसकेकोमा उक्त क्षेत्रमा विद्युत लगायत पूर्वाधारको विकास, प्रचार प्रसारका लागि विशेष पहल गरि मुख्य पर्यटकिय गन्तब्यको रुपमा विकास गरिनेछ । त्यसैगरी गाउँपालिकाका अन्य पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि समेत विशेष पहल गरिनेछ ।
ड्ड यस क्षेत्रमा सामुदायिक होम—स्टे सञ्चालन र ब्यवस्थापनका लागि प्रदेश सरकारसंगको सहकार्यलाई कायमै राखिनेछ । संक्रमणको अवस्थालाई विचार गरी होम-स्टेमा पर्यटक आगमन वृद्धि गर्न प्रचारप्रसारको कामलाई तिव्र गराईनेछ ।
ड्ड गाँउपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक र संस्कृतिक सम्पदाका साथै रमणिय क्षेत्र एवं स्थानीय संस्कृति, कलाकृति, मौलिक परम्परा, लाई संरक्षण गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसारको माध्यमवाट आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पहल गरिने छ ।
ड्ड कालीगण्डकी करिडोरको मध्यविन्दुमा पर्ने यस क्षेत्रमा मझौला तथा ठूला उद्योग कलकारखाना स्थापनाका लागि लगानी आर्कषण गरिनेछ ।
ड्ड स्थानिय स्तरमा सञ्चालीत साना तथा घरेलु प्रकृतिका अल्लोको कपडा, नेपाली कागज, भांग्रो, झोला, खास्टो, सालको टपरी, क्यान्डी, जुस,अचार,ससेज एवं मैनवत्ती उद्योग हरुलाई प्रोत्साहन गरी रोजगारीको अवसर बढाउन सिप विकास तालिम तथा आर्थिक र प्राविधिक सहयोग प्रदान गरिनेछ ।
ड्ड मौजुदा उद्योग, व्यवसायलाई कानुनको परिधिभित्र रहेर सञ्चालन गर्न स्थानीय स्तरका व्यापारिक पसल एवं र्फमको दर्ता, अनुमती, नविकरण, अनुगमन र नियन्त्रणको कामलाई प्रभावकारी वनाई कानून संवत तरिकाले संचालित ब्यवसायलाई प्रोत्साहन र अवैध गतिविधि सञ्चालन गर्नेहरुलाई कानूनी दण्डको भागीदार बनाइनेछ ।
ड्ड गाउँपालिका स्थित ढुंगा खानीहरुको आ.इ.ई तथा माईनिङ्गको कार्य अन्तिम चरणमा पुगेकोले सम्वन्धित ब्यवसायीहरुसँगको समन्वयमा ढुंगा कटिङ उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
ड्ड जडिवुटीको खोज तथा अनुसन्धानवाट गाउँपालिकाको उपल्लो क्षेत्रमा उत्पादन हुने र अन्य क्षेत्रमा पाइने महत्वपुणर् तथा बहुमुल्य जडिबुटीहरुको संकलन, प्रशोधन र बजारीकरणका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय गरी जडिवुटीको व्यवस्थित वजारको खोजी गर्ने र उचित मुल्य प्राप्त गर्नका लागि पहल गरिनेछ ।
(ग) वैंक, वित्त तथा सहकारी क्षेत्र ः
ड्ड गाँउपालिकाका सम्पुणर् नागरिकहरुको वैक खाता खोली सहज तरीकाले कारोवार गर्न सक्ने वातावरण मिलाउन गाउँपालिकास्थित वैंकसँग समन्वय गरिनेछ ।
ड्ड गाउँस्तरमा विभिन्न समुह मार्फत वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन, वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको जीवनस्तरमा सुधार गर्ने तर्फ आवश्यक पहल गरिनेछ ।
ड्ड गाँउपालिका क्षेत्रभित्र रहेका गाउँपालिकाको क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरुको क्षमता विकास गर्नका लागि सरोकारवालाहरु संग आवश्यक छलफल र समन्वय गरि सहकारी प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड सहकारी वचत तथा ऋण परिचालन सम्वन्धी मापदण्ड निर्धारण गरिनेछ । स्थानीय उत्पादन बृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनिकरणका लागि सहकारी क्षेत्रको प्रवद्र्धन गरिनेछ ।
ड्ड हाल निष्कृय रहेका तथा वित्तिय जोखिमा परेका सहकारीहरु तथा कार्यक्षेत्र मिल्दाजुल्दा सहकारीहरुलाई एक आपसमा एकिकरणका लागि प्रोत्साहन गरिनेछ ।
ड्ड गाँउपालिकावाट समय समयमा सहकारीहरुको अनुगमन गरी सहकारीको सिद्धान्त तथा नियम विपरित कृयाकलाप सञ्चालन गर्ने सहकारी संघ संस्थाहरुलाई कानून बमोजिम कारवाही गरिनेछ ।
२. सामाजिक विकास
(क) शिक्षा क्षेत्रः
ड्ड शिक्षा सम्वन्धि नीतिगत तथा संस्थागत ब्यवस्था मार्फत सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ब्यवस्थित र गुणस्तरिय शिक्षा प्रणालिको विकासमा जोड दिईनेछ ।
ड्ड विद्यार्थी र शिक्षकको अनुपात मिलाई सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन र दरवन्दी मिलान गरिनेछ । प्रदेश सरकारसँगको समन्वयमा विद्यार्थी संख्या तथा भूगोल र दूरीका आधारमा विद्यालयहरुलाई एकिकृत (ःभ्च्न्भ्) गर्दै लगिनेछ ।
ड्ड गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयको भौतिक अवस्था, स्वच्छ खानेपानी तथा सफा शौचालय र सावुन पानीले हातधुने ब्यवस्थाका लागि आवश्यक ब्यवस्थापन गरिनेछ । साथै स्वास्थ्य चौकीवाट टाढा रहेका विद्यालयहरुका लागि प्राथमिक उपचार वाकसको ब्यवस्था गरिनेछ ।
ड्ड हालको संक्रमणको अवस्थाको मुल्यांकन तथा विश्लेषण गरी नेपाल सरकारको निणर्य अनुसार सवैका लागि शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयभन्दा वाहिर रहेका वालवालिकालाई विद्यालय क्षेत्रभित्र ल्याउन प्रोत्साहन गर्दै विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिनेछ । कम्तिमा माध्यमिक तह पुरा गर्ने ब्यवस्था मिलाउन अनिवार्य माध्यमिक तह शिक्षा कार्यक्रम, विद्यालय क्षेत्र विकास कार्यक्रम एवं वालमैत्री विद्यालय, कार्यक्रमहरुलाई क्रमश सञ्चालन गर्दै लगिनेछ ।
ड्ड महामारीको कारण प्रभावित भएको विद्यालयको पठनपाठनको क्षतिपूर्तिका लागि सरोकारवालाहरुसँग छलफल गरी आवश्यक रणनीति अगाडि सारिनेछ । एस.ई.ई परिक्षाको आन्तरिक मुल्याङ्कन तथा अन्य परिक्षाहरुको संवन्धमा नेपाल सरकारवाट निणर्य भए बमोजिम गरिनेछ ।
ड्ड शिक्षक विद्यार्थी अनुपात बढी भएका विद्यालय तथा विज्ञान, गणित र अंग्रेजी शिक्षक नपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरि अध्यापन कार्य सञ्चानल गरिनेछ ।
ड्ड शिक्षकको पेशागत हकहित तथा कामप्रतिको प्रतिवद्धतामा वृद्धि गरी यस क्षेत्रको साक्षरता दर बृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिनेछ । पढ्ने बानिको विकास गर्न गाँउपालिकामा “पुस्तकालय” स्थापनाका लागि पहल गरिनेछ ।
ड्ड प्रारम्भीक वाल कक्षामा शैक्षिक प्रणाली सुधार गर्न आन्तरीक स्रोतको सम्भावना हेरी विद्यालयमा कार्यरत वालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी कर्मचारीलाई दिईदै आएको सहयोगलाई निरन्तरता दिईनेछ ।
ड्ड गाँउपालिका भित्रका आर्थीक अभावमा रहेको वालवालिकालाई विद्यालयमा ल्याउन र अध्ययनका लागि आवश्यक सामग्रीको लागि गाँउपालिकाले आर्थीक सहयोग उपलव्ध गराउनेछ ।
ड्ड विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयका शिक्षकहरुलाई उत्तरदायी वनाइनेछ ।
ड्ड विद्यालय शिक्षालाई क्रमशः अगं्रेजी माध्यमवाट सञ्चालन गर्दै जाने नीति अनुरुप निशुल्क अग्रेजी माध्यमका पुस्तक उपलव्ध गराउने कार्यक्रमलाई यो वर्ष कक्षा ३ सम्म विस्तार गरिनेछ ।
ड्ड माध्यामिक विद्यालय नभएका वडामा माध्यामिक विद्यालय तथा कम्तिमा कक्षा ८ सम्म पठनपाठन हुने आधारभूत विद्यालय स्थापनाका लागि पहल गरिनेछ । दरवन्दी नभएका माध्यामिक विद्यालयमा दरवन्दी व्यवस्था गर्न सघं सरकारको तहमा पहल गरिनेछ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा विद्यालय अनुपस्थित हुने प्रवृत्ति हटाउन स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
ड्ड शिक्षक तथा विद्यालयका कर्मचारीहरुको पारिश्रमिक मासिक रुपमा भूक्तानीका लागि गरिएको पहललाई निरन्तरता दिईनेछ ।

