कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनका कार्यरत बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षणको रिर्पाट नेगेटिभ आएको छ ।

बेनी अस्पतालका कार्यरत चिकित्सक सहित स्वास्थ्यकर्मीको स्बाब गत असार ५ गते कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि १० जना डाक्टर र स्वास्थ्यकर्मी सहित २१ जनाको गत असार ५ गते पोखरास्थित प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पठाइएको थियो ।

छिमेकी जिल्ला पर्वतमा चिकित्सक सहित स्वास्थ्यकर्मीलाई समेत कोरोना देखिएपछि फ्रन्ट लाइनमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलनमा समेत चासो ब्यक्त गरिएको थियो ।

म्याग्दीमा विभिन्न चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितको टोलीको स्बाब संकलन गर्ने गरिएको छ । पछिल्लो नतिजासँगै म्याग्दी कोरोनाको जोखिमबाट थप जोगिएको छ ।

पर्वत अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि म्याग्दीमा उपचारका लागि आउने गरेका थिए । बुधबारसम्म म्याग्दीमा कुल २ सय ७० जनाको पिसिआर नमुना सङ्कलन गरी पठाइएकोमा २ सय ३५ को रिपोर्ट आएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ र काठमाण्डौबाट गरी नमुनाको नतिजामा २ सय १९ नेगेटिभ र १६ ओटा नमुना कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो र तेस्रो संक्रमितको दोस्रो रिर्पोट समेत पोजेटिभ आएकाले हो । चिकित्सक र स्वास्थ्यकर्मीको नतिजा आएसँगै १९ जनाको रिर्पोट आउन बाँकी छ ।

Leave a Reply