अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टीन तथा आइशोलेसन कक्षको निरिक्षण

On: June 26, 2020 7:21 PM
Follow Us:
---Advertisement---

गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टिन र आइशोलेशन कक्षको निरिक्षण गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनु भएका मन्त्री लम्सालले न्यू वेष्ट प्वाइट आवासीय माविमा रहेको क्वारेन्टिन र खुलामञ्च स्थित शैक्षिक तालिम केन्द्रमा रहेको आइशोलेशन कक्षको निरिक्षण गरेका हुन् ।मन्त्री लम्सालसंगै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रतिनिधिहरुले समेत क्वारेन्टिन र आइशोलेशनको निरिक्षण गरेका थिए।निरिक्षण पछि जिल्ला समन्वय समितिको हलमा आयोजित छलफल कार्यक्रममा मन्त्री लम्सालले गण्डकी प्रदेशका अन्य जिल्लाहरुको तुलनामा म्याग्दी जिल्ला सुरक्षित रहेको,यहाँको व्यवस्थापन अन्य जिल्लाको तुलनामा राम्रो रहेको र क्वारेन्टिन तथा आइशोलेसनको वातावरण उत्कृष्ट रहेको बताए । मन्त्री लम्सालको कोरोना संक्रमणबाट जोगिन म्याग्दीले गरेको व्यवस्थापकीय कार्य अरु जिल्लाहरुका लागि पनि अनुकरणीय रहेको बताए ।अहिलेसम्म सरकारले पूर्वाधार निर्माणलाई जोडदिँदा स्वास्थ्य क्षेत्र पछि परेको स्वीकार गर्दै अवको बजेटमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । साथै मन्त्री लम्सालले जिल्लामा सरकार,नागरिक र संघसंस्थाहरुको सक्रियतापूर्वक समन्वयकारी भूमिका रहेको आफूले पाएको बताए । संक्रमणको जोखिम न्यूनिकरणलाई प्रचारमुखी बनाउनु भन्दा पनि गम्भिरताका साथ काम गर्न उनले सबैलाई आग्रह गरे ।

साथै मन्त्री लम्सालले धौलागिरि क्षेत्रका कुनै एउटा अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने र यस क्षेत्रका स्वाब यही परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी पनि दिए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर,जिल्ला कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी,प्रहरी नायव उपरिक्षक,जिल्ला कमाण्ड पोष्टका पदाधिकारी,स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।