बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विहान बागलुङका २ पालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्रमा गरिएको नमुना परिक्षणमा बागलुङको काठेखोला गाउँपालिकाका ७ जना र ढोरपाटन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशक डा. शर्माले विहान विज्ञप्ती प्रकाशित गरि बागलुङको काठेखोला गाउँपालिकाका २०, २६, ५०, ३५, २९, २९, २६ वर्षका ७ जना पुरुष र ढोरपाटन नगरपालिकाका २५ वर्षका १ जना पुरुष गरि ८ जनामा कोभिड–१९ पुष्टि भएको जानकारी दिनुभयो । संक्रमितहरु सवै भारतदेखि आइ पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् ।

आजको ८ जना संक्रमितसँगै बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५० पुगेको छ । त्यसमध्य २४ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply