म्याग्दीको मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी भूमि बैंकको स्थापना गरेको छ । कोभिड–१९ ले रोजगारी खोजिएपछि गाउँ फर्किने यूवा तथा महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिका भित्र बाँझो जमिनलाई सदुपयोग गर्न १० लाख बजेट विनियोजन गरी भूमि बैंक स्थापना गरेको हो।

‘मालिका कमाउँ, मालिका मै रमाउँ’ अभियान अन्तरगत सामुहिक ब्यवसायका लागि बाँझो जग्गा प्रयोग, पकेट क्षेत्र, औजार खरिद लगायत विभिन्न उत्पादनमुखी क्षेत्रमा सघाउने गरी ८५ लाख ९७ हजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘गाउँ फर्किएकालाई गाउँमै रोक्ने अभियान छ,‘अब कृषि र पशुपालनमा अनुदानलाई प्रोत्साहन गछौं’ उनले भनिन् । गाउँपालिकाले केही वडामा बाँझो जमिनको सदुपयोग सुरू गरिसकेको छ ।

बुधबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा बसेको सातौं गाउँसभाले आगमी आर्थिक बर्ष २०७७÷०७८ का ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँ बराबरको बजेट पारित गदैं कृषि, पशुपालनका साथै पर्यटनको क्षेत्रमा समेत उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

‘अब सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित नगरी समृत गाउँपालिका बनाउन सकिदैन्,‘यसपटक रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिन्छौ’अध्यक्ष रोकाले भने । उनले गाउँपालिका भित्र उत्पादित बस्तुको बजारीकरणमा समेत सघाउने बताए ।

गाउँपालिकाले १३ करोड ६५ लाख पुँजीगत र ५ करोड ५० लाख रुपैयाँ चालुतर्फ विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा बजेटलाई उच्च प्राथमिकता दिएपनि रोजगारमुलक अभियानलाई विगतमा जस्तो हेलचेक्राई नगरिएको भन्दै बजेट कार्यान्वयनले समेत थप सहज हुने जनप्रतिनिधिको भनाई छ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माले पर्यटन क्षेत्रतर्फ मालिका–५ हकलानडाँडामा बुद्ध स्तुपाको निर्माण र प्रसिद्ध मालिका मन्दिरमा कलात्मक मुर्ती सहित सम्रग गाउँपालिका भित्रको पर्यटन विकासमा ६३ लाख ७० हजार विनियोजन गरिएको बताए । त्यस्तै दरबाङको छ्यारछ्यारेमा निर्माणधिन अवस्थामा रहेको खेलमैदानलाई प्रदेशस्तरीय साझेदारी कार्यक्रम अन्तरगत ५० लाख, विषद् कोषमा १ करोड ७६ लाख १३ हजार विनियोजन गरिएको छ ।

Leave a Reply