बिहिबार विहानै म्याग्दीमा ६ जना कोरोना संक्रमति थपिएसँगै संक्रमतिको संख्या १४ पुगेको छ । बैदेशिक रोजगारको सिलसिलामा भारतबाट आएका ५ पुरुष र कुवेतबाट फर्किएकी एक महिलामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार गएको जेठ २७ गते नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएका बेनी नगरपालिका– ४ का बर्ष १७ का पुरुष, कुवेतबाट जेठ ३० गते बेनीको क्वारेन्टाइनमा आइपुगेकी बेनपा–२ की २६ बर्षिय महिला, मंगला गाउँपालिका–१ का ३० र ३५ बर्षिय दुई पुरुष र सोही गाउँपालिकाको वडा नं ३ र ४ घर भएका दुई जनाका कोरोना पोजेटिभ देखिएको हो ।

क्वारेन्टाइनमा बसेको पाँचदिनपछि पिसिआर परीक्षणका लागी पोखरा पठाइएकोमा असार ११ गतेको रिर्पोटमा पोजेटिभ देखिएपछि आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

संक्रमितको दोस्रो रिर्पोट नेगेटिभ आएमा होम क्वारेन्टाइनमा पठाइने छ भने पहिलो रिर्पोट आएको एकसातापछि मात्रै दोस्रो पिसिआर परीक्षणका लागि स्बाब संकलन गरिने जनाइएको छ ।

म्याग्दीका पहिलो संक्रमति मालिका गाउँपालिका–४ ओखरबोटका ३० वर्षीय टिकबहादुर पुनसँगै कोरोनालाई जितेर घर फर्किएका छन् । गएको जेठ ९ गते ईन्डियाबाट बेनी आएका पुनको जेठ १४ गते पिसिआर गरेको रिपोर्ट पोजिटिभ आएको थियो । दोस्रो संक्रमति मंगला गाउँपालिका–४ बराङ्जाका १९ वर्षीय बबिन परियार समेत निको भएर घर फर्किएका छन् ।

हाल आइसोलेसन कक्षमा बिहिबारका नयाँ संक्रमति बाहेक रघुगंगा गाउँपालिका–२, राखुभगवतीका ३० वर्षीया महिला, ९ बर्षिया बालिका, रघुगंगा–३, राखुपिप्लेका ३३ वर्षीय पुरूष, मंगला गाउपालिका–५, अर्मनका २० वर्षीय पुरूष, बेनी नगरपालिका–३, भकिम्लीका ४६ वर्षीय पुरुष र मालिका गाउँपालिका–२, रुमका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई अहिले बेनीमा रहेको आइसोलेसन कक्षमा राखेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरिएको छ ।

Leave a Reply