अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गाँजा बनाउने कच्चा पदार्थसहित वडा अध्यक्ष पक्राउ

On: June 26, 2020 11:19 AM
Follow Us:

बागलुङको निसीखोलामा एक वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्सपेक्टर प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । शुक्रवार बिहानै उनीहरुले बेच्न लागेको लागूऔषध के हो भन्ने अहिले सम्म खुलेको छैन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेर बुर्तिवाङ बजार ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रेग्मीले बताए।  घटनाबारे थप अनुसन्धानबाट मात्रै विस्तृत विवरण जानकारी हुने उनले बताए। File photo