प्रधानमन्त्री रोजगार कार्यक्रमले अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको अवस्थामा म्याग्दीको मंगला गाउँपालिकामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । गाउँपालिकामार्फत जारी सूचनामा सहभागी भएर छनौटमा परेका स्थानीयले महेन्द्ररत्न माविको खेलमैदानको घेराबारको पर्खाल बनाउने काममा जुटेका छन् ।

गाउँपालिकाले विनियोजन गरेको ५ लाखबाट विद्यालयको खेलमैदानको घेराबारलाई समयमै सम्पन्न गर्ने गरी ४७ जना जुटेका छन् । विद्यालयको अत्यावश्यक पूर्वाधार निर्माणमा जुटेकालाई आफ्नो कामले भविस्यमा थप रोजगार सृजनाको वातावरण बनाउने प्रतिबद्धता समेत जनाएको समितिका अध्यक्ष गंगाधर आचार्यले बताए ।

‘दैनिक मजदुरी गरेर जिविका चलाउनेलाई प्राथमिकता दिएकाले सहज भएको छ,‘यो अवसरलाई सदुपयोग गदैं काममा सक्रिय छन्’ उनले भने । मुहमा काम गरिरहेकाले घेराबारमा ४० मिटर लामो, ४०–५० मिटरको लम्बाई र झन्डै ७.५ फुट उचाईको पर्खाल बनाएको आचार्यको भनाई छ । लकडाउन केही खुकुलो भएपछि दैनिक धमाधम काम सुरु भएको छ ।

हातमुख जोर्ने अवसर दिनेगरी योजनाको रुपमा स्थानीयले कार्यक्रमलाई लिने गरेका छन् । लकडाउनका कारण रोजगारी गुमाए र अलमलमा परेकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा रोजगारी दिएको भन्दै उत्साहित समेत छन् ।

 

Leave a Reply