(ख) स्वास्थ्य क्षेत्रः
ड्ड नागरिकहरुले निशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हकलाई सूनिश्चित हुने गरी गाउँपालिकाका सवै वडामा स्वास्थ्य चौकी एवं ंवर्थीङ सेन्टर स्थापनका लागि प्रदेश एवं संघिय सरकारसंग सहकार्य गरिनेछ ।
ड्ड स्वास्थ्य संस्थाका लागि आवश्यक भवन, फर्निचर, मेसिनरी औजार उपकरण तथा संक्रमणवाट बच्नका लागि आवश्यक सामग्रीहरु र नियमानुसार निशुल्क रुपमा वितरण गर्नका लागि आवश्यक औषधी को उपयुक्त ब्यवस्थापनलाई निरन्तरता दिईनेछ ।
ड्ड कोभिड-१९ संक्रमणको संभावित जोखिममा रहेका नागरिकहरुलाई नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाइनमा राख्ने स्वाब संकलन र परिक्षण, गर्ने संक्रमण देखिएका विरामीको उपचार लगायतका काममा गाउँपालिकाले गर्दै आएको सहजीकरणलाई निरन्तरता दिईनेछ । क्वारेन्टाइनको क्षमता वृद्धि गरिनेछ ।
ड्ड कोभिड-१९ को असरवाट वच्न ड्युटीमा खटिने स्वास्थ्यकर्मी कर्मचारीहरुलाई सुरक्षा सामग्री (माक्स, पञ्जा, सेनिटाइजर, थर्मलगन र पि पि ई सेट) को ब्यवस्थापन नियमित रुपमा गरिनेछ ।
ड्ड नेपाल सरकारको नागरिक स्वास्थ्य विमा कार्यक्रम शुरु भैसकेको छ । यसलाई विस्तार गर्दै लगिनेछ । म स्वस्थ मेरो गाउँपालिका स्वस्थ जस्ता कार्यक्रमहरु तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन हुने सम्पूणर् कार्र्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
ड्ड नियमित खोप सेवा सञ्चालन, वाल मृत्युदर तथा मातृमृत्युदर घटाउन महिला स्वयंसेविकाहरु परिचालन एवं प्रोत्साहनका कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड गाँउपालिकाकावाट सञ्चालित एम्वुलेन्स सेवामा कार्यविधि अनुसार कोष खडा गरी नागरिकहरुको पहुँच बढाउनका लागि सहकारी, सामाजिक संस्था एवं निजि क्षेत्रसंग समन्वय गरिनेछ ।
ड्ड मल्लाज स्वास्थ्य चौकिमा व्यवस्था गरीएको ल्याव सेवालाई थप ब्यवस्थित गराईनेछ । वडा नं. २, ४, ५ र वडा नं. ८ मा स्वास्थ्य इकाइ स्थापना गरी कर्मचारी ब्यवस्थापनको लागि सम्वन्धित निकायमा पहल गरी सञ्चालन गरिनेछ ।
ड्ड विभिन्न वडामा माग र आवश्यकताका आधारमा समय समयमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गरिनेछ ।
ड्ड क्यान्सर, मृगौला रोग जस्ता भयानक रोग र दिर्घरोगीका लागि सामान्य राहत सहयोगको ब्यवस्था मिलाइनेछ ।

(ग) खानेपानी तथा सरसफाई ः
ड्ड गाउँपालिका भित्रका सवै वस्तीहरुमा स्वच्छ खानेपानीको सुुविधा उपलब्ध गराउन सञ्चालनमा रहेका खानेपानीको श्रोत संरक्षण गर्दै मर्मत संभारको कार्यलाई निरन्तरता दिईनेछ । खानेपानीको असुविधा भएका क्षेत्रमा नयाँ खानेपानी आयोजनाहरु सञ्चालन गर्नका लागि संघ सरकार र प्रदेश सरकारसंगकोे सहकार्यलाई निरन्तरता दिईनेछ ।
ड्ड एक घर एक धारा कार्यक्रम लाई निरन्तरता दिई सवै वडाहरुमा क्रमशः विस्तार गर्दै लगिनेछ ।
ड्ड खानेपानी उपभोक्ता संस्थाहरुलाई गाँउपालिका मातहत ल्याई व्यवस्थापन गरिनेछ । गाँउपालिका भित्र सुपथ रुपमा खानेपानीको आपूर्ति गर्नका लागि सरोकारवालासंगको छलफलमा खानेपानीको महशुल निर्धारण गरिनेछ ।
ड्ड मिटर जडान गरी खानेपानी उपभोग गर्ने अति विपन्न परिवारलाई खानेपानी मिटर जडानका लागि सहुलियत उपलब्ध गराईनेछ ।
ड्ड घर एवं विद्यालयमा सावुनपानीले हातधुने र खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने वानि वसाल्नका लागि चेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
ड्ड टोल सुधार समितिहरु, युवा क्लव, आमा समूह लगायतका सामाजिक संस्थासँग समन्वय गरि अभियानका रुपमा टोल सुधार एवं सरसफाईका कृयाकलापहरु सञ्चालन गरिनेछ ।

(घ) वजार व्यवस्थापनः
ड्ड स्थानिय वजार व्यवस्थापन गरी वारीवेनी, मिलनचोक एवं लस्ती क्षेत्रका वजारलाई हरियाली वनाउन सडक किनार तथा खुला क्षेत्रहरुमा वृक्षारोपणको कार्यक्रम सञ्चालन गरिनेछ । उल्लिखित वजार क्षेत्रमा र्सोय वत्ति तथा सि.सि.ई क्यामेरा जडानका लागि प्राथमिकता दिइनेछ ।
ड्ड वडा नं. ४ मोहनचोकमा स्थापना हुन लागेको कृषि संकलन केन्द्रलाई ब्यवस्थित कृषि वजारका रुपमा संचालन गर्न आवश्यक समन्वय गरिनेछ ।

