अब धौलागिरी अस्पताल बागलुङबाटै कोरोना परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरी अस्पताल बागलुङमा पिसिआर विधिबाट स्वाब परीक्षण गर्न प्रयोगशाला संचालन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको बागलुङको धौलागिरी अस्पताल सहित सातै प्रदेशमा १० ओटा प्रयोगशाला थप गरि संचालन गर्ने निर्णय गरेको शुक्रबार आइसिएस कोडिनेटर डा. गुणराज लोहनीले सूचना जारी गरी जानकारी गराउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइसिइ प्रतिनिधि सहितको असार १० गते बसेको बैठकले सरकारी तबरमा संचालनमा रहेका २३ वटा अतिरिक्त हाललाईप १० ओटा प्रयोगशालाहरु मेची अस्पताल, डडेलधुरा अस्प्ताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, ससस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल थगप गरी संचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल सरकार (सचिवस्तर)को आजको निर्णयले सूचना प्रकाशित गरेको छ ।

हालसम्म गण्डकी प्रदेशका ११ जिल्लाको पिसिआर पद्धतीबाट पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्र पोखरामा स्वाब परीक्षण हुँदै आएको थियो । पोखरामा २ ओटा मात्र पिसिआर परीक्षण मेसिन हुँदा परीक्षणमा ढिलाइ भइरहेको थियो । बागलुङका स्थानिय तहहरुले कोरोना परीक्षणको लागि स्वाब संकलन गरी पोखरा पठाउँदा १५, २० दिनसम्म पनि रिपोर्ट नआएको कारण प्रदेश सरकार समक्ष मेसिन माग गर्ने र नदिएमा आफै किन्ने समेत निर्णय गरेका थिए ।

अस्पतालमा पिसिआर परीक्षणको लागि प्रयोगशाला बनाउने निर्णय भएको जानकारी प्राप्त भएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले खबरवे अनलाईनलार्य जानकारी दिनुभयो । उहाँले अस्पतालमा प्रयोगशाला स्थापना गर्ने जानकारी आएपनि जनशक्ति लगायतको बारेमा कुनै जानकारी प्राप्त नभएको बताउनुभयो ।

धौलागिरी अस्पतालमा पिसिआर परीक्षण सुरुभएपछि साविकको धौलागिरी अञ्चलका चार जिल्ला (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)का नागरिकलाई सहज हुनेछ ।

 

Leave a Reply