दुवै मृगौला फेल भएर उपचाररत म्याग्दीकी एक यूवतीले अस्पतालको शैयाबाटबाट सहयोगको याचना गरेकी छन् । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँकी १६ बर्षिया कोपिला पुनको मृगौला सहित जटिल समस्या देखिएपछि प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि पीडितले आर्थिक सहयोगको अनुरोध गरेकी हुन् ।

गाउँको राष्ट्रिय जनजागृति माविकी विद्यार्थी समेत रहेकी पुनको उपचार आर्थिक समस्याले रोकिने अवस्था पुगेको परिवारले बताएका छन् । ‘मेरो उपचारमा सानो भएपनि सहयोग गरिदिनुहोस्,‘म बाँच्न चाहन्छु’ कोपिलाले भनिन् ।

उनले सहयोग पाए उपचार सम्भव रहेको बताउँदै बाँच्ने रहर भएपनि गरिबीले मृत्युको मुखमा पुर्याएको बताईन्। उनले यस्तै अवस्थामा उपचार गरी घर फर्किने अवस्था नभएको बताउँदै उपचार गरेर घर फर्किने र उच्च शिक्षा पढ्ने धोको रहेको बताईन् । उनी यसबर्षको एसइईकी विद्यार्थी समेत हुन् ।

पूर्णगाउँमा सुकुम्बासी जस्तै जीवन विताइरहेका बलबहादुर पुनकी छोरी समेत रहेकी कोपिलाको पोखरास्थीत मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

‘उपचारमा परिवारबाट दुईपैसा पनि जुटाउन सक्ने अवस्था छैन्,‘सहयोगबाटै उनले नयाँ जीवन पाउँछिन्’ स्थानीय टेक राम्जालीले भने ।उनले ठूलो परिवार भएकाले विपन्नताकै कारण विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल भइरहेको अवस्थामा उपचारका लागि स्वदेश तथा विदेशबाटै सहयोग गर्नुपर्ने बताए । बल बहादुरको ३ छोरा, २ छोरी छन् ।

Leave a Reply