(ङ) लक्षित कार्यक्रमः
ड्ड गाउँपालिका क्षेत्रमा सामाजिक सांस्कृतिक तथा आर्थिकरुपले पछि परेका दलित, अपाङ्ग, महिला लगायत लक्षित वर्गका लागि शिक्षा, स्वास्थ्य, लगायत आधारभूत कुराहरुमा पहँुच बढाइ उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि आगामी आ.व.मा क्षमता विकास तथा ससक्तिकरणका कार्यक्रमहरु ल्याइनेछ ।
ड्ड सम्पन्नता स्तरिकरण मापनका आधारमा सवै वडाहरुको विपन्न वर्गको पहिचान गरी लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ड्ड गाउँपालिकास्तरिय बस्तुगत विवरणको तथ्याङ्कका आधारमा सकरात्मक विभेद नीतिलाई अबलम्वन गरी श्रोत परिचालन गरिनेछ ।
ड्ड लैंङ्गिकता, भौगोलिक विकटता, अपाङ्गता, जनजाती, बालबालिका तथा बृद्धवृद्धाहरु र विकासको मूलधारबाट पछि परेका वर्गहरुको पहिचान गरी र उनीहरुको वास्तविक आवश्यकता सम्वोधन हुने खालका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ड्ड आगामी आ.व. मा गाउँपालिकाका वडाहरुलाई क्रमशः लैङ्गिक हिंसा र जातिय विभेद मुक्त वडा घोषणा गर्न पहल गरिनेछ । लैङ्गिक हिंसा र जातिय विभेदलाई निरुत्साहित गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै लैङ्गिक तथा जातिय मुद्दामा सुन्य सहनशिलताको नीति लिईनेछ ।
ड्ड अवको विकास अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउनेतर्फ नीति अङ्गिकार गरिनेछ । अपांगता भएका बालवालिकाको लागि विद्यालयमा छात्रवृत्ति दिने, । साथै आदिवासी जनजातिहरुलाई समेत विकासको मुलधारमा ल्याउन विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था मिलाउन पहल गरिनेछ ।
ड्ड दलित समुदायमाथी हुँदै आएको सामाजिक विभेदको अन्त्य गर्ने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । व्यवसायीक नौमती वाजा र आरान पेशालाई आवश्यकताका आधारमा प्रोत्साहन गर्दै लगीनेछ ।
ड्ड जेष्ठ नागरिकहरुको लागि थप दिवा सेवा केन्द्र स्थापना र सञ्चालन गर्नुको साथै उनीहरुको ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड ज्येष्ठ नागरिकको हक अधिकार को संरक्षण गर्दै ८० वषर् माथीका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ ।
ड्ड गाउँपालिकाभित्र गठित गैर-सरकारी संस्थाहरु, युवाक्लव, आमा समुह तथा सामुदायिक संस्थाहरुलाई गाउँपालिकाद्धारा सम्पादन हुने कार्यक्रम, अभियान तथा सेवा प्रवाहमा साझेदार संस्थाका रुपमा अंगिकार गरिनेछ

(च) सामाजिक सुरक्षाः
ड्ड सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको अभिलेख अद्यावधिक तथा व्यवस्थित गर्दै जेष्ठ नागरिक, दलित अपाङ्ग, असहाय दलित वालवालिकाहरुको सामजिक सुरक्षा भत्ता वितरणको कार्यलाई प्राथमिकतामा राखी वैक मार्फत समयमै भत्ता वितरणको कार्यलाई गाउँपालिकाले निरन्तरता दिनेछ ।
ड्ड अति अशक्त नागरिकहरुलाई जिविकोपार्जनका लागि विशेष राहत, सहुलियत उपलब्ध गराईनेछ ।
ड्ड सामाजिक सुरक्षा भत्ता वितरणका लागि वंैक संग गरिदै आएको सहकार्यलाई निरन्तरता दिई छिटो, छरितो, सजिलो र पारदर्शि ढंगले भत्ता वितरण गर्ने ब्यवस्था मिलाईनेछ । वैक सम्म पुग्न नसक्ने अति असक्त लाभग्राहीहरुको भत्ता गाउमै पुगी वैंक मार्फत वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड सामाजिक सुरक्षा कार्यक्रम नेपाल सरकार मार्फत सञ्चालन हुने भएकोले लाभग्राहीहरुको विवरण अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा रकम समयमा नै प्राप्त गर्ने तर्फ विशेष पहल गरिनेछ ।

(छ) रोजगारी सिर्जनाः
ड्ड वेरोजगारी समस्या समाधान गर्नका लागि गाँउपालिका भित्र रहेका वेरोजगार तथा अर्धवेरोजगार युवा/युवतीहरुलाई नाई सम्वन्धी पलम्वीङ, इलेक्ट्रीसीयन, मेकानिकल एवं लघु उद्यम सम्वन्धी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गरिनेछ । सोका लागि सि.टि.इ.भि.टी सँग समन्वय गरिने छ ।
ड्ड गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना र सञ्चालनका लागि सरोकारवाला निकायमा पहल गरिनेछ ।
ड्ड प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी बनाउदै गाउँपालिकामा उपलब्ध जनशक्तिको क्षमता हेरी गाँउपालिकावाट कार्यान्वयन गरीने योजनाहरुमा रोजगारीका अवसर सिर्जना गरिनेछ ।
ड्ड वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमै रोजगारी सिर्जना गर्न अभिप्रेरीत गरिनेछ । वैदेशिक रोजगारीवाट स्वदेश फर्किएका र वेरोजगार वनेकाको तथ्यांक संकलन गरी युवाहरु लाई उनिहरुले हासिल गरेको ज्ञान, सिप र अनुभवलाई स्वदेशमा प्रयोग गरी स्वरोजगार बन्न सक्ने वातावरण मिलाउन मार्गप्रशस्त गरिनेछ ।

