????????????????????????????????????

रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएको छ।

आठौँ गाउँसभाले कोभिड–१९ को जोखिमलाई मध्यनजर गदैं गाउँ फर्किनेलाई रोजगारमुलक कार्यक्रमहरूमा प्राथमिकता दिदैं कोरोना उपचार तथा रोकथाम कोषमा समेत बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । ‘प्राथमिकताका आधारमा बजेट र कार्यक्रम ल्याइएको छ,‘रोजगार गुमाएकालाई सीपमुलक तालिममा जोड दिएका छौ’ सुबेदीले भने ।

????????????????????????????????????

कोभिड –१९ केन्द्रित बजेटलाई विदेशबाट फर्किएकाहरुलाई समेत सीपमुलक तालिम दिने गरी भगवतीको रुईसे, पिप्ले र पाखापानीको तालिम केन्द्रमा विभिन्न रोजगारमुलक तालिम सहित रोजगारको ग्यारेन्टी समेत गर्ने गरी सीपमुलक गतिविधिलाई समेत प्राथमिकता दिइएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत बजेटमा स्वास्थ्य क्षेत्रमा ५ करोड ७४ हजार बजेट विनियोजन भएको छ ।

गाउँपालिकाले पाखापानी र पिप्लेमा ल्याब स्थापना गर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य विमा गर्ने, निशुल्क वितरणको लागि औषधी खरिद गर्ने, स्वास्थ्य उपकरण खरिद गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ। त्यस्तै पूर्वाधारविकासमा १० करोड ३७ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले शिक्षा क्षेत्र १२ करोड ७३ लाख, कृर्षितर्फ १ करोड २ लाख, गरिबी निवारणतर्फ १२ लाख, उद्यमशिलता, श्रम तथा रोजगार तर्फ ६३ लाख, पर्यटनतर्फ १२ लाख, पशुपालनतर्फ ५८ लाख, वन,वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६० लाख, शुसासन तथा संस्थागत क्षमता विकासमा ९५ लाख बजेट विनियोजन गरिएको छ ।

आ व २०७७-०७८ को नीति तथा कार्यक्रम

कुल ३९ करोड ७४ लाख, ३५ हजार २४० को बजेट पारित भएको छ । चालुतर्फ १९ करोड ८३ लाख र पुजीगत तर्फ रु ११ करोड ५८ लाख ३१ हजार बजेट विनियोजन भएको छ ।गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गदैं गाउँपालिकालाई कृषि, पर्यटन र रोजगारमुलक क्षेत्रमा आत्मनिर्भर बनाउन बताए ।

रघुगंगा गाउँपालिकाको बजेट बक्तब्य २०७७-०७८

गाउँसभाको उद्घाटन समारोहमा नेकपा रघुगंगा गाउँकमिटीका अध्यक्ष दिपक कार्कीले सहकार्यबाटै समृद्ध गाउँपालिका बनाउन सकिने बताए । उनले गाउँपालिकामा प्रदेश र संघीय सरकारबाट बजेट ल्याउन पहल गर्ने बताए ।

????????????????????????????????????

त्यसैगरि नेपाली काँग्रेस रघुगंगा गाउँपालिका स्तरीय समितिका सभापती एवम् वडा नम्बर ३ का वडा अध्यक्ष जिवनकुमार मल्लले गाउँपालिका भित्रका जनतालाई आवश्यक पर्ने बजेटलाई प्राथमिकता दिने बताए ।

????????????????????????????????????

उनले जनताको आवश्यकतालाई वडास्तरको बजेटमा प्रस्तुत गरिएकाले त्यसलाई कार्यान्वयन गनुपर्ने बताए । गाउँसभामा वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुजा र प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले सहजीकरण गरेका थिए ।
तस्वीर सौजन्य कमल खत्री

Leave a Reply