(ज) सुचना र संचार ः
ड्ड गाउँपालिका केन्द्रमा ईलाका स्तरको हुलाक कार्यालय स्थानान्तरण र सञ्चालनका लागि पहल गरिनेछ ।
ड्ड गाँउपालिकाको गतिविधिहरु नागरिकहरुलाई सूसूचित गर्न स्थानीय सञ्चारका माध्यमहरुः विभिन्न पत्रपत्रिका, एफ.एम रेडियो लगायत अनलाइन मिडियासँगको सहकार्यलाई निरन्तरता दिईनेछ ।
ड्ड लोक कल्याणकारी विज्ञापन/सूचनाहरुको प्रसारणका लागि संचार गृहलाई एकिकृत रुपमा सञ्चालन गर्ने नीति लिइनेछ ।
ड्ड गाउँपालिकामा ईन्टरनेट सहितको गुणस्तरिय सूचना प्रविधिको विकास र विस्तार गरी सवै वडा कार्यालयवाट समेत अनलाईन सेवा सञ्चालनका लागि पहल गरिनेछ ।
ड्ड नेपाल टेलिकम तथा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीसंग समन्वय गरी सवै वडाहरुमा इन्टरनेट तथा तारजडित टेलिफोन सेवाको विस्तारका लागि प्रक्रिया अगाडी वढाइनेछ ।
ड्ड परंपरागत सञ्चार माध्यमको रुपमा कायम रहेको कटुवाल प्रथालाई आधुनिक प्रविधिको माध्यमवाट व्यवस्थित र प्रभावकारी बनाईनेछ। कटुवालहरुलाई पारिश्रमिकको रुपमा दिईदै आएको सहयोगलाई निरन्तरता दिईनेछ ।

३. पुर्वाधार विकासः
ड्ड गाँउपालिका कार्यालय, वडा कार्यालयका तथा स्वास्थ्य संस्थाहरुका लागि आवश्यक भवन निमाणर्का लागि उपयुक्त जग्गाको व्यवस्थापन गरी भवन तथा पुर्वाधार निमाणर्का लागि पहल गरिनेछ ।
ड्ड गाउँपालिका केन्द्रदेखि सवै वडा जोड्ने सडकहरु तथा अन्तरवडा जोड्ने सडकहरु समेत वाह्रै महिना सञ्चालन हुनेगरी स्तरोन्नती गरिनेछ ।
ड्ड गाँउपालिकामा रहेको जिणर् झोलुङगे पुलहरुको स्तरोन्नती एवं आवश्यक स्थानमा नयाँ झोलुङगे पुल एवं मोटरेवल पुल निमाणर्का लागि संघ सरकार र प्रदेश सरकारसँग सहकार्यको पहल गरिनेछ ।
ड्ड सडक, खानेपानी, सिंचाई, विद्युत लगायतका पूर्वाधारहरुको विकास र विस्तार गरी नागरिकहरुको पहुँचमा बृद्धि गरिनेछ ।
ड्ड पुर्वाधार विकासका क्रममा संघ सरकार र प्रदेश सरकारवाट तर्जुमा भएका मापदण्डको प्रभावकारीरुपले कार्यान्वयन गरिनेछ । यसै सन्दर्भमा जलजला गाउँपालिका वस्ती विकास मापदण्ड ऐन, २०७६ र गाउँ विकास कोष स्थापना तथा सञ्चालन सम्वन्धी कार्यविधि, २०७६ को पूणर् कार्यान्वनमा जोड दिइनेछ ।
ड्ड विकास योजनाको कार्यान्वयनको हालसम्मको अवस्थालाई विचार गरी उपभोक्ताहरु प्रत्यक्ष संलग्न हुने खालका योजनाहरु उपभोक्ता समिति मार्फत कार्यान्वयन गरि मर्मत संभारका लागि समेत उपभोक्ता समितिलाई जिम्मेवार बनाईनेछ । योजनाहरुका सवै चरणमा जनसहभागीतालाई जोड दिदै आगामी आ.व. देखी विगतका कमिकमजोरीलाई हटाउदै श्रम सहभागीतालाई अनिवार्य गरिनेछ ।
ड्ड पुर्वाधारहरुको स्तरोन्नती एवं विकास गर्न आन्तरिक श्रोत र साधनले समेट्न नसक्ने प्रकृतिका योजनाहरु सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारको तहमा पहल गरिनेछ ।
ड्ड संघ सरकार र प्रदेश सरकारवाट सञ्चालन हुने योजनाहरुलाई समन्वयात्मक रुपमा कार्यान्वयन गरिनेछ । संघीय सरकार तथा प्रदेश सरकारको प्राथमिकतामा नपरेका योजनाहरुलाई आवश्यकताका आधार गाउँपालिकाले प्राथमिकता दिई कार्यान्वयन गर्ने नीति अबलम्वन गर्नेछ ।
ड्ड विषम परिस्थितिका कारण उपलब्ध सिमित श्रोतले धान्न नसक्ने हुँदा क्रमागत रुपमा रहेका योजनाहरुलाई निरन्तरता दिई अति आवश्यक कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
ड्ड ३३ तथा ११ के.भि.ए. प्रसारण लाइनवाट जोखिममा परेका वस्ती तथा संरचनालाई उचित ब्यवस्थापन गर्न पहल गरिनेछ ।

४. वन, वातावरण तथा विपद् ब्यवस्थापन
(क) वन तथा वातावरण
ड्ड गाउँपालिका क्षेत्रभित्र रहेको वन तथा प्राकृतिक वातावरणको संरक्षण र सम्वद्धन गरिनेछ।
ड्ड डिभिजन वन कार्यालयसँगको समन्वयमा स्थानीय जनजीवनमा योगदान पुग्ने र आन्तरिक आय वृद्धि गर्नका लागि वन क्षेत्रको योगदान बढाउन गैरकाष्ठ वन पैदावरको पहिचान तथा परिचालन गर्ने खालका कार्यक्रम सञ्चालन गरिनेछ । पहिरोको जोखिम रहेका र खाली वन क्षेत्रमा वृक्षरोपण कार्यलाई निरन्तरता दिईनेछ ।
ड्ड गाउँपालिका भित्रका सामुदायिक वनहरुसँग समन्वय गरी वनस्रोतको प्रवद्र्धन र आय आर्जन बढाउने खालका कार्यक्रम सञ्चालनका लागि पहल गरिनेछ ।
ड्ड भूक्षय, तथा वाढी पहिरो नियन्त्रण तथा रोकथामका लागि जलाधार तथा भू संरक्षण कार्यालयसँग समन्वय गरि कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड प्राचिन समयदेखिका वर, पिपल र समीको चौतारी तथा पानी पोखरीहरुको संरक्षण तथा जिणोद्धार गरी एक वडा एक नमूना चौतारी निर्माणको कार्यक्रम ल्याइनेछ ।

(ख) फोहोरमैला व्यवस्थापनः
ड्ड फोहोरमैला ब्यवस्थापन कार्यविधिलाई तत्काल कार्यान्वयन गरिनेछ ।
ड्ड बजारीकरण सँगै फोहोरमैला व्यवस्थापन गर्ने कार्य चुनौतीपुणर् बन्दै गएको हुँदा वाक्लो वस्ती रहेका स्थानहरुः मल्लाज, वगरफाँट, वारीवेनी,मिलनचोक, मोहनचोक लामाखेत, लस्ती, फोर्से हुँदै खनियाँघाट क्षेत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापनका लागि निजी एवं सहकारी क्षेत्रसंगको सहकार्यमा फोहोरमैला व्यवस्थापनको कार्य तत्कालै सञ्चालन गरिनेछ । यसै प्रयोजनका लागि गाँउपालिकाले ट्याक्टर खरिद गरिसकेको अवस्था छ ।
ड्ड गाउँ, टोल तथा वस्ती, पार्क उद्यान, विद्यालय लगायतका सार्वजनिक स्थलहरुमा फोहोर संकलन गर्ने टोकरीको व्यवस्था गरी घर परिवार देखि नै कुहिने र नकुहिने ठोस फोहोरमैलालाई अलग्गै राखी कुहीने फोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्न र नकुहिने फोहोर छुट्टै तरिकाले व्यवस्थापन गर्नुका साथै सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने खालका कार्यक्रम अघि सारिनेछ ।

(ग) विपद व्यवस्थापनः
ड्ड हालको कोरोना संक्रमणवाट सृजना भएको विपद लगायत जुनसुकै वेला आइपर्न सक्ने प्राकृतिक प्रकोप लगायत सवै खालका विपदवाट उद्धार एवं राहत तथा पुनस्थापनाका लागि स्थापित प्रकोप व्यवस्थापन कोषमा यथोचित रकमको ब्यवस्था गरी विपद् ब्यवस्थापनको कार्यमा उक्त रकम खर्च गरिनेछ ।
ड्ड विपद् ब्यवस्थापनका लागि तत्काल उद्धार तथा प्रकोप नियन्त्रण गर्न मौजुदा उद्धार सामग्री तयारी अवस्थामा राख्नुको साथै थप उद्धार सामग्री खरिद एवंं भण्डारणको व्यवस्था गरिनेछ ।
ड्ड विपदका समयमा तत्काल उद्धार गर्नका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल रेडक्रस लगायतका सामुदायिक संस्था तथा सरोकारवाला निकायहरुसंगको सहकार्यमा विपद उद्धार केन्द्र निर्माण गरी विपद् ब्यवस्थापनको कार्य प्रभावकारी बनाईनेछ ।
ड्ड विपद्को समयमा नागरिकहरुलाई संयमित रही सावधानी अपनाउन र एकआपसमा सहयोगको आदान प्रदान गर्नका लागि विभिन्न माध्यमवाट महत्वपूणर् सन्देश प्रवाह गर्न र सही सूचना संप्रेशण गरिनेछ ।
ड्ड विपद पछिको राहत वितरणको कार्यविधिमा पारदर्शीता र एकरुपता ल्याईनेछ ।

५. संस्थागत विकास तथा सुशासन ः
ड्ड गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुका लागि आवश्यक फर्निचर तथा औजार र उपकरण खरिद गरी सुविधासम्पन्न गराउँदै सेवा प्रवाहलाई सहज र प्रभावकारी र गुणस्तरिय बनाउँदै लगिनेछ । हाल कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहमा गुणस्तरियता र प्रभावकारीता ल्याउन स्वास्थ्य संस्थाहरुलाई विशेष प्राथमिकता दिईनेछ ।
ड्ड गाउँपालिका तथा मातहत कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सूचनाको हकको प्रत्याभूति,पारदर्शिता,जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।
ड्ड कानुुनको परिधिमा रही सेवा प्रदायकवाट गाउँपालिकावासीको समिपमा रहि, जन सेवाको भाव जागाउने र गाउँपालिकाका निणर्यहरुलाई अक्षरसः कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाइनेछ ।
ड्ड योजना सम्झौता एवं फरफारकका कामलाई चुस्त दुरुस्त वनाउनका लागि योजना सफट्वयर निमाणर् गरी अनलाईन सफट्वयर मार्फत नै योजना सम्झौता गर्ने व्यवस्था मिलाइनेछ । साथै रसीदसम्वन्धी काम सफटवेयर मार्फत गरिनेछ ।
ड्ड सार्वजनिक खर्च ब्यवस्थापनको कार्यलाई मितब्ययी र प्रभावकारी बनाउन प्रथम चौमासिकमा ३० प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र अन्तिम चौमासिकमा ४० प्रतिशत खर्च गर्ने गरी ब्यवस्था मिलाइनेछ ।
ड्ड गाँउपालिकाले लागु गरेका ऐन, कानुनहरुको पालनामा जोड दिइनेछ । कानुनवमोजिम लागू गरिएका ऐन, नियम एवं अन्य प्रावधानहरुको कार्यान्वयनमा अवरोध खडा गर्ने जोसुकैलाई कानुनवमोजिम दायित्व वहन गराइनेछ ।
ड्ड स्थानिय सरकार सञ्चालन ऐन, २०७४ वमोजिम गाँउपालिकाको अधिकार क्षेत्र भित्र रहेका सरकारी निकाय तथा गैेरसरकारी संस्थाहरुले गाउँपालिका सँग समन्वन नगरेको समेत पाइएको हुँदा नियमानुसार अनुगमन र नियमनलाई प्रभावकारी वनाइनेछ ।

६. कर्मचारी प्रशासनः
ड्ड गाँउपालिकामा कार्यरत कर्मचारीहरुलाई कार्यविवरण दिई उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रोत्साहित गरिनेछ ।
ड्ड संगठन तथा ब्यवस्थापन सर्भेक्षणका आधारमा उपयूक्त संगठन संरचना तयार गरी जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास सम्वन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड कर्मचारीहरुको खटनपटन, क्षमता विकासको अवसर र अन्य सेवा सुविधालाई कार्यसम्पादनका आधारमा निर्धारण गर्ने संस्कारको विकास गरिनेछ ।
ड्ड परामर्श सेवा तथा सेवा करारका कर्मचारीहरुलाई कार्यालयको दरवन्दी अनुसार आवश्यकताका आधारमा, कर्मचारीको कार्यसम्पादनस्तर हेरेर संझौता नविकरण तथा नयाँ भर्ना गर्ने तथा अनावश्यक र दरवन्दी नभएका कर्मचारीलाई हटाउने नीति लिइनेछ ।
ड्ड कर्मचारीहरुको कार्यक्षमता तथा मनोवल बढाउन तथा कामप्रति उत्प्रेरित गराउन क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
ड्ड कार्यालयको क्षमता अनुसारका न्यूनतम सुविधा तथा सवारी साधन उपलव्ध गराउनका लागि मौजुदा सवारी साधनलाई व्यवस्थापन गरी आवश्यकताका आधारमा थप गर्दै लगिनेछ ।
ड्ड जनप्रतिनिधिहरु तथा कर्मचारीहरुका लागि जोखिम विमा कार्यक्रम सञ्चालन गरिनेछ ।

७. विविधः
ड्ड गाउँपालिकालाई आर्थिक रुपमा सवल र सक्षम बनाउनका लागि कानून बमोजिम, आफ्नो अधिकार क्षेत्रभित्रको स्थानिय स्रोत र साधनको परिचालन गरी कर संकलन गर्न र करका संभावित क्षेत्रहरुको पहिचान गरीे वैज्ञानिक कर प्रणालीको माध्यमवाट आन्तरिक आय संकलनको प्रकृयालाई थप ब्यवस्थित र प्रभावकारी बनाईनेछ ।
ड्ड पर्यटकीय क्षेत्रको विकासको लागि निजी क्षेत्रको लगानी आर्कर्षित गर्न सम्वन्धित वन उपभोक्ता समिति तथा स्थानीयसँग समन्वय गरी जलजला सिमसार क्षेत्र तथा फलामेडाडा लगायत अन्य संभावित क्षेत्रको पहिचान गरी जग्गा लिजमा दिन सकिनेछ ।
ड्ड सरोकारवालाहरुसँग समन्वय गरी करको दायरा वृद्धि गर्दै जाने तथा करको दरमा पुनरावलोकन गर्दै जाने निति अवलम्वन गरीने छ ।
ड्ड हालको विषम अवस्थाका कारण पर्याप्त श्रोत साधन उपलब्ध हुने अवस्था भएकोले क्रमागत योजना, अति आवश्यक र प्राथमिकतामा परेका योजनाहरुलाई कार्यान्वयन गरिनेछ । अन्य योजनाहरुलाई श्रोतको उपलब्धताका आधारमा कार्यान्वयन गर्दै लगिनेछ ।
ड्ड परंपरागत संस्कृतिको रुपमा रहेका ढिकी, जाँतो, पानी घट्टा, लगायत जातजातीगत सिप र प्रविधिको विकासमा विशेष जोड दिइनेछ ।
ड्ड गाँउपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको नापजाँच गरी सीमा छुट्याई संरक्षण र उपयोगलाई व्यवस्थित गरीनेछ । सार्वजनिक जग्गा मिच्ने व्यक्ति तथा संस्थाहरुलाई कानुन बमोजिम कारवाही गरिनेछ ।
ड्ड नदिजन्य पदार्थः ढुँंगा, गिटि , वालुवा उत्खनन एवं सकलनका सन्र्दभमा देखिएको समस्याहरुलाई समाधान गर्नका लागि कार्यविधिको पालनामा जोड दिइ संरक्षणको लागि समेत पहल गरिनेछ । यसलाई थप व्यवस्थित र प्रतिस्पर्धी रुपमा ठेक्का प्रक्रियामा लगी आन्तरिक आम्दानी बढाइनेछ ।
ड्ड जलजला गाँउपालिकामा जन्म भई स्वदेश तथा विदेशमा ख्याती प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सम्मान गरिनेछ । जलजला गाँउपालिका वाट वसाइसराइ गएकाहरुलाई फर्कीन चाहेमा विशेष सहयोग गरिनेछ । राष्ट्र र समाजका लागि महत्वपूणर् योगदान पुर्‍याएका लोकप्रिय र ख्यातीप्राप्त व्यक्तित्वहरुको सम्झनामा शालिक, उद्यान तथा प्रतिक्षालय निमाणर् गर्न कार्यलाई निरन्तरता दिईनेछ ।
ड्ड गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने जलविद्युत लगायत पूर्वाधार आयोजनाहरुसँग समन्वय गरी जललजावासीको हित कायम हुनेगरी आयोजना कार्यान्वयन गर्न सहजीकरण गरिनेछ ।
ड्ड जलजलाको उत्तरी क्षेत्र शालिजा तथा लेखफाँट सौर्य उर्जाका लागि उपयूक्त स्थान भएको हुँदा सोलार कम्पनीसँग समन्वय गरी सार्वजनिक र निजी जग्गामा सोलार प्यानल जडानका लागि पहल गरीनेछ ।
ड्ड वास्तवीक सुकुम्वासी र भुमिहीनको पहिचान गरी व्यवस्थापन गर्न पहल गरिनेछ ।
ड्ड तिन वटै तहको सरकारवाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालय, कार्यालय तथा निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ । गाउँपालिकासँगको सहकार्य विना सञ्चालित अनुदान लगायतका कार्यक्रमहरुमा दोहोरोपना पर्न जाने भएकोले समन्वय गर्ने परिपाटीमा थप जोड दिइनेछ ।
ड्ड सेवा प्रवाह एवं सुचना संप्रेषणका लागि सहयोग गर्ने पत्रकार, सञ्चार क्षेत्र, सुरक्षाकर्मीको क्षमता विकासका लागि पहल गरिनेछ ।
ड्ड गाउँपालिकासँग संघ तथा प्रदेश सरकारका निकायसँग गरेको समन्वय र सहकार्य प्रभावकारी हुन नसकेको हुँदा शान्ति सुरक्षाका लागि संविधान प्रद्धत नगर प्रहरी नियूक्ती तथा परिचालनका लागि आवश्यक नीतिगत तथा संस्थागत ब्यवस्था गरिनेछ ।
ड्ड जलजला गाँउपालिकामा जनप्रतिनिधि वहाल भैसकेको तीन वर्ष भन्दा बढी समय वितिसक्दा पनि गाँउपालिकाको भवन, सभाहल एवं कतिपय वडाहरुमा वडा कार्यालयको भवन निमाणर् गर्न जग्गा व्यवस्थापनका लागि विभिन्न पहलहरु भएतापनि जग्गा प्राप्त भैनसकेको अवस्था विद्यमान छ । गाँउपालिकाको भवन निमाणर्का लागि कानुनसम्वत मापदण्ड वमोजिमको जग्गा प्राप्ती गर्नका लागि पहल गर्नु हामी सवैको दायित्व रहेको छ ।
ड्ड आगामी वर्षको निति तथा कार्यक्रम एवं वजेट आफनै सभाहलवाट गर्नका लागि सरोकारवाला सवै पक्षको विशेष पहल हुनेछ भन्ने अपेक्षा गर्दछु ।
गाउँसभा सदस्यहरु तथा उपस्थित सम्पूणर् महानुभावहरु,
यस गाउँपालिकाको वार्षिक नीति र कार्यक्रमहरु तर्जुमा एवं गाउँसभाको तयारीको क्रममा विभिन्न चरणमा आफ्नो अमूल्य सुझाव र सहयोग सहित सहभागी हुनु भएका उपाध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु गाउँकार्यपालिकाका सदस्यहरु गाँउसभा सदस्यहरु, विषयगत समितिका संयोजक तथा सदस्यहरु राजनितिक सल्लाहकार, कानुनी सल्लाहकार ,वडा सचिव लगायत गाउँपालिकामा कार्यरत सम्पूणर् कर्मचारीहरु, शिक्षक, जनसमुदायहरु, राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार मित्रहरु, सुरक्षाकर्मी लगायत अन्य सम्पूणर् सरोकारवालाहरुमा समेत हार्दिक आभार व्यक्त गर्न चाहन्छु । निति तथा कार्यक्रम तर्जुमा देखी आजको यस घोषणा समारोहलाई सफलता पूर्वक सम्पन्न गर्ने समयसम्म गाउँपालिकाका सम्पूणर् कर्मचारीहरु तथा पदाधिकारीहरुले पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
अन्त्यमा, यस गाउँ सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम माथी छलफल गरी यहाँहरुवाट प्राप्तहुने महत्वपूणर् सुझाव र सल्लाहलाई आत्मसाथ गर्ने वाचा गर्दै यहाँहरु सवैको सहयोगको अपेक्षाका साथ विदा हुने अनुमति चाहन्छु ।
धन्यवाद !

याम बहादुर मल्ल
अध्यक्ष

Leave a Reply